आत्मिक वरदानहरू

"भाइ हो, आत्मिक वरदानको विषयमा तिमीहरू अजान रहो भन्‍ने मेरो इच्छा छैन" भनी पावलले १ कोरिन्थी १२:१ मा लेखेका छन् । आत्मिक वरदानहरू ख्रीष्‍टको शरीरका निम्ति अति नै महत्वपूर्ण छन् । लेखक रबर्ट एल ब्रान्ड्टले यी आत्मिक वरदानहरूका बारेमा सिकाउनुभएको छ, जुन वरदानहरूचाहिँ विश्‍वासीहरू मण्डलीमा आशिष बन्‍नका निम्ति र प्रभावकारी रूपमा सुसमाचार फैलाउनका निम्ति उनीहरूलाई सहयोग गर्न उपलब्ध छन् ।

परमेश्‍वर र उहाँको शरीरका अन्य सदस्यहरूका लागि तपाईं कति धेरै महत्वपूर्ण हुनुहुन्छ भन्‍ने कुरा यस पाठको अध्ययनबाट तपाईंले देख्‍नुहुनेछ । उहाँसँग तपाईंका निम्ति विशेष वरदान वा वरदानहरू छन् र उहाँ तपाईंमा भर पर्नुहुन्छ भन्‍ने कुरा पनि तपाईंले पत्ता लगाउनुहुनेछ ।

यस पाठको सम्बन्धमा एउटा अति उत्साहित कुराचाहिँ यो हो कि तपाईंको निम्ति परमेश्‍वरसँग भएका केही आत्मिक वरदानहरूलाई पहिचान गर्न यसले सहायता पुर्‍याउनसक्छ। तपाईंले आफ्नो आत्मिक वरदानलाई पहिचान गर्नुभएपछि तपाईं यसलाई विकास गर्न थाल्नुहुन्छ र अझै अर्थपूर्ण बनाउनुहुन्छ ।

हामीले यस पाठमा यी आत्मिक वरदानहरूका क्षेत्र र कार्यका बारेमा सिक्‍नेछौँ । विश्‍वासीहरूका समूहको विकासमा प्रत्येक वरदानको भूमिका कस्तो छ भन्‍ने बारेमा हामी सिक्‍नेछौँ ।

यस पाठले हामीलाई प्रचारकहरू र पास्टर‑शिक्षकहरूका रूपमा चिनिने सेवाका वरदानहरूसँग परिचित गराउनेछन्।

हामीले अध्ययन गरिसकेकाभन्दा अन्य सेवाका वरदानहरू पनि त्यहाँ छन् । यस पाठमा हामी अन्य सेवाका वरदानहरूका बारेमा अध्ययन गर्नेछौँ र धेरै विश्‍वासीहरूले यी पाउन सक्‍नेछन् भनी देख्‍नेछन् ।

अझै चारवटा सेवाका वरदानहरूलाई अध्ययन गर्नका लागि हामी अहिले तयारी भएका छौँ । ख्रीष्‍टको शरीरमा यी प्रत्येकको पनि महत्वपूर्ण कार्य र उद्देश्य छ ।

वरदानहरूको अन्तिम समूह पवित्र आत्माका वरदानहरू हो। यी प्रत्येक वरदानहरूलाई पवित्र आत्माद्वारा दिइएको हो र मानव योग्यता र खूबीद्वारा मात्र यी कुनै वरदानहरू पनि सम्भव छैनन् भन्‍ने कुरा हामी जान्‍नेछौँ ‍।

यस पाठमा हामी आत्माका अरू तीन वरदानहरूका बारेमा अध्ययन गर्नेछौँ । यी वरदानहरूका सञ्‍चालन कहिलेकहीँ खप्टिन सक्छन् भन्‍ने कुरालाई पनि हामी ध्यान दिनेछौँ । कहिलेकहीँ धेरै वरदानहरू एकैपल्ट प्रकट हुन पनि सक्छन् ।

१ कोरिन्थी १२:८‑१० मा सूची बनाइएका अन्तिम तीनवटा वरदानहरूका बारेमा हामी यस अन्तिम पाठमा सिक्‍नेछौँ । अन्य भाषाहरू बोल्ने वरदानलाई हामी विशेष ध्यान दिनेछौँ, किनकि आज संसारमा यो अति नै सामान्य छ ।