ख्रीष्‍टियान सेवा

ख्रीष्‍टियान परिपक्‍वता

ख्रीष्‍टियान परिपक्‍वता ख्रीष्‍टमा भएका विश्‍वासीहरूका निम्ति सधैँ रहिरहने लक्ष्य हो र यो लक्ष्यचाहिँ "ख्रीष्‍टका पूर्णताको नापसम्म" (एफिसी ४:१३) पुग्‍नु हो । यस पाठ्यपुस्तकमा रिक हावार्डले सिकाएका छन् कि, हामी पूर्ण रूपमा ख्रीष्‍टजस्ता हुन नसके पनि, हाम्रो लक्ष्य यही हुनुपर्छ भनी बाइबलले जोड दिएको छ, किनकि सानो लक्ष्यभन्दा ठूलो लक्ष्य प्राप्‍त गर्नका लागि यसले हामीलाई सक्षम बनाउँछ ।

प्रार्थना र आराधना

आराधनामा प्रशंसा र सेवा समावेश गरिएको हुन्छ । यस पाठ्यपुस्तकका लेखक मोरिस विलियमले प्रार्थना र आराधनाको नयाँ जीवन हामीलाई परिचित गराएका छन् । येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभएको प्रार्थनालाई नजीकबाट हेर्दा यसले यही नै देखाउँछ कि हामीहरूले प्रार्थना र आराधनालाई हाम्रो जीविकाबाट अलग गर्नसक्दैनौँ । प्रार्थना कहिल्यै पनि सकिँदैन । हामीले गर्ने हरेक कुरामा यो संगल्न छ । यस पाठ्यपुस्तकमा प्रार्थनालाई आराधनाको निम्ति तयारी, र परमेश्‍वरलाई प्रसन्‍न पार्ने र उहाँका उद्देश्यहरूलाई पूरा गर्ने तरीकाका रूपमा परिभाषित गरिएको छ ।

जिम्मेवारपूर्ण ख्रीष्‍टियान

कसरी विश्‍वासयोग्य कारिन्दा वा भण्डारे बन्‍ने भन्‍ने विषयमा लेखक जोस आर सिल्वा डेल्गाडोले देखाउनुभएको छ । एक दृष्‍टान्तमा येशू ख्रीष्‍टले दुई कारिन्दाहरूलाई दिइएको सम्पत्तिको जिम्मालाई बुद्धिमानीसाथ उचित व्यवस्थापन गर्नेलाई स्याबास दिनुभयो र उसलाई दिइएको जिम्मालाई पूरा नगर्ने कारिन्दालाई दोषी ठहर्‍यानुभयो । परमेश्‍वरले हाम्रा जिम्मामा सुम्पनुभएका थोकहरूलाई कसरी प्रबन्ध गर्ने र लगानी गर्ने भनी यस पाठले सिकाउँछ र यसरी " स्याबास, असल र विश्‍वासयोग्य नोकर, ... तँ आफ्ना मालिकको खुशीमा सहभागी हो !" (मत्ती २५:२३) ।

राज्य, शक्ति र महिमा

जीन‑बप्‍तिस्टे स्वाडगो र मारसिया मङ्गरद्वारा लिखित यो पाठ्यपुस्तकको विषयवस्तु परमेश्‍वरले आफ्ना पुत्र यशू ख्रीष्‍टद्वारा मानवजातिसँग बनाउनुभएको नयाँ करार वा सम्बन्धको पुस्तको अध्ययन हो । परमेश्‍वरले नयाँ करार समयमा र इतिहसभरिनै बोल्नुभएझैँ आज पनि मण्डलीलाई र संसारलाई आधिकारिक रूपमा बोल्नुहुन्छ भनी नयाँ करारको निरीक्षण वा सर्वेक्षण भनिने यस पाठ्यपुस्तकले बताएको छ । यस पाठ्यपुस्तकमा भएका सूचनाहरूले नयाँ करारका सत्यताहरू बुझ्न र यो हामीकहाँ कसरी आइपुग्यो भनी यसको विश्‍वासयोग्यतालाई बुझ्न पनि सहायता गर्नेछ। तपाईंलाई परमेश्‍वरको वचन बुझ्न र अरूहरूलाई यो सत्यता सिकाउन यस पाठ्यपुस्तकको अध्ययनले तपाईंलाई सहयोग गर्नेछ ।

पालहरू, मन्दिरहरू र दरवारहरू

यस पाठ्यपुस्तकमा तपाईंले रिक हावार्डद्वारा लिखित पुरानो करार सर्वेक्षणलाई अध्ययन गर्नुहुनेछ । पुरानो करार सृष्‍टिबाट शुरू हुन्छ, यसमा जलप्रलयको निरन्तरता, र यसले परमेश्वरका छानिएका मानिसहरू,अर्थात् अब्राहामका सन्तानहरूको मुख्य विषयवस्तुलाई समावेश गरेको छ । सारा विश्वलाई आशिष दिनका लागि परमेश्वरले छान्नुभएका मानिसहरूसँग उहाँले कसरी व्यवहार गर्नुभयो भन्ने कुरालाई लेखकहरूले पुरानो करारका पुस्तकहरूलमा उल्लेख गरेका छन् । बुझ्नलाई कठिन भएका नामहरू, शब्दहरू, र घटनाहरूलाई यहाँ सम्बोधन गर्नुका साथसाथै पुरानो करार बुझ्नका लागि समावेश गरिएका महत्वपूर्ण प्रश्नहरूलाई पनि यहाँ उल्लेख गरिएको छ ।

बाइबललाई बुझ्नु

यस पाठ्यपुस्तकको विषयवस्तु होशियार र नियमित बाइबलको अध्ययन हो । पहिलो भागमा लेखिका डोरोथी जोहन्सले बाइबल अध्ययनका सिद्धान्तहरू, शब्दहरू, र अर्थहरूका तरीकाहरूलाई परिचित गराउनुभएको छ जुनचाहिँ प्रभावकारी बाइबल अध्ययनका निम्ति अत्यावश्यक छन् । पाठहरूका श्रृङ्खलाहरूले संश्‍लेषण वा पूरै पुस्तक अध्ययन तरीकालाई गहिरो रूपमा प्रदर्शित गराई जोड दिनेछन् । अध्ययनको जीवन‑चारित्रिक प्रणाली, विषयगत प्रणाली, र भक्तिगत प्रणालीलाई अन्तिम खण्डमा मूल्याङ्कन गरिएको छ । यस पाठ्यपुस्तकका धेरै भागमा कसरी अध्ययन गरिनुपर्छ भनी मानसिक बुद्धिलाई जोड दिइएको भए तापनि यो पुस्तकको मुख्य उद्देश्यअनुसार विद्यार्थीको आत्मिक विकास होस् भनी निरन्तर जोड दिइएको छ । उद्देश्य प्राप्‍तिका लागि बाइबलको प्रणालीगत अध्ययनको महत्वलाई पनि यहाँ उल्लेख गरिएको छ ।

सत्यताको कुनेढुङ्गो

बाइबलमा भएका शिक्षाहरू विषयगत रूपमा प्रस्तुत गरिएका छैनन् भनी तपाईंले पत्ता लगाइसक्‍नुभयो होला । उदाहरणको लागि, उत्पत्तिको पुस्तकले हामीलाई परमेश्‍वरको बारेमा पूर्ण व्याख्या दिएको छैन, नता अरू कुनै एउटै पुस्तकले यस विषयमा पूर्ण रूपमा बताएको छ । बाइबल अध्ययनगर्ने सबैभन्दा महत्वपूर्ण तरीकाचाहिँ खास विषयसँग सम्बन्धित सबै शिक्षाहरूलाई पत्ता लगाउनु हो । लेखकहरू फ्लोवाइड ऊडवर्थ र डेविड डंकनद्वारा लिखित यस पुस्तकलले विश्‍व र यसका शासकका बारेमा, मानवजाति र मानव विकासको निम्ति परमेश्‍वरले छान्‍नुभएको संरचनाको बारेमा पवित्रशास्त्र बाइबलले भनेको कुरालाई प्रणालीगत रूपमा अध्ययन गराउनेछ । भविष्यको बारेमा बाइबलले भनेको कुरालाई पनि विद्यार्थीहरूले पत्ता लगाउनुपर्नेछ ।

ख्रीष्‍टमा जीवित

डेविड डंकनद्वारा लिखित यस पाठ्यपुस्तकको मुख्य विषयवस्तु उद्धार हो, र कलवरीमा किनिएको सबैथोक यसमा समावेश गरी यसको परिभाषालाई बृहत् बनाइएको छ । उद्धारमा बितेका समयका पापहरूको क्षमा, वर्तमान समयमा पापको शक्तिद्वारा छुटकारा मात्र होइन, तर भविष्यमा पापबाट भएको दबाबको विरूद्धमा प्राप्‍तहुने सुरक्षाजस्ता कुराहरू पनि समावेश गरिएका छन् । क्रूसमा ख्रीष्‍टले उपलब्ध गराउनुभएको उद्धारद्वारा मानिसका सबै सम्पूर्ण आत्मिक आवश्यकताहरू पूरा भएका छन् ।

सेवामा ख्रीष्‍टियान मण्डली

क्रूसमा भएको ख्रीष्‍टको मृत्युमा नै उद्धारको योजना सकियो भनी तपाईंले विचार गर्नुभएको होला । तथापि, येशू आफैले नै संसारलाई उद्धारगर्ने आफ्नो सेवा मण्डलीलाई दिनुभएको छ । ख्रीष्‍टद्वारा दिइएको महान आज्ञा नै परमेश्‍वरको निम्ति काम गर्नलाई मण्डलीको अधिकार हो भनी लेखक जेसी मिरन्डाले हामीलाई सिकाएका छन् । यस कामको निम्ति मण्डलीलाई मात्र एकलै छोडिएको छैन, किनभने हामीलाई सहायता गर्नका निम्ति ख्रीष्‍टले आफ्ना पवित्र आत्मालाई पठाउनुभएको छ । परमेश्‍वरको उद्धारको योजना पूरा गर्नका लागि पवित्र आत्माले हामीमा र हामीद्वारा काम गर्नुहुन्छ ।

नयाँ मण्डलीहरू शुरू गर्नु

पेन्तिकोसको दिनमा मण्डली शुरू भएपछि ख्रीष्‍टका अनुयायीहरूले सारा संसारभरि मण्डली स्थापना गरिरहेका छन् । नयाँ मण्डलीहरूको स्थापना र विकासको निम्ति योजना रणनीतिमा पवित्र आत्माको निर्देशनको मूल्यलाई यस पाठ्यपुस्तकका लेखक ल्यारी पेटले स्पष्‍ट पारेका छन् । सबै संस्कृतिहरू र मानिसहरूका बीचमा मण्डली स्थापना गर्नका लागि बाइबलले दिएका सिद्धान्तहरू र उद्देश्यहरू मार्गदर्शन हुन् ।

आत्मिक वरदानहरू

"भाइ हो, आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्छा छैन" भनी पावलले १ कोरिन्थी १२:१ मा लेखेका छन् । आत्मिक वरदानहरू ख्रीष्‍टको शरीरका निम्ति अति नै महत्वपूर्ण छन् । लेखक रबर्ट एल ब्रान्ड्टले यी आत्मिक वरदानहरूका बारेमा सिकाउनुभएको छ, जुन वरदानहरूचाहिँ विश्‍वासीहरू मण्डलीमा आशिष बन्‍नका निम्ति र प्रभावकारी रूपमा सुसमाचार फैलाउनका निम्ति उनीहरूलाई सहयोग गर्न उपलब्ध छन् ।

सुसमाचार बाँड्नु

तपाईंले आफ्नो साक्षी अरूहरूसँग बाँडिसक्‍नुभएको होला र स्पष्‍ट प्रकारले मुक्तिको सन्देश दिनसक्‍नुपर्छ भनी तपाईंले महसूस पनि गर्नुभएको होला । प्रश्‍न सोध्‍नेहरूलाई वा मुक्तिदाता र प्रभुका रूपमा येशू ख्रीष्‍टलाई ग्रहण गर्न कठिनाइको अनुभूति गरिरहेकाहरूलाई जवाफ दिनका लागि तपाईंलाई सक्षम तुल्याउन बाइबलका खण्डहरूलाई तपाईंले कण्ठ गर्नुभई कुनै पनि बेला त्यसलाई प्रयोग गर्नसक्‍ने हुनुपर्छ । लेखकहरू रबर्ट र इवेलिनले उद्धारको बारेमा तपाईंले जानिसक्‍नुभएको कुरालाई बुझी ख्रीष्‍टियान भएको आनन्दको बारेमा अरूहरूलाई बाँडी परमेश्‍वरको सेवाको आनन्द प्राप्‍त मनाउन सहयोग गर्नुहुनेछ ।

जीवनका समस्याहरूको समाधान

जीवनका समस्याहरूका उत्तरहरूका निम्ति हामी कहाँ जानसक्छौँ के तपाईंलाई थाहा छ ? लेखिका डोरोथी जोहन्सले तपाईंका समस्याहरूलाई विजयतामा परिवर्तन गर्नका लागि सहयोग गर्नुहुनेछ । हामीले सामना गर्नुपर्ने केही समस्याहरूका निम्ति त्यहाँ कुनै स्पष्‍ट समाधान छैन । तथापि, हामीकहाँ आउने धेरै समस्याहरूका समाधान पत्ता लगाउनका निम्ति बाइबलले हामीलाई मार्ग‑निर्देशन दिएको छ, र हामी धेरै समस्याहरूबाट कसरी जोगिन सक्छौँ भन्‍ने बारेमा पनि यसले हामीलाई देखाउँछ । तपाईंले यस पाठ्यपुस्तकलाई अध्ययन गर्नुहुँदा र समस्या समाधानका सिद्धान्तहरूलाई प्रयोग गर्नुहुँदा, तपाईंलाई सहायता गर्नुहुने समस्या समाधानकर्ता येशू ख्रीष्‍टलाई तपाईंका आफ्ना समस्याहरू दिनुहुँदा तपाईंले अचम्मको आशिष पत्ता लगाउनुहुनेछ ।

मानिसहरू, कामहरू र लक्ष्यहरू

धेरैजसो सिक्‍ने कुरा दुई किसिममा हामीकहाँ आउँछः नमूनाहरूबाट र सिद्धान्तहरूबाट । यस पाठ्यपुस्तकमा लेखक विलिइ डेविसले नेतृत्वपनलाई दुवै पक्षबाट विश्‍लेषण गरी परमेश्‍वरका छानिएका धेरै अगुवाहरूका उदाहरणहरूलाई हेरेका छन् । अगुवापन वा नेतृत्वपनको मुख्य विषयवस्तुलाई प्रयोग गरी बाइबल अध्ययन गर्ने मौका विद्यार्थीहरूले प्राप्‍त गर्नेछन्, जहाँ उनीहरूले विभिन्‍न व्यक्तिहरूका जीवनलाई अध्ययन गर्नेछन् । मानव विकास र अगुवापनका अति उच्‍च सिद्धान्तहरूलाई सिक्‍नुभई, यी सिद्धान्तहरूलाई ख्रीष्‍टियान विश्‍वास र व्यवहारसँगको मिलापमा कसरी प्रयोग गर्न सकिन्छ सो पनि तपाईंले अध्ययन गर्नसक्‍नुहुनेछ ।

प्रशस्तताको जीवन

साँचो चरित्र कुनै दुर्घनाबाट हुँदैन । पवित्र आत्माले विश्‍वासीमा उहाँको फल उत्पादन गर्नुहुँदा ख्रीष्‍टियान चरित्रको विकास हुन्छ । गलाती ५:२२‑२३ मा वर्णन गरिएको पवित्र आत्माको फल हाम्रा जीवनमा पवित्र आत्माको बासको उपस्थितिको नतीजा हो । पाठ्यपुस्तकका लेखक एन्टोनियो गिल्बर्टो डा सिल्वाले गलाती ५ र अन्य सम्बन्धित बाइबल खण्डहरूबाट व्यावहारिक अध्ययन प्रस्तुत गरेका छन् । यस पाठ्यपुस्तकले प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता, नम्रता, आत्म‑संयम जस्ता आवश्यकीय गुणहरूका विकासमा र ख्रीष्‍टियान सम्बन्ध र सेवामा तिनीहरूका फाइदाका बारेमा जोड दिन्छ।