ग्लोबल युनिभर्सिटी ग्लोबल रिच हो: यसले कुनै शूल्क विना नै प्रत्येक विश्वासीका लागि पद्धतिगत तालिम उपलब्ध गराउँछ ।
ग्लोबलरिच. ओआरजी को शूल्क विना नै बहु भाषाहरूमा सुसमाचार प्रचार, चेलापन, र तालिम स्रोतहरू उपलब्ध छन् । यी पुस्तकहरूले परमेश्वरको वचनमा ठीक शिक्षा उपलब्ध गराउँछन् र संसारभरिका धेरै देशहरूमा बाइबलीय तालिमका निम्ति यी आधार हुन् ।
१७० भन्दा बढी देशहरूमा विश्वासीहरूले हेरेक महिना हजारौँ पाठ्यपुस्तकहरूलाई अध्ययनका निम्ति डाउनलोड गरिरहेका छन् । यी पाठ्यपुस्तकहरूलाई व्यक्तिहरूले, साना समूहहरूले, बालसंगति कक्षाहरूले, बाइबल स्कूलहरूले, र पास्टरहरू र अरू अगुवाहरूले प्रयोग गरिरहेका छन् । यी विश्वासीहरूका मनमा एउटै उद्देश्य छ: आफ्नो ज्ञानलाई वृद्धि गर्नु र परमेश्वरको वचनलाई बुझ्नु ।
प्रायजसो पाठ्यपुस्तकहरू मुख्य दस्तावेजका रूपमा उपलब्ध छन् । तपाईंले चाहनुभएजति प्रतिहरू बनाउनुहोस् भनी हामी तपाईंलाईं उत्साह दिन चाहन्छौँ ! कुनै पाठ्यपुस्तकहरू श्रव्य वा दृश्य रूपहरूमा पनि उपलब्ध छन् ।
१२० वटा भन्दा बढी भाषाहरूमा भएका स्रोतहरूका निम्ति वा तपाईंको मण्डली वा घरमा आज कसरी सुसमाचार प्रचार र चेलापनको निम्ति अध्ययन केन्द्र शुरू गर्न सकिन्छ भन्ने सम्बन्धमा ग्लोबल युनिभर्सिटीसँग सम्पर्क राख्नुहोस् !
अधिक जानकारीका निम्ति ग्लोबल युनिभर्सिटी, सुसमाचार प्रचार र चेलापन स्कूलमा सम्पर्क राख्नुहोस् । फोन नं. ५२०२०७३, ५२०१३६७
विशेष अध्ययन
के तपाईं जान्न चाहनुहुन्छ प्रभु येशू ख्रीष्ट को हुनुहुन्छ ? तपाईंले उहाँलाई अझै कसरी चिन्नसक्नुहुन्छ ? तपाईंका निम्ति उहाँले के गर्नुभएको छ ? यदि तपाईंको उत्तरचाहिँ "म जान्न चाहन्छु" भन्ने छ भने येशू को हुनुहुन्छ भन्ने पुस्तक तपाईंका निम्ति नै लेखिएको हो । संसारमा भएका हजारौं पाठकहरूलेजस्तै तपाईंले यस पुस्तकका सिद्धान्तहरूलाई व्यवहारमा लगाउनुहुँदा, यसले तपाईंको आत्मिक जीवनलाई वृद्धि गर्नेछ ।