तपाईंको बाइबल

"तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो माटोको निम्ति उज्यालो हो" भनी धेरै वर्ष पहिले इस्राएलका राजा दाऊदले भनेका थिए । तपाईंले जस्तो कठिनाइको सामना गर्नुपरे तापनि वा तपाईंले जस्तोसुकै निर्णय गर्नुपरे तापनि दाऊद राजाकोजस्तै निश्‍चयता तपाईं पनि पाउन सक्‍नुहुन्छ। लुइस वाकरद्वारा लिखित र जुडी बार्टेलद्वारा संकलित यो पाठ्यपुस्तकले हाम्रा परिस्थितिमा परमेश्‍वरको दृष्‍टिकोणलाई प्रस्तुत गरी यस अध्ययनमा अन्तरदृष्‍टि प्राप्‍त गर्न हामीलाई सहायता गर्छ र यसका निम्ति हामीले उहाँसँग सहायता माग्‍नसक्छौँ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले बाइबल अध्ययन गर्नुहुँदा, यसले तपाईंको जीवनलाई र अरूहरूका जीवनलाई असर पारेको हुन्छ । बाइबलको अध्ययनबाट तपाईंले कसरी लाभ उठाउन सक्‍नुहुन्छ सो यस पाठमा सिक्‍नुहुनेछ । बाइबल अध्ययन गरिनुपर्ने कारणहरू, बाइबल अध्ययनबाट हुने फाइदाहरू, र नियमित रूपमा बाइबल अध्ययन गर्ने महत्वको बारेमा भएका विषयहरूलाई तपाईंले अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरले हामीलाई बाइबल कसरी दिनुभयो भन्‍ने कुरामा के तपाईं कहिल्यै चकित हुनभएको छ ? यसलाई स्वर्गदूतहरूले एकैसाथ मिलाएर कसैले "पाओस्" भनी छोडिदिएको पो होकि ? परमेश्‍वरले सयौँ वर्षहरूका बीचमा भएका विभिन्‍न काम गर्ने साधारण मानिसहरूलाई बाइबल भनिने यो पुस्तक लेख्‍नको लागि प्रयोग गर्नुभयो । यिनीहरूले लेखेका पुस्तकहरूमा भएको मिलापले परमेश्‍वर परिवर्तन हुनुहुन्‍न भन्‍ने कुराको साक्षी दिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबललाई पनि मिलाएर राख्‍नाले हामीलाई आवश्यक परेको कुरा हामी सजिलैसँग पाउनसक्छौँ । हाम्रा बाइबलहरू प्रकाशन गर्ने व्यक्तिहरूलाई यो कुरा थाहा छ । जस्तोसुकै अनुवादमा पनि मानिसहरू अलमलमा नपरून् भनी उही अध्यायहरू र पदहरू राखिएका हुन्छन् ।
यस पाठमा हामीले बाइबलका पदहरूलाई कसरी भन्‍नु र लेख्‍नु पर्ने हो र हामीले भेट्टाउनुपर्ने विषय र पदहरूलाई सहायता पुर्‍याउने आधारभूत अध्ययनलाई कसरी प्रयोग गर्ने यस बारेमा सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

इतिहासका पुस्तकहरूले तिनीहरूका वीरहरूका बारेमा हामीलाई बताउँछन्, तर पुरानो करारले तिनीहरूको दिनका साधारण व्यक्तिहरूलाई पनि समावेश गरेको छ । यी कथाहरू कम महत्वपूर्ण छैनन् किनकि तिनीहरूले हामीलाई परमेश्‍वरले आफ्ना मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ त्यसको स्पष्‍ट चित्रण गर्छन् । पुरानो करारका पुस्तकहरूलाई पाँच मुख्य विषयहरूमा बाँड्न सकिन्छ । पाठ ३ मा हामीले अध्याय र पदजस्ता पुस्तकका साना साना विभाजनलाई हेर्‍यौँ । अब हामी मुख्य विभाजन वा वर्गीकरणलाई हेर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

नयाँ करार लेखिएको समयमा पुरानो करारको रूप धेरै परिवर्तन भइसकेको थियो । भविष्यवक्ताका दिनहरू सकिएका हुनाले धेरै मानिसहरूलाई आत्मिक कुराहरूमा वास्तै थिएन । यस समयमा परमेश्‍वरले आफ्ना पुत्रलाई अकस्मात यस संसारमा पठाउनुभएको होइन । ग्रीकहरूले सुसमाचार प्रचार गर्न सक्‍नको निम्ति साधारण भाषाको विकास गरिदिएका थिए भने रोमीहरूले सुसमाचारको कामको लागि न्यायचित सुरक्षा र स्वतन्त्रता प्रदान गरेका थिए ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

"बाइबल सत्य हो भनी तपाईंलाई कसरी थाहा छ ?" भन्‍ने प्रश्‍न प्रायजसो सबै ख्रीष्‍टियानहरूले कुनै न कुनै बेला सामना गर्नैपर्छ ।
यो प्रश्‍न नयाँ होइन । मानिसको पहिलो परीक्षा परमेश्‍वरको वचनमा हमला गरिएर शुरू गरिएको थियो । सर्पको भेषमा आएको शैतानले हव्वालाई भन्यो, "के परमेश्‍वरले तिमीलाई यसै भन्‍नुभयो त...?" (उत्पत्ति ३:१ पढनुहोस् ।) "के परमेश्‍वरले तिमीलाई यसै भन्‍नुभयो त...?" भनी शैतानले अहिले पनि मानिसहरूका ह्रदयमा शंका हालिदिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon