जब तपाईं प्रार्थना गर्नुहुन्छ

परमेश्‍वरले हामीलाई बनाउनुभएपछि, उहाँमा पुग्‍ने केही कुरा उहाँले हामीमा राखिदिनुभएको छ । हाम्रा समस्याहरूलाई समाधान गर्न, हामीलाई सुरक्षा गर्न, र हाम्रा आवश्यकताहरूलाई पूरा गर्न हाम्रो आफ्नै शक्तिभन्दा ठूलो शक्ति हामीलाई चाहिन्छ भनी हामीले महसुस गर्छौँ । प्रार्थनाद्वारा सहयोगको निम्ति हामी परमेश्‍वरमा पुग्‍नका लागि सिकिरहेका हुन्छौँ र रबर्ट अश्क्रफ्टद्वारा लिखित यस पुस्तकले हामीलाई परमेश्‍वरमा प्रार्थना र आराधना गर्दा हाम्रा प्रार्थनाको उत्तर कसरी प्राप्‍त गर्ने र हाम्रा आवश्यकताहरू कसरी पूरा गर्ने भन्‍ने बारेमा बताउँछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

कोही-कोही व्यक्तिहरूले प्रार्थनाका उत्तर पाएका र अरूहरू कोही-कोहीले उत्तरहरू नपाएका देख्ता के तपाईंलाई अचम्म लाग्छ ? वा कोही-कोही व्यक्तिहरूले सजिलैगरी परमेश्‍वरसँग कुराकानी गरेका र तपाईंलाई चाहिँ के भन्‍ने भनी कठिन भएको अनुभूति गर्नुभएको छ ? सम्भवत प्रत्येक ख्रीष्‍टियानले आफैलाई यी प्रश्‍नहरू सोधिरहेको हुन्छ ।
प्रार्थनाका बारेमा येशूका चेलाहरूमा पनि केही प्रश्‍नहरू थिए । तब तिनीहरूले प्रभुसँग अनुरोध गरे: लूका ११:१, "प्रभु हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस् ।" येशूले यस अनुरोधको जवाफ आफ्ना शब्दहरूबाट मात्र नभएर आफ्नो उदाहरणद्वारा पनि दिनुभयो । चेलाहरूले प्रयोग गर्नसक्‍ने नमूना प्रार्थना उहाँले दिनुभयो र कसरी प्रार्थना गर्ने भनी उनीहरुलाई देखाउनुभयो । हामीले प्रार्थनामा यी पाठहरूलाई अध्ययन गर्दा चेलाहरूका अनुरोधलाई हाम्रा अनुरोधहरू बनाऔँ ।

पाठ १: तपाईंले प्रार्थना गर्नुहुँदा परमेश्‍वरको बारेमा विचार गर्नुहोस् icon

परमेश्‍वर योग्य हुनुभएको आदर र सम्मान उहाँलाई दिने प्रवृत्तिकासाथ कसरी उहाँमा आउने विषयमा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । प्रार्थना गर्ने तरीका, समय, र ठाउँको बारेमा बाइबलले सिकाएको कुरालाई तपाईंले अध्ययन गर्नुहुनेछ । तपाईंले स्वर्गिक पितासँग कुराकानी गर्नुहुँदा तपाईंले सिक्‍नुभएको कुराले तपाईंलाई निश्‍चयता प्रदान गर्नेछ ।

पाठ २: तपाईंले प्रार्थना गर्नुहुँदा ठीक किसिमले परमेश्‍वरकहाँ आउनुहोस् icon

प्रायजसो हाम्रा प्रार्थनाहरू एकतर्फी हुन्छन्- हामी नै पूरै बोल्छौँ ! हामीले प्रार्थना गर्दा हाम्रा ध्यान परमेश्‍वरमा र उहाँले भनिरहनुभएका कुरामा लगाउनुपर्छ । यदि हामीले यसो गर्‍यौं भने हामी कसरी उहाँसँग साझेदार बन्‍नसक्छौं भन्‍ने कुरा हामी सिक्छौँ । उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, प्रयोग गर्नुहुन्छ, र उहाँका काममा हामीलाई सहभागी गराउनुहुन्छ ।
उहाँले बोल्नुहुने र तपाईंले कसरी उहाँलाई सुन्‍नसक्‍नुहुन्छ भन्‍ने बारेमा यस पाठमा तपाईंले सिक्‍नुहुनेछ ।

पाठ ३: तपाईंले प्रार्थना गर्नुहुँदा परमेश्‍वरलाई सुन्‍नुहोस् icon

ख्रीष्‍टियान जीवन विश्‍वासमा निर्माण भएको छ । परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा समस्याहरूबा बारेमा वास्ता गर्नुहुन्छ, र यसरी उहाँबाट उत्तरको प्रतीक्षा गर्दै हामी निश्‍चयताकासाथ उहाँसँग प्रार्थना गर्छौं । उहाँले आफ्नो वचन बाइलमा यसो भन्‍नुभएको कारण उहाँले यो गर्नुहुन्छ भनी हामी विश्‍वास गर्छौँ । परमेश्‍वर जस्तै परमेश्‍वरको वचन पनि विश्‍वासयोग्य र भरपर्दो छ ।
तपाईंले प्रार्थना गर्नुहुँदा बाइबलले तपाईंलाई कसरी सहयोग गर्नसक्छ भन्‍ने बारेमा यस पाठले तपाईंलाई व्याख्या गरिदिनेछ । बाइबललाई कसरी अध्ययन गर्ने, तपाईंले प्रार्थना गर्नुहुँदा कसरी प्रयोग गर्ने र यसलाई कसरी व्यवहारमा लगाउने लगाउने भन्‍ने बारेमा तपाईंले सिक्‍नुहुनेछ ।

पाठ ४: तपाईंले प्रार्थना गर्नुहुँदा परमेश्‍वरको वचन प्रयोग गर्नुहोस् icon

अरूहरुका निम्ति प्रार्थना गर्नका लागि केही मुख्य साँचो वा चावीलाई यस पाठले व्याख्या गरेको छ । के कुराका लागि प्रार्थना गर्ने र कसरी प्रार्थना गर्ने भन्‍ने बारेमा यसले सहयोग गर्नेछ । तपाईंले सिक्‍नुभएका कुराहरूलाई तपाईंले व्यवहारमा लगाउनुहुँदा, परमेश्‍वरले तपाईंद्वारा अरूहरूलाई छुन सक्‍नुहुनेछ भन्‍ने अचम्मको सत्यतालाई तपाईले पत्ता लगाउनुहुनेछ ।

पाठ ५: तपाईंले प्रार्थना गर्नुहुँदा अरूहरूका बारेमा विचार गर्नुहोस् icon

यस पाठले अरूहरूसँग प्रार्थना गर्ने सिद्धान्तहरूलाई व्याख्या गरी बाइबलबाट यस किसिमका प्रार्थना हामीलाई उपलब्ध गराउँछ । तपाईंले सिक्‍नुभएका सिद्धान्तहरूलाई तपाईंले प्रयोग गर्नुहुँदा, तपाईंको आत्मिक जीवन अझै प्रशस्त र पूर्ण हुनेछ । तपाईंले अझै बलियो सम्बन्धको अनुभूति गर्नुहुनेछ ‑ तपाईंका स्वर्गिक पितासँग र तपाईंसँग उहाँको परिवारका अङ्गका रूपमा दाजुभाइ र दिदीबहिनीहरूसँग ।

पाठ ६: तपाईंले प्रार्थना गर्नुहुँदा अरूहरूसँग एकैसाथ गर्नुहोस् icon

पवित्र आत्माले मानिसहरूका प्रार्थनालाई निर्देशित गर्नुभएको छ र अचम्मका कुराहरू भएका छन् । हामीले प्रर्थना गर्दा हामीलाई पवित्र आत्माले धेरै किसिममा सहायता गर्नुहुन्छ ! यस पाठले व्याख्या गरेका कुराहरूलाई तपाईंले अध्ययन गर्नुहुँदा, तपाईंलाई सहयोग गर्नका लागि तपाईंले उहाँलाई कसरी स्थान दिनुपर्छ भन्‍ने कुरा तपाईंले सिक्‍नुहुनेछ ।
यो पाठले तपाईंलाई सहयोग गर्नेछ: के कुराका लागि प्रार्थना गर्ने र कसरी प्रार्थना गर्ने भन्‍ने बारेमा पवित्र आत्माले तपाईंलाई देखाउनुभएको होस् । यसरी आराधनाको गहिरो तहमा पुग्‍न र प्रार्थनामा ठूला विजय प्राप्‍त गर्न पवित्र आत्माले तपाईंद्वारा प्रार्थना गर्नुभएको होस् ।

पाठ ७: तपाईंले प्रार्थना गर्नुहुँदा पवित्र आत्माले तपाईंलाई सहायता गर्नुभएको होस् icon