ख्रीष्‍टियान जीवन

तपाईंको नयाँ जीवन

तपाईंले येशू ख्रीष्‍टलाई आफ्ना मुक्तिदाताका रूपमा स्वीकार गर्नेबित्तिकै तपाईंले नयाँ जीवन शुरू गर्नुहुनेछ । उहाँले जीवन दिनुहुन्छ, जुन जीवन अचम्मको, धनी, आनन्दित, र कहिल्यै पनि नसिद्धिने हुन्छ । लुइस जेटर वाल्करद्वारा लिखित यो पुस्तकले यो नयाँ जीवन के हो भन्‍ने बारेमा स्पष्‍टरूपमा व्याख्या गर्छ ।

तपाईंको बाइबल

"तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो माटोको निम्ति उज्यालो हो" भनी धेरै वर्ष पहिले इस्राएलका राजा दाऊदले भनेका थिए । तपाईंले जस्तो कठिनाइको सामना गर्नुपरे तापनि वा तपाईंले जस्तोसुकै निर्णय गर्नुपरे तापनि दाऊद राजाकोजस्तै निश्‍चयता तपाईं पनि पाउन सक्‍नुहुन्छ। लुइस वाकरद्वारा लिखित र जुडी बार्टेलद्वारा संकलित यो पाठ्यपुस्तकले हाम्रा परिस्थितिमा परमेश्‍वरको दृष्‍टिकोणलाई प्रस्तुत गरी यस अध्ययनमा अन्तरदृष्‍टि प्राप्‍त गर्न हामीलाई सहायता गर्छ र यसका निम्ति हामीले उहाँसँग सहायता माग्‍नसक्छौँ ।

येशू को हुनुहुन्छ

के तपाईं जान्‍न चाहनुहुन्छ प्रभु येशू ख्रीष्‍ट को हुनुहुन्छ ? तपाईंले उहाँलाई अझै कसरी चिन्‍नसक्‍नुहुन्छ ? तपाईंका निम्ति उहाँले के गर्नुभएको छ ? यदि तपाईंको उत्तरचाहिँ "म जान्‍न चाहन्छु" भन्‍ने छ भने येशू को हुनुहुन्छ भन्‍ने पुस्तक तपाईंका निम्ति नै लेखिएको हो । संसारमा भएका हजारौं पाठकहरूलेजस्तै तपाईंले यस पुस्तकका सिद्धान्तहरूलाई व्यवहारमा लगाउनुहुँदा, यसले तपाईंको आत्मिक जीवनलाई वृद्धि गर्नेछ ।

मण्डली

यस पाठ्यपुस्तकले तपाईंलाई मण्डलीको बारेमा मात्र बताउँदैन, तर मण्डलीको प्रत्येक सदस्यले सिकेका कुरालाई व्यवहारमा लगाउँदा, उनी कसरी ख्रीष्‍ट र ख्रीष्‍टको मण्डलीको निम्ति उपयोगी हुनसक्‍नुहुन्छन् सो कुरा जान्‍न पनि यसले सहायता गर्छ । डोनाल्ड स्मीटनद्वारा लिखित यो पाठ्यपुस्तकले प्रत्येक विश्‍वासीलाई मण्डलीमा उनीहरूको स्थानको बारेमा बुझ्न र ख्रीष्‍टको शरीरको अङ्गको रूपमा आफ्ना क्षमताहरूलाई कसरी पूरा गर्ने भन्‍ने बारेमा पनि यसले स्पष्‍ट पार्छ ।

व्यक्तिगत सुसमाचार प्रचार

सबै ठाउँमा भएका सबै मानिसहरूलाई सुसमाचार लैजानका लागि हाम्रा नमूनाचाहिँ येशू हुनुहुन्छ । हामी जहाँ गए पनि हामीले सुसमाचार बाँडेको उहाँ चाहनुहुन्छ । जीन बप्‍तिस्टे सावाडोगोद्वारा लिखित यो पुस्तकले व्यक्तिगत सुसमाचार प्रचारको साँचो स्वभाव बुझ्नका लागि पाठकलाई मद्दत गर्नेछ । तपाईंका वरिपरि भएका मानिसहरूलाई प्रभावकारी, शक्तिशाली र सकारात्मक तरीकाले ख्रीष्‍टलाई प्रस्तुत गर्नका लागि यस पुस्तकले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

बाइबल नैतिकता

हामीहरू ख्रीष्‍टियान भएका हुनाले हामीले गर्न नहुने धेरै कुराहरूका बारेमा हामी घरिघरि विचार गरिरहन्छौँ । तर ठीक जीविकाको उद्देश्य येशूले भन्‍नुभएको जस्तै हुनुपर्छ, "तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु ।" जोहन सारा माइल्सद्वारा लिखित यो पाठ्यपुस्तकले परमेश्‍वर पवित्र हुनुभएझैँ तपाईं पनि पवित्र हुनुपर्छ र परमेश्‍वरलाई सेवा गर्दा आनन्दित हुनुपर्छ भनी तपाईंलाई सहायता पुर्‍यानका लागि विभिन्‍न नियमहरू पनि उपलब्ध गराइएको छ ।

जब तपाईं प्रार्थना गर्नुहुन्छ

परमेश्‍वरले हामीलाई बनाउनुभएपछि, उहाँमा पुग्‍ने केही कुरा उहाँले हामीमा राखिदिनुभएको छ । हाम्रा समस्याहरूलाई समाधान गर्न, हामीलाई सुरक्षा गर्न, र हाम्रा आवश्यकताहरूलाई पूरा गर्न हाम्रो आफ्नै शक्तिभन्दा ठूलो शक्ति हामीलाई चाहिन्छ भनी हामीले महसुस गर्छौँ । प्रार्थनाद्वारा सहयोगको निम्ति हामी परमेश्‍वरमा पुग्‍नका लागि सिकिरहेका हुन्छौँ र रबर्ट अश्क्रफ्टद्वारा लिखित यस पुस्तकले हामीलाई परमेश्‍वरमा प्रार्थना र आराधना गर्दा हाम्रा प्रार्थनाको उत्तर कसरी प्राप्‍त गर्ने र हाम्रा आवश्यकताहरू कसरी पूरा गर्ने भन्‍ने बारेमा बताउँछ ।

बाइबललाई कसरी अध्ययन गर्ने

हाम्रो जीवनको निम्ति परमेश्‍वरको योजना पछ्याउनका लागि हामीले एकपल्ट छानिसकेपछि, ख्रीष्‍टको स्वरूपमा हाम्रा जीवन र चरित्रहरूलाई निर्माण गर्नका लागि मात्र हामी जिम्मेवार छैनौं तर हामीले अरूहरूसँग पनि ख्रीष्‍टको प्रेमलाई बाँडनुपर्छ र यसरी तिनीहरूका जीवन पनि परिवर्तन हुनसक्‍नेछन् । हामीले बाइबल अध्ययन गर्दा हामीलाई परमेश्‍वरको मन प्रकट गराउनुहुने पवित्र आत्मालाई हामीले प्रतिउत्तर दिँदा हामीले हाम्रा जिम्मेवारी पूरा गर्नसक्छौं । थोमस माफोरीद्वारा लिखित यो पाठ्यपुस्तकले बाइबल अध्ययन सञ्‍चालन गर्न इच्छुकहरूलाई आवश्यकीय अन्तरदृष्‍टि प्रदान गर्छ ।

तपाईंका सहयोगी मित्र

हरेक व्यक्तिलाई मित्रहरू चाहिन्छ र तपाईंलाई सबैभन्दा बढी आवश्यक परेका बेलामा सधैँभरि उपलब्ध भइदिने विशेष मित्रहरूलाई हरेकले मूल्यवान ठान्छन् । हामीहरू प्रत्येकसँग पवित्र आत्मामा विशेष मित्र हुनुहुन्छ, र एल. जेटरद्वारा लिखित यस पाठ्यपुस्तकले यी अति विशेष मित्रका बारेमा हामीलाई बताएका छन् । धेरै विद्यार्थीहरूले यस पाठ्यपुस्तकको अध्ययनपछि पवित्र आत्माको बप्‍तिस्माको अनुभव गरेका छन् ।

ख्रीष्‍टियान आराधना

तपाईं ख्रीष्‍टियान जीवनमा वृद्धि हुँदै जानुहुँदा प्रभुलाई आराधनागर्ने तपाईंको इच्छा पनि वृद्धि हुन्छ, अनि त्यो इच्छा पूरा हुनैपर्छ । परमेश्‍वरले पनि आफ्ना छोराछोरीहरूसँग संगति र कुराकानी गर्न चाहनुहुन्छ । जुडी बार्टेलद्वारा लिखित यो पाठ्यपुस्तकले आराधनाको आवश्यकता र फाइदालाई नमूनित गर्दै निरन्तरीय व्यक्तिगत भक्ति कायम राख्‍न खोजी गर्नेहरूका लागि सहयोग गर्छ । समूह आराधनाको निम्ति फाइदाजनक हुने अत्यावश्यकीय मार्गदर्शन पनि यसले प्रदान गर्छ ।

ख्रीष्‍टिय सेवाहरू

ख्रीष्‍टको शरीरको सदस्यका रूपमा परमेश्‍वरको योजनामा कसरी अट्ने भनी जान्‍न र मण्डलीमा परमेश्‍वरलाई सेवा गर्नका लागि उहाँले तपाईंलाई कसरी तयार पार्नुहुन्छ भनी सिक्‍न यस पाठ्यपुस्तकले तपाईंलाई कसरी मद्दत गर्छ भन्‍ने कुरा तपाईंले जान्‍नुहुनेछ । मरियन ब्रान्डद्वारा लिखित यस पाठ्यपुस्तकले परमेश्‍वरले मण्डलीलाई कसरी संगठित गर्नुहुन्छ र आफ्नो योजनाअनुसार कसरी ख्रीष्‍टको शरीरमा प्रत्येक सदस्यलाई राख्‍नुहुन्छ भन्‍ने कुरामा छलफल गर्छ । मण्डलीलाई सुधार गर्नका निम्ति प्रत्येक व्यक्तिलाई अवसर प्रदान गर्ने वरदानहरूलाई पत्ता लगाउन र विकाश गर्नका निम्ति हामीले पछ्याउनुपर्ने व्यावहारिक सुझावहरू पनि यसले दिन्छ । स्थानीय मण्डलीका अगुवाहरूसँग कसरी काम गर्ने र वरदान पाएका विश्‍वासीहरूले सहयोग चाहिने व्यक्तिहरूलाई कसरी सहायता गर्नसक्छन् भनी बुझ्नका लागि पनि यसले सहायता गर्छ ।

विवाह र घर

धेरै जवान दम्पत्तिहरूले विवाहको तयारीको निम्ति यस पाठ्यपुस्तकलाई अध्ययन गर्छन् र आनन्दित घर निर्माण गर्नका लागि यसमा महत्वपूर्ण सिद्धान्तहरू भेट्टाउँछन् । तिनीहरूले रेक्स ज्यकसनद्वारा लिखित यो पुस्तकलाई अध्ययन गर्दा परिवारमा उचित सम्बन्धहरूका आधारभूत सिद्धान्तहरू सिक्दा परिवारका सदस्यहरू एक अर्काप्रति कृतज्ञ हुनका लागि सिक्‍नेछन् । परमेश्‍वरले नै वैवाहिक जीवन स्थापित गर्नुभयो र परिवारचाहिँ समाजको एक महत्वपूर्ण ढुङ्गा हो । बलियो पारिवारिक इकाइविना, परमेश्‍वरले चाहनुभएकोजस्तो मण्डली हुनसक्दैन । यस पाठ्यपुस्तकले विवाह र घरका सबै पक्षहरूलाई समेटछ र मण्डली अडिनका लागि परिवारलाई बलियो बनाउँछ ।

परमेश्‍वरको योजना‑ तपाईंको छनोट

परमेश्‍वरले तपाईंको जीवनको निम्ति योजना बनाउनुभएको छ, तर तपाईंले उहाँको योजनालाई पछ्याउनुहुन्छ वा हुन्‍न भन्‍ने कुराको छनोट गर्न उहाँले तपाईंलाई नै छोडिदिनुभएको छ । लोएल हारूपद्वारा लिखित यो पाठ्यपुस्तकले तपाईंको निम्ति भएको परमेश्‍वरको योजनाको बारेमा अझै बुझ्न र तपाईंले उहाँलाई पछ्याउनुभयो भने परमेश्‍वरले तपाईंलाई विभिन्‍न किसिमले सहायता गर्नुहुन्छ भन्‍ने कुरालाई बताएको छ । परमेश्‍वरको योजना र तपाईंको छनोटको ज्ञानले प्रत्येक व्यक्तिलाई हरेक दिन सामना गर्नुपर्ने चुनौतीमा बनाउनुपर्ने जटिल निर्णयहरू गर्नका लागि सहयोग पुर्‍याउँछ ।

यूहन्नाको सुसमाचार

यस पाठ्यपुस्तकले यूहन्नाको सुसमाचारको नमूनालाई पछ्याउँछ र यो येशूको व्यक्तित्वमा केन्द्रित छ । यस सुसमाचारमा अरू सुसमाचारहरूमा नपाइने येशूको जीवन, उहाँको शिक्षा, र उहाँका दावीका बिस्तृत विवरणहरू पाइन्छ । यस पुस्तकका लेखक रेक्स ज्याक्सनले पाठकलाई यूहन्नाको सुसमाचारको अध्याय­अध्याय गरी येशूको सेवाको समयमा उहाँका नजीकका चेलाले दिएको ख्रीष्टको विवरणलाई यहाँ स्पष्टसँग प्रस्तुत गरेका छन् ।

हामी विश्‍वास गर्छौं

हामी के विश्‍वास गर्छौं र हामी किन विश्‍वास गर्छौं भन्‍ने प्रश्‍नहरूका जवाफ दिनका लागि परमेश्‍वरबाटको सिकाइले हामीलाई मद्दत गर्छ । यसरी, हामी जे विश्‍वास गर्छौं त्यही हुन्छौं । यस पाठ्यपुस्तकमा भएको मुख्य विषयवस्तु चुनौतीपूर्ण छन, यसका विषयवस्तुहरू बाइबललीय छन् र यसको नतीजाले तपाईंको बाँकी जीवनलाई प्रभाव पार्नेछ ।

मण्डलीहरूले के गर्छन्

मण्डलीहरूका उद्देश्य के हुन् र किन मानिसहरू मण्डलीमा जान्छन् ? बप्‍तिस्मा लिनु भनेको के हो ? एक विश्‍वासीले किन प्रभुभोज लिनुपर्छ ? बालबालिकाहरूलाई अर्पण गर्नु के बाइबलमा आधारित कुरा हो ? मण्डलीका बारेमा घरिघरि सोधिने यी प्रश्‍नलाई यस पुस्तकाका लेखक रबर्ट र इवेलिन बोल्टनले उत्तर दिनुहुनेछ । मण्डलीहरूले के गर्छन् र किन गर्छन् भन्‍ने कुराको बाइबलीय आधारलाई चित्रण गर्नका लागि प्रभुमा भर्खरै आएकी मरियम र तिनका प्रेमी तिमोथीका अनुभवहरूलाई पुस्तकभरिनै समेटिएको छ ।

शिक्षण सेवा

शिक्षण सेवाचाहिँ सानो ढुङ्गालाई पानीले भरिएको पोखरीमा फाल्नुजस्तो हो । जब हामी एक जनालाई सिकाउँछौँ र तिनीहरूले अरूहरूलाई सिकाउँछन्, नतीजाहरूचाहिँ पानीका लहरजस्तै हुन्छन् र हाम्रा वरिपरि पुग्छन् । मार्जोरी स्टेवार्टद्वारा लिखित यो पाठ्यपुस्तकले दुवै उत्पादनशील र इनामपूर्ण शिक्षण सेवा कसरी हुनसक्छ भन्‍ने कुरालाई नमूनित गर्न सहयोग गर्छ । येशूले आफ्ना चेलाहरूलाई यो आज्ञा दिनुभयो, "...सबै देशका जातिहरूलाई चेला बनाओ...मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ...।" मण्डलीले यो आज्ञालाई कार्यान्वयन गर्नुपर्नेहुन्छ ।

ख्रीष्‍टियान आफ्नो समुदायमा

यदि तपाईंले येशू ख्रीष्‍टलाई आफ्ना व्यक्तिगत मुक्तिदाताका रूपमा ग्रहण गर्नुभएको छ भने, तपाईंले आफ्नो जीवनमा परिवर्तनको अनुभव गरिसक्‍नुभएको छ । यी परिवर्तनहरूमध्ये एउटा परिवर्तनचाहिँ अरूहरूप्रतिको तपाईंको प्रवृत्तिमा परिवर्तन हो । हामी सबै उही समुदायका भाग हौँ र समुदाय भनेको हामी बसेको ठाउँभन्दा अझ ठूलो कुरा हो भनी डोनाल्ड स्टकलेसद्वारा लिखित यस पाठ्यपुस्तकले हामीलाई सिकाउँछ । योचाहिँ अरूहरूप्रति भएको हाम्रो आत्मा र प्रवृत्ति हो र अरूहरूप्रति हाम्रो प्रवृत्ति ठीक हुनुपर्छ भनी यसको प्रदर्शनको महत्वलाई हामीले महसूस गर्नुपर्छ ।