जीन‑बप्तिस्टे स्वाडगो र मारसिया मङ्गरद्वारा लिखित यो पाठ्यपुस्तकको विषयवस्तु परमेश्वरले आफ्ना पुत्र यशू ख्रीष्टद्वारा मानवजातिसँग बनाउनुभएको नयाँ करार वा सम्बन्धको पुस्तको अध्ययन हो । परमेश्वरले नयाँ करार समयमा र इतिहसभरिनै बोल्नुभएझैँ आज पनि मण्डलीलाई र संसारलाई आधिकारिक रूपमा बोल्नुहुन्छ भनी नयाँ करारको निरीक्षण वा सर्वेक्षण भनिने यस पाठ्यपुस्तकले बताएको छ । यस पाठ्यपुस्तकमा भएका सूचनाहरूले नयाँ करारका सत्यताहरू बुझ्न र यो हामीकहाँ कसरी आइपुग्यो भनी यसको विश्वासयोग्यतालाई बुझ्न पनि सहायता गर्नेछ। तपाईंलाई परमेश्वरको वचन बुझ्न र अरूहरूलाई यो सत्यता सिकाउन यस पाठ्यपुस्तकको अध्ययनले तपाईंलाई सहयोग गर्नेछ ।
नयाँ नियम वा करारको बनावट कसरी भयो सो पत्ता लगाउन र ठीक प्रकारले हामीसँग ल्याइएको प्रमाणसँग तपाईं परिचित हुनुहुनेछ । तपाईंले सिक्नुभएको सत्यताले तपाईंलाई महसूस गर्न सहायता गर्छ कि तपाईंले नयाँ करारमा पूर्ण भरोसा राख्न सक्नुहुन्छ । तपाईंले नयाँ करारमा भरोसा राख्नु भई प्रभुको सेवा गर्न र उहाँको निम्ति जिउन खोज्नुहुनेछ ।