सत्यताको कुनेढुङ्गो

बाइबलमा भएका शिक्षाहरू विषयगत रूपमा प्रस्तुत गरिएका छैनन् भनी तपाईंले पत्ता लगाइसक्‍नुभयो होला । उदाहरणको लागि, उत्पत्तिको पुस्तकले हामीलाई परमेश्‍वरको बारेमा पूर्ण व्याख्या दिएको छैन, नता अरू कुनै एउटै पुस्तकले यस विषयमा पूर्ण रूपमा बताएको छ । बाइबल अध्ययनगर्ने सबैभन्दा महत्वपूर्ण तरीकाचाहिँ खास विषयसँग सम्बन्धित सबै शिक्षाहरूलाई पत्ता लगाउनु हो । लेखकहरू फ्लोवाइड ऊडवर्थ र डेविड डंकनद्वारा लिखित यस पुस्तकलले विश्‍व र यसका शासकका बारेमा, मानवजाति र मानव विकासको निम्ति परमेश्‍वरले छान्‍नुभएको संरचनाको बारेमा पवित्रशास्त्र बाइबलले भनेको कुरालाई प्रणालीगत रूपमा अध्ययन गराउनेछ । भविष्यको बारेमा बाइबलले भनेको कुरालाई पनि विद्यार्थीहरूले पत्ता लगाउनुपर्नेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले हाम्रा सृष्‍टिकर्ता र उहाँको स्वभावको बारेमा अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी परमेश्‍वरका नैतिक चरित्रहरूको अध्ययन गर्नेछौँ, र हामीलाई सृष्‍टिगर्नुहुने परमेश्‍वर आफ्नो सृष्‍टिलाई कायम राख्‍न र उहाँको राज्यमा हामीलाई ल्याउनको लागि आवश्यकीय कुराहरू उपलब्ध गर्न सक्रिय हुनुहुन्छ भन्‍ने कुरा हामी देख्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा येशू ख्रीष्‍ट सम्बन्धी सिद्धान्तलाई हामी विचार गर्नेछौँ , जो "परमेश्‍वरको महिमाको उज्‍ज्वल उहाँकै तत्वको प्रतिबिम्ब हुनुहुन्छ" (हिब्रू १:३) ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले पवित्र आत्माको बारेमा अध्ययन गर्नुहुनेछ: उहाँको परमेश्‍वरत्व, व्यक्तित्व र सेवा । पवित्र आत्माकव फलको बारेमा पनि हामीले अध्ययन गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबलले स्वर्गदूतहरूका बारेमा धेरै बताएको छ । यस पाठमा हामी स्वर्गदूतका चरित्रहरूका बारेमा अध्ययन गर्नेछौँ । हामी परमेश्‍वरका स्वर्गदूतहरू र शैतान र त्यसका दुष्‍ट स्वर्गदूतहरूको शुरू र स्वभावका बारेमा पनि अध्ययन गर्नेछौँ । अन्त्यमा, परमेश्‍वरको सर्वशक्तिमानताले दुष्‍टका सेनाहरूमाथि विश्‍वासीको विजयलाई पक्‍का गरिदिने कुरालाई हामी सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले परमेश्‍वरको सम्प्रभुत्व स्वीकार गर्नेहरूका लागि कस्ता खालका कर्तव्यहरू र अधिकारहरू दिइएका छन् सो विषयलाई हेर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबलले पापको शुरू र परिणामहरूका बारेमा के बताउँछ सो कुरा हामी यस पाठमा सिक्‍नेछौँ । तर परमेश्‍वरलाई धन्यवाद होस्, कि हामीले यस निराशको केन्द्रमा हाम्रो अध्ययनलाई बन्द गर्नुपर्दैन । परमेश्‍वरले हाम्रो निम्ति जुटाउनुभएको समाधानको बारेमा पनि हामी यस ठाउँमा सक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबल हाम्रा निम्ति परमेश्‍वरको लिखित प्रकाश हो । यसको अर्थ यही हुन्छ कि मण्डली र विश्‍वासीका जीवनमा यो अन्तिम अधिकार हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी परमेश्‍वरको महिमा गर्न, आत्मिक जीवनलाई वृद्धि गर्न र अरूहरूलाई सुसमाचार सुनाउनका निम्ति परमेश्‍वरले चुन्‍नुभएका औजारहरूका बारेमा विचार गर्नेछौँ । हामीले मण्डलीका बारेमा अध्ययन गरेर यसको साँचो अर्थ बुझ्दा, हामी हाम्रा प्रभुले यसलाई दिनुभएको मूल्यको बारेमा कृतज्ञ हुनसक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी बाइबलका अगमवाणीहरूको परिपूर्ति र भविष्यमा हुने परमेश्‍वरको योजनाको सञ्‍चालनको बारेमा छलफल गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon