सुसमाचार बाँड्नु

तपाईंले आफ्नो साक्षी अरूहरूसँग बाँडिसक्‍नुभएको होला र स्पष्‍ट प्रकारले मुक्तिको सन्देश दिनसक्‍नुपर्छ भनी तपाईंले महसूस पनि गर्नुभएको होला । प्रश्‍न सोध्‍नेहरूलाई वा मुक्तिदाता र प्रभुका रूपमा येशू ख्रीष्‍टलाई ग्रहण गर्न कठिनाइको अनुभूति गरिरहेकाहरूलाई जवाफ दिनका लागि तपाईंलाई सक्षम तुल्याउन बाइबलका खण्डहरूलाई तपाईंले कण्ठ गर्नुभई कुनै पनि बेला त्यसलाई प्रयोग गर्नसक्‍ने हुनुपर्छ । लेखकहरू रबर्ट र इवेलिनले उद्धारको बारेमा तपाईंले जानिसक्‍नुभएको कुरालाई बुझी ख्रीष्‍टियान भएको आनन्दको बारेमा अरूहरूलाई बाँडी परमेश्‍वरको सेवाको आनन्द प्राप्‍त मनाउन सहयोग गर्नुहुनेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अन्‍न जम्मा गर्नुजस्तै सुसमाचार प्रचार गर्नु किन अति महत्वपूर्ण छ भन्‍ने कारणहरूलाई तपाईंले यस पाठमा पत्ता लगाउनुहुनेछ । यो किन आवश्यक छ र प्रभुको यस काममा किन तपाईंको सहभागिता हुनैपर्छ भन्‍ने कुरा पनि तपाईंले पत्ता लगाउनैपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

सुसमाचार प्रचार गर्ने काम के हो भनी तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । सबै किसिमका मानिसहरूद्वारा यो गर्न सकिन्छ भनी तपाईंले सिक्‍नुहुनेछ । पवित्र आत्माका लागि तपाईंको ह्रदय खोल्नुहोस् र सुसमाचार प्रचार गर्नका लागि तपाईंलाई चुनौती दिन उहाँलाई स्थान दिनुहोस् !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

सुसमाचार बाँडनका लागि समूह कार्य वा टिम प्रयत्‍न अति नै महत्वपूर्ण हुन्छ ! यस पाठमा तपाईंले व्यक्तिगत र समूहगत सुसमाचार प्रचारका बीचमा भिन्‍नता छुट्याउन सक्‍नुका साथसाथै येशूका निम्ति मानिसहरूलाई जित्‍न तपाईंको स्थानीय मण्डलीसँग कसरी एकसाथ काम गर्ने भन्‍ने बारेमा पनि सिक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

जीवन परिवर्तनको अनुभवलाई अझै राम्रोसँग बुझ्न र प्रभावकारी रूपमा यसलाई अरूहरूकहाँ व्याख्या गरिदिन यस पाठले तपाईंलाई मद्दत गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आत्माहरू जित्‍नका लागि हामीलाई अगुवाइ गर्न पवित्र आत्माको शक्ति अति नै महत्वपूर्ण छ । प्रार्थनामा अति नै ठूलो प्रभावकारिता प्राप्‍त गर्न र सुसमाचार प्रचारमा सहयोग गर्नका लागि पवित्र आत्माले विशेष वरदानहरू दिनुहुन्छ भनी पहिचान गर्न यस पाठले सहायता गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको वचनले पवित्र आत्माको मिलापमा कार्य गर्छ । यसले पापलाई देखाउनसक्छ र जीवन परिवर्तनमा ल्याउँछ। आत्माहरू जित्‍नका लागि बाइबलीय पदहरूलाई अझै प्रभावकारी रूपमा प्रयोग गर्नका लागि यस पाठले तपाईंलाई सहयोग गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

गैर ख्रीष्‍टियानहरूसँग मित्रता गाँस्‍ने धेरै तरीकाहरू त्यहाँ छन् । ख्रीष्‍टका निम्ति मानिसहरूकहाँ पुग्‍ने केही सुझबुझका नियमहरू पनि त्यहाँ छन् । आत्माहरू जित्‍नका लागि तपाईंको आफ्नै तरीका विकास गर्नका लागि यस पाठले तपाईंलाई सहायता गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मुक्तितर्फका महत्वपूर्ण कदमहरूलाई कसरी प्रस्तुत गर्ने र तपाईंको आफ्नो साक्षी कसरी दिने भन्‍ने सम्बन्धमा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । कठिनाइमाथि विजयहुने सल्लाह पनि हामीले तपाईंलाई दिनेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

येशूका बारेमा मानिसहरूलाई निर्णयमा ल्याउने विषयमा यस पाठले बताएको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

नयाँ विश्‍वासीहरूलाई हेरचाहा गर्न र वृद्धि हुनका लागि उनीहरूलाई सहयोग गर्ने तरीकाहरूका बारेमा सिक्‍न यस पाठले तपाईंलाई सहयोग पुर्‍याउनेछ । नयाँ विश्‍वासीहरूले अरूहरूलाई कसरी सुसमाचार सुनाउनका लागि सहयोग गर्नसक्छन्, त्यस विषयमा पनि यसले सुझाव दिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon