येशू को हुनुहुन्छ

के तपाईं जान्‍न चाहनुहुन्छ प्रभु येशू ख्रीष्‍ट को हुनुहुन्छ ? तपाईंले उहाँलाई अझै कसरी चिन्‍नसक्‍नुहुन्छ ? तपाईंका निम्ति उहाँले के गर्नुभएको छ ? यदि तपाईंको उत्तरचाहिँ "म जान्‍न चाहन्छु" भन्‍ने छ भने येशू को हुनुहुन्छ भन्‍ने पुस्तक तपाईंका निम्ति नै लेखिएको हो । संसारमा भएका हजारौं पाठकहरूलेजस्तै तपाईंले यस पुस्तकका सिद्धान्तहरूलाई व्यवहारमा लगाउनुहुँदा, यसले तपाईंको आत्मिक जीवनलाई वृद्धि गर्नेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


के म तपाईंसँग एउटा प्रश्‍न गर्न सक्छु ? तपाईंका विचारमा येशू ख्रीष्‍ट को हुनुहुन्छ ? कोही मानिसहरूले भन्छन्,"उहाँ एक महान् गुरू हुनुहुन्थ्यो ।" अरूहरूले उहाँलाई भविष्यवक्ता, दार्शनिक, पश्‍चिमी ईश्‍वर अथवा असल मानिस जसको उदाहरण हामीले पछ्याउनुपर्छ भनी भन्छन्।
प्रभु येशू ख्रीष्‍ट महान् गुरू र भविष्यवक्ता हुनुहुन्थ्यो, तर उहाँ यी कुराहरूभन्दा पनि धेरै हुनुहुन्थ्यो । उहाँ दार्शनिक वा हाम्रो उदाहरणभन्दा धेरै हुनुहुन्थ्यो । हामी यस पाठमा येशूका बारेमा धेरै कुराहरू पत्ता लगाउनेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


प्रतिज्ञाहरू हाम्रा जीवनका भागहरू हुन् । हामीलाई दिइएका प्रतिज्ञाहरू पूरा हुनका लागि हामी सबैले पर्खनुपर्ने हुन्छ । कहिलेकहीँ हामीले लामो समय पर्खनुपर्ने हुन्छ ! अनि कहिलेकहीँ हामी निराश पनि बनेका हुनसक्छौँ ।
परमेश्‍वरले पनि प्रतिज्ञाहरू गर्नुभएको छ । येशू जन्मनुभन्दा शताब्दियौँ पहिले, मसीह वा ख्रीष्‍ट आउनुहुन्छ भनी परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो । उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुहुन्छ भन्‍ने कुरा बताउनुहुँदै परमेश्‍वर अगमवक्ताहरूद्वारा बोल्नुभयो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


परमेश्‍वरको बारेका केही सत्यताहरू बुझ्नका लागि अरूहरूभन्दा सजिला हुन्छन् । उदाहरणको लागि, धेरै कठिनाइ विनानै परमेश्‍वर कसरी पिता वा बाबुजस्तो हुनुहुन्छ भनी बुझ्न सकिन्छ । असल बाबुहरूले आफ्ना छोराछोरीहरूका निम्ति जुटाउँछन् र तिनीहरूलाई प्रेम गर्छन् भन्‍ने कुरा हामीले देखेका छौँ ।
परमेश्‍वरका बारेका अन्य सत्यताहरू बुझ्नका लागि त्यति सजिला छैनन् । बुझ्नका लागि कठिन भएका ती सत्यताहरूमध्ये एउटाचाहिँ यस पाठको विषयवस्तु हो ‑ येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने सत्यता ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


सारा विश्‍वमा येशू ख्रीष्‍ट अद्वीतिय हुनुहुन्छ । उहाँ परमेश्‍वर र मानव दुवै हुनुभएको हुनाले उहाँजस्तो अर्को कुनै व्यक्ति छैन । बाइबलले हामीलाई यही नै कुरा सिकाउँछ ।
तर किन येशू मानव बन्‍न चाहनुभयो ? उहाँले गर्नुभएको कामचाहिँ एक धनी मानिसले आफ्नो सुन्दर दरबार र आफूसँग भएका सबै थोकहरू छोडी अति नै गरीब बनेको जस्तो हो । यो त एक शक्तिशाली राजाले आफूलाई आदर गर्ने र आफ्नो आज्ञापालन गर्ने सबैलाई छोडी धृणा गरिएको र हेलाँ गरिएको व्यक्तिजस्तो हुनु हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


बोल्न नसक्‍नु कस्तो होला भनी के तपाईंले कहिल्यै अनुमान गर्नुभएको छ ? अरूहरूसँग कुराकानी नै गर्न नसक्‍नु ! कस्तो डरलाग्दो अलगपन र निराश !
कुराकानी गर्नसक्‍ने हाम्रो क्षमता हामीलाई सृष्‍टि गर्नुहुने परमेश्‍वरबाट आउँछ । हामीले उहाँलाई चिनेका उहाँले चाहनुहुन्छ । परमेश्‍वरले हामीलाई जान्‍न चाहनुभएका सबै थोकहरूका शुरू र अन्त्य येशू ख्रीष्‍ट नै हुनुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

के तपाईं कहिल्यै अँध्यारोमा हिँड्नुहुँदा उज्यालोको चाहना गर्नुभएको छ ? तपाईंको दायाँ वा बायाँ वा अगाडि कस्तो खतरा छ भन्‍ने कुरा तपाईंलाई थाहा थिएन । बाइबलले किन अँध्यारोलाई दुष्‍टता, अनिश्‍चयता, समस्या, र मृत्यको चिन्हको रूपमा प्रयोग गरेको छ सो कुरालाई तपाईं सजिलैसँग बुझ्न सक्‍नुहुन्छ । यस किसिमका कुराहरूले नै हामीलाई डर र अन्योलमा राख्छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले येशू ख्रीष्‍टका बारेमा धेरै कुराहरू सिकिसक्‍नुभएको छ ! उहाँ प्रतिज्ञा गरिनुभएका ख्रीष्‍ट, परमेश्‍वरका पुत्र, मानिसका पुत्र, परमेश्‍वरका वचन, र संसारका ज्योति हुनुहुन्छ भन्‍ने कुरा तपाईंले सिकिसक्‍नुभएको छ । यी शिर्षकहरूले उहाँ को हुनुहुन्छ भन्‍ने बारेका महत्वपूर्ण सत्यताहरू हामीलाई बताउँछन् । येशूले गर्नुभएका कुराहरूलाई हेर्नु पनि उहाँ को हुनुहुन्छ भनी जान्‍ने अर्को तरीका हो । यस पाठमा हामी उहाँका दुईवटा कार्यहरूलाई हेर्नेछौँ: येशूले हाम्रा शरीरहरू र आत्माहरूलाई निको पार्नुहुन्छ र येशूले हामीलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

येशूले निको पार्नुहुन्छ र पवित्र आत्माले बप्‍तिस्मा दिनुहुन्छ भन्‍ने बारेमा तपाईंले सिक्‍नुभएको छ । तर उहाँले गर्नुहुने सबैभन्दा महत्वपूर्ण काम त्यहाँ छः येशूले उद्धार गर्नुहुन्छ ! येशू हराएकाहरूलाई खोज्न र उद्धार गर्न आउनुभयो भनी बाइबलले हामीलाई बताउँछ । यो साधारण भनाइ ख्रीष्‍टियान धर्म वा विश्‍वासको खास अर्थ हो । अरू धर्महरूले जीवनका उच्‍च आदर्शहरू दिने कोशिश गर्छन् । तर दुष्‍टतामाथि विजय हुनका लागि तिनीहरूले आफ्ना अनुयायीहरूलाई वास्तविक शक्ति दिनसक्दैनन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हरेक मानव जीवनको बाटोको अन्त्यमा मृत्यु उभिएको हुन्छ‑ बलियो, प्रतीक्षित, र अन्तिम । धनी वा गरीब सबैले कुनै न कुनै दिन यसको सामना गर्नैपर्ने हुन्छ । प्रायजसो मानिसहरूका निम्ति, मृत्युको विचारले नै उनीहरूलाई डर र त्रासले आक्रमण गर्छ । तर येशू ख्रीष्‍टमा विश्‍वास गर्नेहरूका निम्ति त्यहाँ ठूलो भिन्‍नता छ । तिनीहरू मृत्युसँग डराउनुपर्दैन । किन ? किनकि तिनीहरूले उहाँमा आफ्नो भरोसा राखेका छन् जो पुनरूत्थान र जीवन हुनुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अरूहरूमाथि अधिकार गर्ने व्यक्तिहरू कुनै पनि समाजमा जहिले पनि हुन्छन् । येशू जन्मनुभएको समयमा पनि समाज त्यस्तै नै थियो । ख्रीष्‍टियानहरूले रोमलाई अपदस्त गरेका होइनन् । येशू फर्केर स्वर्ग जानुभयो र आज पनि संसार तानासाह, धोकेवाज, र शोषकहरूले भरिएको छ । उहाँ कसरी प्रभु हुनुहुन्छ ? उहाँमा कस्तो किसिमको अधिकार छ? उहाँले कहिले सबै थोकमाथि शासन गर्नुहुन्छ ? यस पाठले यी प्रश्‍नहरूका जवाफ दिनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon