करीब १५,००० मानिसहरूको बसोबास भएको गालील प्रदेशको नासरत सहरमा येशू हुर्कनुभयो । यो ठाउँ यरूशलेम र टुरोस र सिदोनकको समुद्रको बीचमा पर्ने ठूलो राजमार्गको बिसौनी थियो । त्यहाँ दुष्टता र अपराध धेरै भएकाले "के कुनै असल कुरा नासरतबाट आउनसक्छ ?" भनी मानिसहरूले प्रश्नगर्थे । येशूले त्यहाँ पाप देख्नुभयो: परमेश्वरको विरूद्धको स्वार्थ, भ्रष्टता, निर्दयता, र विद्रोह । मानिसहरू पापका कमाराकमारी भएका छन् भनी उहाँले देख्नुभयो ।
मोशा एक महान अगमवक्ता र अगुवा थिए । उनले आफ्ना जनहरूलाई दासत्वबाट छुटाएर परमेश्वरको व्यवस्था दिए। परमेश्वरले मोशालाई दर्शन दिनुभएको थियो, कि ख्रीष्ट पनि अगमवक्ता भएर मानिसहरूलाई परमेश्वरको वचन दिनुहुनेछ । उहाँले मानिसहरूलाई पापको दासत्वबाट छुटाउनुहुनेछ । उहाँ तिनीहरूका जीवनका राजा हुनुहुन्छ र उहाँले तिनीहरूका जीवनका निम्ति नयाँ करार (नियम) दिनुहुनेछ ।
आफ्नो सम्पत्तिलाई छोड्ने दुईवटा उपायहरू मात्र थिए ‑ इच्छापत्र लेखेर वा मालिक जिउँदै छँदा सन्तानलाई सम्पत्ति दिएर । कान्छो छोराचाहिँ परदेश गएर आफ्नै खुशीले जीवन बिताई मोजमज्जा गर्ने सुरमा थियो । ऊ आफ्ना मित्रहरू आफै चुन्न चाहन्थ्यो । बाबु र दाजुले अह्राएका कुरा ऊ गर्न चाहँदैनथ्यो । यसकारण पिताले उसको भागमा पर्ने सम्पत्ति जति सबै दिए, त्यसपछि उसले घर छोड्यो ।
मुख्य धार्मिक अगुवाहरू येशू ख्रीष्टको विरोधमा थिए, किनकि उहाँ तिनीहरूका पापका विरूद्ध प्रचार गर्नुहुन्थ्यो । भीड उहाँको पछि लागेको देख्दा तिनीहरू डाहाले भरिन्थे । तिनीहरूले येशू ख्रीष्टलाई पक्रने र उहाँमाथि विद्रोहको दोष लगाएर मृत्युसम्मै पुर्याउने निश्चय गरे । तर उहाँलाई खुल्लमखुला पक्रियो भने सारा भीड उहाँतर्फ लाग्नेछ भनी तिनीहरू डराउँथे । यसकारण तिनीहरूलाई राती येशूकहाँ लगिदिनका निम्ति उहाँको एक चेला, यहूदा इस्करियोतलाई घूस दिए ।
धार्मिक अगुवाहरू र येशू ख्रीष्टलाई गोप्य रूपमा विश्वास गर्ने निकोदेमस र अरिमथियाका योसेफले पिलातसलाई येशूको लास लगेर चिहानमा राख्नलाई पाऊँ भनी विन्ति गरे । प्रभु येशू मरिसक्नुभयो भनी तिनीहरूले थाहा पाए, किनकि एउटा सिपाहीले निश्चय पाउनलाई उहाँको कोखामा भालाले घोचेको थियो । तिनीहरूले येशूको लाश सुती कपडमा बेह्रे र नयाँ चिहानभित्र राखे र चिहानको ढोकामा ठूलो ढुङ्गो गुडाइदिए । निकोदेमसलाई प्रभु येशूले भन्नुभएको वचनको सम्झना आयो: "उहाँलाई अवश्य नै क्रूसमा झुण्ड्याइनेछ"।