ख्रीष्‍टमा जीवित

डेविड डंकनद्वारा लिखित यस पाठ्यपुस्तकको मुख्य विषयवस्तु उद्धार हो, र कलवरीमा किनिएको सबैथोक यसमा समावेश गरी यसको परिभाषालाई बृहत् बनाइएको छ । उद्धारमा बितेका समयका पापहरूको क्षमा, वर्तमान समयमा पापको शक्तिद्वारा छुटकारा मात्र होइन, तर भविष्यमा पापबाट भएको दबाबको विरूद्धमा प्राप्‍तहुने सुरक्षाजस्ता कुराहरू पनि समावेश गरिएका छन् । क्रूसमा ख्रीष्‍टले उपलब्ध गराउनुभएको उद्धारद्वारा मानिसका सबै सम्पूर्ण आत्मिक आवश्यकताहरू पूरा भएका छन् ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


उद्धारको बनावट परमेश्‍वरको योजनाको बन्दोबस्तमा भरपर्छ । यस पाठमा तपाईंले परमेश्‍वरको अनुग्रहको प्रबन्धलाई विचार गर्नुहुनेछ, जसद्वारा उद्धारको योजना सम्भव भएको छ । परमेश्‍वरको अनुग्रहद्वारा उद्धार सम्भव भएको छ भन्‍ने कुरा तपाईंले देख्‍नुहुनेछ ।
तपाईंले गहिरो प्रकारले उद्धारको विषयमा भएको बाइबलको शिक्षालाई विचार गर्नुहुँदा, सबै मानिसहरूका निम्ति उद्धार ल्याउने परमेश्‍वरको प्रेम, अनुग्रह, र बुद्धिप्रति तपाईं धेरै कृतज्ञ हुनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले साँचो पश्‍चाताप र पापको परिणाममाथिको सरोकारको बीचमा भएको भिन्‍नताको बारेमा विचार गर्नुहुनेछ । प्रेमी र पवित्र परमेश्‍वर र पापपूर्ण मानिसहरूलाई एकै ठाउँमा ल्याउने प्रक्रिया कसरी शुरू हुन्छ भन्‍ने कुरा तपाईंले देख्‍नुभएपछि साँचो पश्‍चातापको स्वभावमा तपाईं अचम्भित हुनुहुनेछ र मानिसलाई पश्‍चातापमा ल्याउनको निम्ति पवित्र आत्माको सुन्दर र प्रेमिलो काममाथि तपाईं कृतज्ञ हुन पनि सिक्‍नसक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

जीवन परिवर्तनको अनुभवमा विश्‍वास मुख्य आधारभूत कुरा हो । जब एक व्यक्तिले साँचो रूपमा पश्‍चाताप गर्छ, उसले प्रभु येशू ख्रीष्‍टमा आफ्नो भरोसा (विश्‍वास) राख्‍नुपर्छ। जीवन परिवर्तनको विश्‍वास गर्ने र प्राप्‍त गर्ने स्वरूपहरूलाई हामी यस पाठमा विचार गर्छौं: जसरी एक व्यक्ति पापबाट परमेश्‍वरमा फर्कन्छ, उसले क्षमादानको निम्ति आफ्नो पूरा भरोसा प्रभु येशू ख्रीष्‍टमा राख्छ, र यसरी पवित्र आत्माद्वारा उसको ह्रदयमा ठूलो बदली ल्याइन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी मानिसको जीवन परिवर्तनमा उसको आफ्नो कर्तव्यको विषयमा विचार गर्छौं, जुन उद्धारको अनुभवमा शुरू हुन्छ । ख्रीष्‍टको स्वरूपमा हामीलाई परिवर्तन गर्ने यो एक शक्तिशाली अनुभव हो, र यसले हामीलाई उहाँको इच्छामा आनन्दसाथ प्रतिउत्तर दिन लगाउँछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी उद्धारमा परमेश्‍वरको इच्छा, आत्मिक जीवनमा उहाँले गर्नुभएको प्रबन्ध, एक नयाँ उभ्याइ र सुसमाचारमा प्रतिउत्तर दिने हरेकको नयाँ अवस्थाको बारेमा विचार गर्नेछौं । परमेश्‍वरको इच्छा हाम्रो निम्ति उहाँको महान् प्रेममा प्रकट भएको छ । यसको साथसाथै हाम्रा अपराधहरूद्वारा हामी मरेका थियौँ, तापनि हामीलाई ख्रीष्‍टको साथसाथै सजीव पार्नुभयो (एफिसी २:४,५) ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी उद्धारको यस स्वरूप नयाँ जन्मलाई विचार गर्नेछौँ । नयाँ जन्म परमेश्‍वरीय कार्य हो, जसद्वारा पश्‍चातापी पापीले ख्रीष्‍टमा व्यक्तिगत सम्बन्ध राखेपछि आत्मिक जीवन प्राप्‍त गर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले धर्मीकरणको स्वभाव र अर्थमा ध्यान दिन्छ, जुनचाहिँ धर्मीकरणको स्रोत र धर्मीकरणको अनुभव हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरले हाम्रा निम्ति अचम्मको कार्य गर्नुभएको छ । हाम्रा पापहरूका क्षमा र नयाँ जन्मद्वारा हामीलाई जीवन दिनुको साथसाथै, उहाँले हामीहरूलाई छोराछोरीहरूका रूपमा सबै अधिकार र सौभाग्यहरू दिएर आफ्नै परिवारमा राख्‍नुभएको छ । उहाँले हामीलाई उद्धार गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा हामीहरूमध्ये कसैले पनि कहिल्यै शंका गर्न सक्दैनौँ । उहाँले गर्नसक्‍नुहुन्छ भन्‍ने आश्‍चर्यता सधैँभरि नै रहन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीहरू सबै पापपूर्ण, दुष्‍ट स्वभाव लिएर जन्मेका छौँ । जब हामीले येशूलाई मुक्तिदाताका रूपमा ग्रहण गर्छौँ, तब हामी नयाँ आत्मिक स्वभाव प्राप्‍त गर्छौँ । हाम्रो नयाँ स्वभाव बलियो हुँदैजाँदा हामी पनि हाम्रा उद्धारकर्ता येशू ख्रीष्‍टजस्तै हुँदै जान्छौँ । यो प्रक्रियाले कसरी स्थान लिन्छ, र यस नयाँ स्वभावलाई "वीर" बनाउन के गर्नुपर्छ सो हामी यस पाठमा देख्‍नेछौँ । हामीलाई पापको विरूद्धको संघर्षमा विजयी हुन र ख्रीष्‍टजस्तो बन्‍न यसले नै सहायता पुर्‍याउँछ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको उद्धार स्वीकार गर्नेहरूलाई परमेश्‍वरले के प्रदान गर्नुहुन्छ सो हामी यस पाठमा देख्‍नेछौँ । तिनीहरूका महिमितकरणमा उहाँले यी कुराहरूलाई सिद्धतामा ल्याउनुहुनेछ । पाप, रोग कष्‍ट, मृत्यु, गरिबी, युद्ध,अन्याय र यस्तै अरू धेरै कुराहरूको अन्त्य भएको हाम्रो महिमित करणको समयमा नै हामी देख्‍नेछौँ । यी कुराहरूका ठाउँमा परमेश्‍वरको महिमाले पृथ्वीलाई ढाक्‍नेछ, र छुटकारा पाएका मानिसहरूका ह्रदय र मनलाई भर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon