मण्डली

यस पाठ्यपुस्तकले तपाईंलाई मण्डलीको बारेमा मात्र बताउँदैन, तर मण्डलीको प्रत्येक सदस्यले सिकेका कुरालाई व्यवहारमा लगाउँदा, उनी कसरी ख्रीष्‍ट र ख्रीष्‍टको मण्डलीको निम्ति उपयोगी हुनसक्‍नुहुन्छन् सो कुरा जान्‍न पनि यसले सहायता गर्छ । डोनाल्ड स्मीटनद्वारा लिखित यो पाठ्यपुस्तकले प्रत्येक विश्‍वासीलाई मण्डलीमा उनीहरूको स्थानको बारेमा बुझ्न र ख्रीष्‍टको शरीरको अङ्गको रूपमा आफ्ना क्षमताहरूलाई कसरी पूरा गर्ने भन्‍ने बारेमा पनि यसले स्पष्‍ट पार्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

येशूले भन्‍नुभयो, "म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू यसमाथि विजय हुनेछैनन्" (मत्ती १६:१८) । यो अचम्मको प्रतिज्ञा हो !
संसारको शुरूदेखिनै परमेश्‍वरले मण्डलीको निम्ति योजना बनाउनुभएको थियो । परमेश्‍वरको योजना भविष्यसम्म पनि पुग्छ भन्‍ने कुरा हामी हेर्नेछौं । हाम्रा निम्ति परमेश्‍वरले महान कुराहरूको तयारी गर्नुभएको छ ! अहिले हामीहरूमा समस्या नै भए पनि, विश्‍वासैद्वारा हामी भविष्यलाई हेर्नसक्छौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

पहिलो पाठमा हामीले अनन्तताको दृष्‍टकोणबाट मण्डलीलाई देख्यौं । परमेश्‍वरले मण्डलीको योजना बनाउनुभयो, र परमेश्‍वरले आफ्नो मण्डलीमा काम गरिरहनुभएको छ । मण्डलीका निम्त भएका आफ्ना योजनाहरूलाई एक दिन परमेश्‍वरले पूरा गर्नुहुनेछ । येशू फेरि यस पृथ्वीमा आउनुहुनेछ र आफूसँग स्वर्गमा राख्‍नलाई उहाँले मण्डलीलाई लैजानुहुनेछ ।
अब हामी पृथ्वीको दृष्‍टिकोणबाट मण्डलीलाई हेरौं । "म मेरो मण्डली स्थापन गर्नेछु" भनी जब येशूले भन्‍नुभयो, उहाँले यस पृथ्वीमा हुने मण्डलीको सम्बोधन गर्नुभएको थियो । पेन्तिकोसदेखि वर्तमान समयसम्म के भयो भन्‍ने विषयमा हामी यस पाठमा छोटकरीमा विचार गर्नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

"म मेरो मण्डली स्थापित गर्नेछु" (मत्ती १६:१८) भनी येशूले भन्‍नुभयो । मण्डली शब्दको अर्थ उहाँले के दिनुभएको थियो ? यस शब्दद्वारा उहाँका चेलाहरूले के बुझेका थिए ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डलीको विगत दिनको बारेमा हामीले धेरै अध्ययन गरिसक्यौं । हामीले मण्डली शब्दको अर्थको पनि अध्ययन गर्‍यौं । अब हामी वर्तमान समयको बारेमा हेर्न तयार भएका छौँ । हामी आज जिउँछौँ ।
मण्डलीको अर्थले मलाई के असर पार्छ ? यस पाठमा हामी मण्डली र तपाईंलाई हेर्नेछौं । यो एक व्यक्तिगत पाठ हो । यो यस पुस्तकको सबैभन्दा महत्वपूर्ण भाग हुनसक्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

विश्‍वासीहरू मात्र परमेश्‍वरको मण्डलीका सच्‍चा सदस्यहरू हुन् । विश्‍वासीहरूलाई विभिन्‍न नामहरूद्वारा बोलाइएको छ भनी यसभन्दा पहिलेको पाठमा हामीले देख्यौँ । तिनीहरूलाई चेलाहरू, सन्तहरू र ख्रीष्‍टियानहरू भनिन्छ । प्रत्येक नामले तिनीहरूका बारेमा केही कुरा बताउँछ ।
यसैगरी मण्डलीलाई पनि विभिन्‍न नामहरू दिइएको छ । प्रत्येक नामले मण्डलीको बारेमा केही कुरा हामीलाई बताउँछ । मण्डली शरीरजस्तै हो भनी बाइबलले घरिघरि बताएको छ । त्यसको अर्थ के हो सो हामी यस पाठमा सिक्‍नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डली कसरी शरीरजस्तै छ भन्‍ने कुरा हामीले यसभन्दा पहिलेको पाठमा हेरिसक्यौँ । मानिसहरू एक अर्काबाट फरक भए तापनि त्यहाँ एकता हुनसक्छ भन्‍ने कुरा हामीले हेर्‍यौँ । अरूहरूका निम्ति हामीले के गर्नसक्छौँ भन्‍ने कुराको विचार गर्दै हामीले पाठलाई सिध्यायौँ ।
यस पाठमा पनि यही विषयवस्तु छ । अरू विश्‍वासीहरूप्रति हाम्रो कर्तव्य छ । यदि हामी अरूहरूसँग केही कुरा बाँड्दैनौँ वा तिनीहरूलाई सहायता गर्दैनौँ भने, हामीहरूले तिनीहरूलाई चोट पुर्‍याइरहेका हुन्छौँ । ख्रीष्‍टको शरीरमा रहेर तपाईंले पूरा गर्नुपर्ने आफ्नो जिम्मेवारीको बारेमा बुझ्न यस पाठले तपाईंलाई सहायता गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

विश्‍वासीहरूको एक अर्काप्रति ठूलो जिम्मेवारी छ भन्‍ने कुरा हामीले यसभन्दा पहिलेको पाठमा देख्यौँ । सबै विश्‍वासीहरू परमेश्‍वरको परिवारका सदस्यहरू हुन् । ख्रीष्‍टमा भएका दाजुभाइ, दिदीबहिनीसँग ख्रीष्‍टियानहरूको विशेष सम्बन्ध हुन्छ ।
तर अविश्‍वासीहरूप्रति पनि मण्डलीको ठूलो कर्तव्य छ । मण्डली बाहिर भएका मानिसहरूलाई बिर्सने गरी ख्रीष्‍टियानहरूले कहिल्यै विश्‍वासीहरूको मात्र वास्ता गर्नुहुँदैन । अविश्‍वासीहरूप्रति विश्‍वासीहरूको कस्तो कर्तव्य हुनुपर्छ सो हामी यस पाठमा हेर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको सेवा गर्न र उहाँको आज्ञापालन गर्नका लागि मण्डलीले के गर्छ सो कुरालाई हामी यस पाठमा अध्ययन गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon