परमेश्‍वरको योजना‑ तपाईंको छनोट

परमेश्‍वरले तपाईंको जीवनको निम्ति योजना बनाउनुभएको छ, तर तपाईंले उहाँको योजनालाई पछ्याउनुहुन्छ वा हुन्‍न भन्‍ने कुराको छनोट गर्न उहाँले तपाईंलाई नै छोडिदिनुभएको छ । लोएल हारूपद्वारा लिखित यो पाठ्यपुस्तकले तपाईंको निम्ति भएको परमेश्‍वरको योजनाको बारेमा अझै बुझ्न र तपाईंले उहाँलाई पछ्याउनुभयो भने परमेश्‍वरले तपाईंलाई विभिन्‍न किसिमले सहायता गर्नुहुन्छ भन्‍ने कुरालाई बताएको छ । परमेश्‍वरको योजना र तपाईंको छनोटको ज्ञानले प्रत्येक व्यक्तिलाई हरेक दिन सामना गर्नुपर्ने चुनौतीमा बनाउनुपर्ने जटिल निर्णयहरू गर्नका लागि सहयोग पुर्‍याउँछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मिश्रदेशमा पिरामीड भनिने ठूला‑ठूला सम्मारकहरू छन् । तिनीहरूलाई निर्माण गर्ने ढुङ्गाहरू यति मिलाएर राखिएका थिए कि तिनीहरूलाई मिलाएर राख्‍नका निम्ति बीचमा राख्‍नुपर्ने लेपको आवश्यकता नै थिएन । के ती अकस्मात बनेका होलान् त ?
ढुङ्गाहरूको ठूलो थुप्रोसँग हजारौँ मानिसहरूलाई कल्पना गर्नुहोस् । योजनाविना नै केचाहिँ बनाइन्थ्यो होला ? यस पाठमा तपाईंले परमेश्‍वरको योजनाको बारेमा सिक्‍नुहुनेछ। तपाईंको निम्ति परमेश्‍वरको योजना छ भन्‍ने कुरा तपाईंले यस पाठमा पत्ता लगाउनुहुनेछ ।

पाठ १: के वास्तवमा परमेश्‍वरको योजना छ त ? icon

शायद तपाईं अहिले परमेश्‍वरले बनाउनुभएको योजनाप्रति परमेश्‍वरसँग आफ्नो सम्बन्ध बारे सोचिराख्‍नुभएको छ होला । परमेश्‍वर किन तपाईंसँग बोल्न चाहनुहुन्छ भन्‍ने यस पाठमा तपाईंले सिक्‍नुहुनेछ । तपाईंको निम्ति भएको उहाँको योजनालाई पूरा गर्न उहाँले तपाईंलाई कसरी अगुवाइ गर्नुहुन्छ, ती सम्बन्धि प्रतिज्ञाहरू र जुटावटहरूका बारेमा पनि तपाईंले सिक्‍नुहुनेछ ।

पाठ २: मैले यसपछि के गर्नुपर्छ भनी के परमेश्‍वरले मलाई बताउनुहुन्छ ? icon

कहिलेकहीँ जब हामी परमेश्‍वरको महान योजनालाई विचार गर्न शुरू गर्छौं, हामीलाई यो अति नै ठूलोजस्तो लाग्छ । उहाँले हाम्रा जीवनका निम्ति राख्‍नुभएका उद्देश्यहरूमा पुग्‍नका लागि हामीले कोशिश गर्दा हामीद्वारा र हाम्रा निम्ति उहाँले के गर्नुहुन्छ सो पनि हामी यस पाठमा हेर्नेछौँ ।

पाठ ३: के परमेश्‍वरले धेरै कुराको आशा गर्नुहुन्छ icon

परमेश्‍वरको इच्छाअनुसार काम गर्न कहिलेकहीँ आनन्द र कहिलेकहीँ कठिनाइको महसूस हुन्छ । अब्राहामले पनि यी कठिन समयहरूको सामना गरेका थिए । तपाईंको विश्‍वास जाँच गर्नको निम्ति पनि परमेश्‍वरले विशेष परिस्थितिहरूलाई तपाईंको जीवनमा प्रयोग गर्नुहुन्छ होला। हाम्रो निम्ति भएको परमेश्‍वरको योजनामा हाम्रा परिस्थितिहरू कसरी सम्बन्धित छन् भन्‍ने विषयमा हामी यस पाठमा अध्ययन गर्नेछौं । तपाईंले अध्ययन गर्दै जानुहुँदा यस सत्यतालाई पत्ता लगाउनुहुनेछ कि तपाईंको जीवनमा परमेश्‍वरको आफ्नो योजना पूरा गर्नका लागि तपाईंलाई सहायता पुर्‍याउन परमेश्‍वरले परिस्थितिहरू पनि प्रयोग गर्नुहुनेछ ।

पाठ ४: के म परमेश्‍वरको योजनालाई गुमाउँदैछु ? icon

"मेरो साँचो व्यक्तित्व के हो ? बाइबलले भनेकोजस्तो व्यक्ति म छु कि वा आफूले विचार गरेकोजस्तो व्यक्ति म छु ?" भनी तपाईं आफैले आफैलाई प्रश्‍न गर्नुभएको होला । हामी के हौं भनी बुझ्नलाई बाइबलको अध्ययनबाट पनि हामीलाई कठिन हुनसक्छ । हामी को हौं भनी बाइबलले बताएको विचारसँग हाम्रो आफ्नै अनुभव र कार्यहरूलाई हामी यस पाठमा तुलना गर्नेछौं । परमेश्‍वरले महत्वपूर्ण ठान्‍नुभएको कुरालाई हामी पत्ता लगाउनेछौं । परमेश्‍वरले हामीलाई जे भएको चाहनुहुन्छ वास्तवमा सो हामी कसरी बन्‍न सक्छौं भन्‍ने विषयमा हामी अध्ययन गर्नेछौं ।

पाठ ५: के ख्रीष्‍टियान हुँदैमा पुगिहाल्छ icon

परमेश्‍वर कसरी तपाईंसँग बोल्नुहुन्छ भनी पत्ता लगाउन यस पाठले तपाईंलाई मद्दत गर्नेछ ।

पाठ ६: परमेश्‍वर मसँग कसरी बोल्न सक्‍नुहुन्छ icon

सिकारूले सफलता प्राप्‍तगर्ने लक्षण देखाइसकेका थिए । उनको सिकारूपन महत्वपूर्ण हुनुको कारणचाहिँ आफ्नो कामको लागि सबै बल प्रयोग गर्ने उनको क्षमता नै हो । के यस वर्णनले बालकका रूपमा हुनुभएका ख्रीष्‍टको प्रतिनिधत्व गर्छ ? यति मात्र हामीलाई थाहा छ : उहाँको बाल्यकाल साँचो थियो । पुत्र परमेश्‍वरका रूपमा ख्रीष्‍टलाई अनन्तको योजना स्पष्‍टसँग थाहा थियो । तर मानिस बन्‍नुभएका हुनाले मानिसलेजस्तै गरी उहाँले सिक्‍नुभयो र प्रार्थनाद्वारा परमेश्‍वरसँग कुराकानी गर्नुभयो ।

पाठ ७: के येशूलाई परमेश्‍वरको योजना थाहा थियो ? icon

मानिसमा भएको के कुराको कारणले उसले जहिले पनि भविष्यको विषयमा थाहा पाउन चाहन्छ ? के यो गल्ती हो? तपाईंले भविष्यलाई कसरी हेरेको परमेश्‍वर चाहनुहुन्छ र यस बारेमा उहाँले के प्रकट गर्नुभएको छ सो कुरा तपाईंले यस पाठमा पत्ता लगाउनुहुनेछ । यसलाई प्राप्‍त गर्नका लागि तपाईंले भविष्यका निम्ति परमेश्‍वरको योजना, किन परमेश्‍वरले आफ्नो प्रकाशलाई सीमित पार्नुहुन्छ, र आजको निम्ति परमेश्‍वरको योजनालाई अध्ययन गर्नुहुनेछ ।

पाठ ८ : म कसरी भविष्यको नजीक आउन सक्छु ? icon
विद्यार्थी प्रतिवेदनहरू icon