जीवनका समस्याहरूका उत्तरहरूका निम्ति हामी कहाँ जानसक्छौँ के तपाईंलाई थाहा छ ? लेखिका डोरोथी जोहन्सले तपाईंका समस्याहरूलाई विजयतामा परिवर्तन गर्नका लागि सहयोग गर्नुहुनेछ । हामीले सामना गर्नुपर्ने केही समस्याहरूका निम्ति त्यहाँ कुनै स्पष्ट समाधान छैन । तथापि, हामीकहाँ आउने धेरै समस्याहरूका समाधान पत्ता लगाउनका निम्ति बाइबलले हामीलाई मार्ग‑निर्देशन दिएको छ, र हामी धेरै समस्याहरूबाट कसरी जोगिन सक्छौँ भन्ने बारेमा पनि यसले हामीलाई देखाउँछ । तपाईंले यस पाठ्यपुस्तकलाई अध्ययन गर्नुहुँदा र समस्या समाधानका सिद्धान्तहरूलाई प्रयोग गर्नुहुँदा, तपाईंलाई सहायता गर्नुहुने समस्या समाधानकर्ता येशू ख्रीष्टलाई तपाईंका आफ्ना समस्याहरू दिनुहुँदा तपाईंले अचम्मको आशिष पत्ता लगाउनुहुनेछ ।
हाम्रा समस्याहरूको स्रोत, र हामीहरू सबैले किन समस्याहरूका सामना गर्नैपर्छ भन्ने सम्बन्धमा यस पाठमा हामी विचार गर्नेछौँ । विभिन्न कुराहरू किन हुन्छन् भनी बोझ्नाले समस्याहरू पत्ता लगाउने तरीकाहरू जान्न वा हाम्रो ख्रीष्टियान अनुभवमा अझै बलियो बन्नका लागि हाम्रा समस्याहरूलाई मौकामा परिणत गर्न हामीलाई सहयोग पुग्छ ।
यस पाठमा हामी हाम्रा समस्याहरूका समाधानहरूलाई पत्ता लगाउने ख्रीष्टियान तरीकाको बारेमा अध्ययन गर्नेछौँ। समाधानहरू पत्ता लगाउनका लागि परमेश्वरले धेरै सहायताहरू जुटाउनुभएको छ । यदि हामीले सच्चा र आज्ञाकारी ह्रदयकासाथ हाम्रा गह्रौँ बोझहरूलाई लिएर गयौँ भने यी समस्याहरूबाट भएर जाँदा विजयी हुनका लागि उहाँले हामीलाई सहायता गर्नुहुन्छ ।
ख्रीष्टसँगको हाम्रो सम्बन्धको आधारमा केही गहन समस्याका क्षेत्र र उहाँद्वारा, उहाँलाई नचिन्नेहरू र स्वार्थी इच्छाहरूद्वारा मात्र उत्प्रेरित भएकाहरूलाई हामी यस पाठमा हेर्नेछौँ । हाम्रो दैनिक अनुभवका भागका रूपमा ख्रीष्टियानहरूले यी समस्याहरूसँग कसरी मुकाबिला गर्नुपर्छ ? हामीले काम गर्नुपर्ने र प्रतिक्रिया जनाउनुपर्ने तरीकाहरूका निम्ति बाइबलले अति सकारात्मक मार्ग‑निर्देशनहरू प्रदान गरेको छ ।
यस पाठमा हामी निराशका कारणहरूलाई पहिचान गरी निराशाका समयलाई रोकथाम गर्न वा त्यसमाथि विजय हुनका लागि ख्रीष्टियानहरूलाई सहयोग गर्न उपलब्ध स्रोतहरूलाई पत्ता लगाउनेछौँ । निराशाको अनुभव गरिरहेकाहरूलाई सहयोग गर्ने तरीकाहरूलाई पनि हामी हेर्नेछौँ । हामी परमेश्वरमा हाम्रो आशा राख्नसक्छौँ र उहाँले हामीलाई बिर्सनुभएको छैन भन्ने कुरा जान्नसक्छौँ ।