तपाईंका सहयोगी मित्र

हरेक व्यक्तिलाई मित्रहरू चाहिन्छ र तपाईंलाई सबैभन्दा बढी आवश्यक परेका बेलामा सधैँभरि उपलब्ध भइदिने विशेष मित्रहरूलाई हरेकले मूल्यवान ठान्छन् । हामीहरू प्रत्येकसँग पवित्र आत्मामा विशेष मित्र हुनुहुन्छ, र एल. जेटरद्वारा लिखित यस पाठ्यपुस्तकले यी अति विशेष मित्रका बारेमा हामीलाई बताएका छन् । धेरै विद्यार्थीहरूले यस पाठ्यपुस्तकको अध्ययनपछि पवित्र आत्माको बप्‍तिस्माको अनुभव गरेका छन् ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


संसारको इतिहासमा पवित्र आत्मा र उहाँको कामको बारेमा मानिसहरूले पहिलेको भन्दा आज धेरै कुराकानीहरू गरिराखेका छन् । उहाँ प्रभाव मात्र होइन, तर व्यक्ति हुनुहुन्छ भनी तिनीहरूले पत्ता लगाएका छन् ।
यस पाठले तपाईंलाई यी कुराहरूमा सहयोग गर्नेछः पवित्र आत्मा को हुनुहुन्छ भनी व्याख्या गर्न, कसरी पवित्र आत्मा तपाईंका मित्र हुनसक्‍नुहुन्छ भनी वर्णन गर्न, र पवित्र आत्मा को हुनुहुन्छ र उहाँले के गर्नुहुन्छ भनी देखाउनका लागि पवित्र आत्माका सात विशेष शिर्षक वा पदवीहरूको सूची बनाउन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

पवित्र आत्मा किन आउनुभयो ? पेन्टिकोस्टल लेखक मेलविन एल हजेजले यसो भनेका छन्, परमेश्‍वरका विचारहरूलाई विचार गर्नका लागि हामीलाई योग्य बनाउन पवित्र आत्मा आउनुभयो । हाम्रो स्वाभाविक विचार स्वार्थी हुन्छ; ईश्‍वरीय योजनाले स्वार्थ त्याग गर्न लगाउँछ । हामीले आफ्नै बारेमा विचार गर्छौं; परमेश्‍वर अरूहरूका बारेमा विचार गर्नुहुन्छ । मानिसका विचारहरूलाई परमेश्‍वरका विचारहरूजस्तै बनाउनका लागि केही घटना हुनैपर्छ । पवित्र आत्माको आगमनले यो उद्देश्यलाई पूरा गरेको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


पवित्र आत्माले भरिएका एक विद्यार्थीले यसरी लेखेका छन्: "प्रार्थनामा हामीले नयाँपनको शुरू गर्‍यौं र यस्तो अनुभव गहिरो विश्‍वासको शुरू थियो ।"
यस पाठले तपाईंलाई यी कुराहरूमा सहयोग गर्नेछः पवित्र आत्माले तपाईंलाई सिकाउनुहुँदा प्रार्थनाको बारेमा तपाईंले महत्वपूर्ण सत्यता पत्ता लगाउनुहुनेछ, पवित्र आत्माले तपाईंलाई प्रेरणा दिनुहुँदा तपाईंले नयाँ र गहिरो किसिममा परमेश्‍वरलाई आराधना गर्नुहुनेछ, तपाईंले आफूद्वारा पवित्र आत्मालाई प्रार्थना गर्न दिनुहुँदा के हुन्छ सो उल्लेख गर्नुपर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


हामीलाई सत्यता प्रकट गर्नका लागि पवित्र आत्मा आउनुहुन्छ । तर यदि हामीले बाइबललाई बेवास्ता गर्‍यौं भने उहाँले कसरी हामीलाई सत्यको वचन सिकाउन सक्‍नुहुन्छ ? हामीलाई साक्षी दिनका लागि शक्ति र प्रार्थना गर्नका लागि शक्ति दिन उहाँ आउनुभयो । यदि हामीले हाम्रो विश्‍वासको बारेमा चूप बस्यौं र प्रार्थनालाई बेवास्ता गर्‍यौं भने हामीद्वारा उहाँले कसरी उहाँको अचम्मको काम गर्न सक्‍नुहुन्छ र ?
आत्मामा हिँड्नु भनेको तपाईंलाई अगुवाइ गर्नका लागि पवित्र आत्मालाई स्थान दिनु हो । तर उहाँले वास्तवमा कसरी अगुवाइ गर्नुहुन्छ त ? यस पाठले त्यस महत्वपूर्ण प्रश्‍नको उत्तर दिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


पवित्र आत्मा विनाको ख्रीष्‍टियान विश्‍वास एक खपटा, एक सुन्दर रूप हो, तर त्यसमा जीवन हुँदन र त्यो मृत हो । पवित्र आत्मा परमेश्‍वरले मात्र बाल्ने आगोलाई उत्पादन गर्न सक्‍नुहुन्छ । पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्नका लागि विश्‍वासमा पूर्ण भरोसासाथ परमेश्‍वरमा जानुपर्ने प्रतिज्ञा र अर्तीले बाइबल भरिएको छ ।
यस पाठले तपाईंलाई यी कुराहरूमा सहयोग गर्नेछः पवित्र आत्माले तपाईंलाई दिनुहुने शक्तिको उद्देश्यलाई व्याख्या गर्नसक्‍नुपर्नेछ; पवित्र आत्माको बप्‍तिस्माको बारेमा बाइबलले के भन्छ सो उल्लेख गर्नुपर्नेछ; विश्‍वासीहरूका जीवनमा पवित्र आत्माको उपस्थिति छ भनी देखाउने पवित्र आत्माका चिन्हहरूका नाम दिनुपर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


पवित्र आत्मा वरदान हुनुहुन्छ भनी हामीले सिकेका छौं । यो वरदान प्राप्‍त गर्नका लागि हामी कहिले तयारी हुन्छौँ ?
पहिलो, पवित्र आत्माले भरिने अनुभव वास्तवमा सम्भव छ। यो अनुभव अनौठो वा असामान्य होइन भनी हामी पूर्ण रूपमा निश्‍चित हुनुपर्छ । यो परमेश्‍वरको उचित कार्य हो भनी हामीले देख्‍नैपर्छ ।
दोस्रो, हामीमा पवित्र आत्माले भरिने इच्छा हुनैपर्छ । परमेश्‍वरका पवित्र आत्मालाई हाम्रा जीवनका प्रभु हुन दिनका निम्ति के हामी साँच्‍चै इच्छुक छौं ? यदि हामी इच्छुक छौं भने, हामी पवित्र आत्माले भरिनका लागि तयार भएका छौं !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon