क्रूसमा भएको ख्रीष्टको मृत्युमा नै उद्धारको योजना सकियो भनी तपाईंले विचार गर्नुभएको होला । तथापि, येशू आफैले नै संसारलाई उद्धारगर्ने आफ्नो सेवा मण्डलीलाई दिनुभएको छ । ख्रीष्टद्वारा दिइएको महान आज्ञा नै परमेश्वरको निम्ति काम गर्नलाई मण्डलीको अधिकार हो भनी लेखक जेसी मिरन्डाले हामीलाई सिकाएका छन् । यस कामको निम्ति मण्डलीलाई मात्र एकलै छोडिएको छैन, किनभने हामीलाई सहायता गर्नका निम्ति ख्रीष्टले आफ्ना पवित्र आत्मालाई पठाउनुभएको छ । परमेश्वरको उद्धारको योजना पूरा गर्नका लागि पवित्र आत्माले हामीमा र हामीद्वारा काम गर्नुहुन्छ ।
संसारमा पाप कसरी आयो र आजको हाम्रो संसारलाई यसले कसरी असर पार्छ भन्ने कुरा तपाईंले यस पाठमा पत्ता लगाउनुहुनेछ । हाम्रा पापहरूका निम्ति बलिदानका रूपमा आफ्ना पुत्रलाई दिनुभएर परमेश्वरले पापको समस्यालाई समाधान गर्नुहुनेछ । अझै पापको दास्तवमा हुनेहरूलाई उद्धारको यो सन्देश लैजाने शुभ अवसर परमेश्वरले हामीलाई दिनुभएको छ ।
संसारको निम्ति भएको आफ्नो उद्धारको योजना पूरा गर्नका लागि परमेश्वरले मण्डलीलाई कसरी चुन्नुभयो भन्ने बारेमा हामीले भर्खरै हेरिसकेका छौँ । मण्डली इतिहासमा तीन महत्वपूर्ण समयको बारेमा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । विभिन्न समय र युगहरूमा मण्डलीको इतिहासचाहिँ समस्याहरू र विजयताहरूको इतिहास हो भन्ने कुरा तपाईंले पत्ता लगाउनुहुनेछ ।
यस पाठको उद्देश्य व्यक्तिको रूपमा तपाईंद्वारा परमेश्वरको योजना र कार्य कसरी पूरा भएको छ सो देखाउनु हो । परमेश्वरको उद्धारीय उद्देश्यमा व्यक्तिगत रूपमा संलग्न हुनका लागि उहाँले तपाईंलाई व्यक्तिगत निमन्त्रणा दिनुहुन्छ । उद्धार प्राप्त गर्नुभएको व्यक्तिको रूपमा तपाईंचाहिँ परमेश्वरको योजनाको साँचो हुनुहुन्छ ।