नयाँ मण्डलीहरू शुरू गर्नु

पेन्तिकोसको दिनमा मण्डली शुरू भएपछि ख्रीष्‍टका अनुयायीहरूले सारा संसारभरि मण्डली स्थापना गरिरहेका छन् । नयाँ मण्डलीहरूको स्थापना र विकासको निम्ति योजना रणनीतिमा पवित्र आत्माको निर्देशनको मूल्यलाई यस पाठ्यपुस्तकका लेखक ल्यारी पेटले स्पष्‍ट पारेका छन् । सबै संस्कृतिहरू र मानिसहरूका बीचमा मण्डली स्थापना गर्नका लागि बाइबलले दिएका सिद्धान्तहरू र उद्देश्यहरू मार्गदर्शन हुन् ।

यस पाठले मण्डलीको निम्ति भएको परमेश्‍वरको योजनालाई प्रस्तुत गर्छ । मण्डलीको निम्ति भएको परमेश्‍वरको योजनालाई स्पष्‍टसँग बुझ्न र मण्डलीको मिसन (सेवा) मा पवित्र आत्माको कामप्रति अझै कृतज्ञ हुनका लागि यसले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

मण्डलीको मिसनलाई अगुवाइ गर्नका लागि सिद्धान्तहरूलाई स्थापित गर्न परमेश्‍वरले प्रेरितहरूलाई कसरी प्रयोग गर्नुभयो सो कुरा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । नयाँ करारले यी सिद्धान्तहरूका केही असल उदाहरणहरूलाई उपलब्ध गराइदिएको छ र आज तिनीहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भन्‍ने कुरा तपाईंले देख्‍नुहुनेछ ।

मानिसहरूको समूहले सुसमाचारमा प्रतिउत्तर दिएर ख्रीष्‍टमा विश्‍वासीहरू बनेपछि, अर्को महत्वपूर्ण कदमचाहिँ स्थानीय मण्डलीको रूपमा तिनीहरूलाई ख्रीष्‍टको शरीरमा ल्याउनु हो । आफैलाई शासन गर्न सक्षम हुने स्थानीय मण्डलीको निर्माणका सिद्धान्तहरू र सुसमाचार प्रचार र शिक्षणको यसको सेवामा निरन्तर रूपमा वृद्धि हुने र यसलाई पूरा गर्ने सम्बन्धमा यस पाठमा छलफल गरिनेछ ।

कुनै समूह स्व‑शासित स्थानीय मण्डलीमा निर्माण भएपछि त्यसको जिम्मेवारी त्यहीँ नै रोकिँदैन । ख्रीष्‍टको शरीरको रूपमा, मण्डलीले सिक्‍नैपर्छ कि यसको मिसनचाहिँ अरू मण्डलीहरू शुरू गर्नु हो । नयाँ मण्डलीहरू शुरू गर्दा नयाँ विश्‍वासीहरू आफै त्यसमा कसरी सहभागी बन्‍नसक्छन् भनी सिकाउनका लागि यस पाठमा उल्लिखित कदमहरूले तपाईंलाई मार्गदर्शन दिन्छन् ।

स्व‑समर्थनको धारणा र प्रभुको कामलाई दिँदा पाइने आशिषको सम्बन्धमा बुझ्नका लागि यस पाठले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

यदि तपाईं अहिले वृद्धि भइरहेको मण्डलीसँग काम गर्दै हुनुहुन्छ वा भविष्यमा यसो गर्ने योजना गर्नुहुन्छ भने मण्डलीमा जिम्मेवारीहरू लिनसक्‍ने अगुवाहरूलाई विकास गर्ने तरीकाहरू बुझ्नका लागि यस पाठले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

यस पाठले कठिन परिस्थितिमा वृद्धि भएका मण्डलीहरूका सत्य उदाहरणहरू प्रस्तुत गर्छ । तपाईंले यस पाठलाई अध्ययन गर्नुहुँदा, प्रत्येक मण्डलीको निम्ति उपयोगी भएका सिद्धान्तहरूलाई पत्ता लगाउने कोशिश गर्नुहोस् । यी सिद्धान्तहरूलाई कुनै पनि परिस्थितिमा प्रयोग गर्न सकिन्छ।

प्रत्येक स्थानीय मण्डली जीवित हुनुपर्छ र ख्रीष्‍टमा आत्माहरू जित्‍नका लागि क्रियाशील हुनुपर्छ भनी परमेश्‍वरको इच्छा छ र यसलाई सम्भव तुल्याउने योजना उहाँसँग छ भन्‍ने कुरा सत्य हो । तपाईंले यस पाठलाई अध्ययन गर्नुहुँदा तपाईंले प्रयोग गर्नको निम्ति उहाँको योजना पत्ता लगाउन पवित्र आत्माले तपाईंलाई सहयोग गर्नुभएको होस्, यसरी तपाईंको मण्डली गुणनात्मक वृद्धि हुने मण्डली बनोस् ।