ख्रीष्‍टियान आफ्नो समुदायमा

यदि तपाईंले येशू ख्रीष्‍टलाई आफ्ना व्यक्तिगत मुक्तिदाताका रूपमा ग्रहण गर्नुभएको छ भने, तपाईंले आफ्नो जीवनमा परिवर्तनको अनुभव गरिसक्‍नुभएको छ । यी परिवर्तनहरूमध्ये एउटा परिवर्तनचाहिँ अरूहरूप्रतिको तपाईंको प्रवृत्तिमा परिवर्तन हो । हामी सबै उही समुदायका भाग हौँ र समुदाय भनेको हामी बसेको ठाउँभन्दा अझ ठूलो कुरा हो भनी डोनाल्ड स्टकलेसद्वारा लिखित यस पाठ्यपुस्तकले हामीलाई सिकाउँछ । योचाहिँ अरूहरूप्रति भएको हाम्रो आत्मा र प्रवृत्ति हो र अरूहरूप्रति हाम्रो प्रवृत्ति ठीक हुनुपर्छ भनी यसको प्रदर्शनको महत्वलाई हामीले महसूस गर्नुपर्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी समुदायको पृष्‍ठभूमि र बाइबलीय आधारलाई अध्ययन गर्नेछौँ । समुदायको आत्मा ख्रीष्‍टको सिद्धान्त थियो, जसले हामीलाई एक अर्कालाई प्रेम गर्न र एक अर्काका निम्ति वास्ता गर्नका लागि हामीलाई सिकाउनुभयो ।
समुदायको धारणा बुझ्नका लागि यस पाठले तपाईंलाई सहायता पुर्‍याउनेछ । ख्रीष्‍टियान समुदायको अङ्ग हुनु कति उदेकको छ भनी तपाईंले स्पष्‍टसँग बुझ्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

पाठ १ मा हामीले समुदायको आत्माको बारेमा अध्ययन गर्‍यौँ । तपाईंले यस आत्मालाई देखाउने ठाउँ तपाईंको समुदाय नै हो भनी तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । तपाईंले अध्ययन गर्दैजानुहुँदा यस कुरालाई चाहिँ ध्यान दिनुहोस् कि समुदाय भनेको ठाउँभन्दा पनि मानिसहरूको समूह हो । तपाईं जहाँसुकै जानुभए तापनि तपाईंले अरूहरूसँग ख्रीष्‍ट बाँड्नुहुँदा तपाईं त्यस समुदायको अङ्ग बन्‍न सक्‍नुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आत्मिक रूपमा कसरी परिपक्‍व बन्‍नुपर्छ भन्‍ने बारेमा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । कोही मान्छेहरू धेरै वर्षपछि पनि बालक ख्रीष्‍टियानहरू नै हुन्छन् । यस्तो हुनुचाहिँ परमेश्‍वरको योजना होइन । परमेश्‍वरले हामीलाई परिपक्‍व भएको चाहनुहुन्छ । उहाँले हामीलाई आत्मिक रूपमा अग्लो भएको र "परिपक्‍व मानिस बनी ख्रीष्‍टको पूर्णताको नापसम्म पुगेको" चाहनुहुन्छ (एफिसी ४:१३) । तब हामी अरूहरूसँग समुदायमा वृद्धि हुन सक्षम हुन्छौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाँकी पैसा फर्काउँदा पसलेले भूल गरी तपाईंलाई धेरै पैसा दिएकोमा तपाईंले उसलाई फर्काइदिँदा के ऊ दङ्ग परेको छ? वा तपाईंले अर्कै किसिममा गर्न सक्‍ने भए तापनि सो नगरेर के उच्‍च ख्रीष्‍टियान सिद्धान्तलाई कुनै किसिमले प्रदर्शन गर्नुभएको छ ? समुदायको साँचो आत्मा देखाउने यो एक उदाहरण हो । तपाईंले इमानदारीको पक्ष लिनुभएको हो ।
कुनै कुरामा उभिनु वा मर्यादित हुनु भनेको अर्थ के हो सो कुरा हामी यस पाठमा हेर्नेछौँ । ठीक कुराको लागि जब हामी खडा हुन्छौँ, जेजस्तै भए तापनि हामी समुदायमा उभिएका हुन्छौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

दुई जना मानिसहरूले एउटा खाडल खन्दै थिए । तेस्रो मानिस त्यहाँ आएर एउटा प्रश्‍न सोधेः "हजूर, तपाईंले त्यो साबिलले के गर्दै हुनुहुन्छ ?" "ए म ता यो खाडल खन्दैछु ।" "अनि तपाईंचाहिँ के गर्दै हुनुहुन्छ, हजूर ?" " ए म ता सुन्दर स्कूल बनाउँदै छु !"
तपाईं पहिलो मानिसजस्तो वा दोस्रो मानिसजस्तो हुनुहुन्छ? तपाईं सुन्दर भवन देख्‍नुहुन्छ कि खनिराखेको माटो देख्‍नुहुन्छ ? हामीले निर्माण गर्नुपर्ने जग र त्यस जगमा कसरी बनाउनुपर्छ सो कुरा हामी यस पाठमा विचार गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

सधैँभरि येशूको बारेमा कुराकानी गर्ने व्यक्ति भनी चिनिनु अचम्मको कुरा नै हो । हाम्रा ह्रदयको नजीकै भएका कुराकानीहरूलाई नै हामीहरू सबैभन्दा बढी कुराकानी गर्नेगर्छौं ।
येशू यस पृथ्वीमा रहनुहुँदा उहाँको बाल्यकाल, सेवा र प्रभावको बारेमा र अझै पनि भइराखेको उहाँको प्रभावको बारेमा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबलले ख्रीष्‍टियानलाई ज्योति र नूनसँग तुलना गरेको छ। तपाईं आफ्नो समुदायलाई कसरी ज्योति र नून बनिदिन सक्‍नुहुन्छ सो यस पाठमा तपाईंले देख्‍नुहुनेछ । ख्रीष्‍टद्वारा तपाईंको मन अधीन भयो भने संसारलाई उहाँको प्रेम प्रकट गराउनको लागि तपाईंलाई सहयोग पुग्‍नेछ भन्‍ने कुरा पनि तपाईंले यहाँ देख्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हाम्रो एउटा आधारभूत आवश्यकताचाहिँ केही कुराको भाग वा अङ्ग हुनु हो । परिवारको अङ्ग हुनाले यसले हामीलाई सान्त्वना र सुरक्षा दिन्छ । जब तपाईं ख्रीष्‍टियान बन्‍नुभयो, तपाईं परमेश्‍वरको परिवारको अङ्ग बन्‍नुभयो । परमेश्‍वरको परिवार वा उहाँको एकलेसिया वा मण्डली निर्माण गर्ने विश्‍वासीहरूको समुदायको अङ्ग हुनु भनेको के हो सो कुरा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

संसारका प्रायजसो सबै देशहरूमा रेडक्रस संस्थाले काम गरिरहेको छ । चन्दा वा उपहारहरूद्वारा रेडक्रसलाई चलाइएको छ । आफूले केही पाइन्छ कि भनी मानिसहरूले चन्दा दिने काम गर्दैनन् तर कठिनाइको समयमा अरूहरूलाई सहायता पुर्‍याउने इच्छाको कारणले नै तिनीहरूले चन्दा दिने काम गरेका हुन् ।
हाम्रो समुदायमा भएको हाम्रो योगदान पनि यस्तै हो । समुदायमा भएको आवश्यकतालाई पूरा गर्न हामी हाम्रो समय, रूपियाँपैसा, र खूबीहरूलाई योगदान गर्छौँ, किनकि यसो गर्नु ठीक र असल हुन्छ । हाम्रो समुदायलाई अझै राम्रोसँग सेवा गर्नका लागि हामी कसरी तयारी हुनसक्छौँ भनी यस पाठमा हामी हेर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यी पाठहरूमा सिकाइएका सिद्धान्तहरूलाई निरन्तररूपमा व्यवहारमा ल्याउनका लागि अपनाउनुपर्ने विभिन्‍न तरीकाहरूलाई हामी यस पाठमा अध्ययन गर्नेछौँ । सबैभन्दा महत्वपूर्ण तरीकाचाहिँ पवित्र आत्मामा भर पर्नु हो । पावलले तिमोथीलाई भने, "तिमीचाहिँ आफूले सिकेका र दृढतासँग विश्‍वास गरेका यी कुराहरूमा लागि रह" (२ तिमोथी ३:१४) ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon