बाइबल नैतिकता

हामीहरू ख्रीष्‍टियान भएका हुनाले हामीले गर्न नहुने धेरै कुराहरूका बारेमा हामी घरिघरि विचार गरिरहन्छौँ । तर ठीक जीविकाको उद्देश्य येशूले भन्‍नुभएको जस्तै हुनुपर्छ, "तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु ।" जोहन सारा माइल्सद्वारा लिखित यो पाठ्यपुस्तकले परमेश्‍वर पवित्र हुनुभएझैँ तपाईं पनि पवित्र हुनुपर्छ र परमेश्‍वरलाई सेवा गर्दा आनन्दित हुनुपर्छ भनी तपाईंलाई सहायता पुर्‍यानका लागि विभिन्‍न नियमहरू पनि उपलब्ध गराइएको छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईं कोही हुनुहुन्छ भनी जान्‍नु महत्वपूर्ण छ । भित्रपट्टि गदगद हुन यसले सहायता गर्छ । धेरै कामहरू गर्नका निम्ति पनि यसले तपाईंलाई सहायता गर्छ ।
आफू महत्वपूर्ण छैन भनी विचार गर्ने गिदोन नाम भएका व्यक्तिका बारेमा बाइलले हामीलाई बताउँछ । आफ्नो देशमाथि हमलागर्ने शत्रुहरूबाट उनी लुकेर बसेका थिए । आफ्ना मानिसहरूलाई सुरक्षागर्ने काममा गिदोनले पूरै आशा गुमाएपछि, उनलाई उत्साह दिनको निम्ति परमेश्‍वरले स्वर्गदूत पठाउनुभएको थियो । यो सन्देश लिएर स्वर्गदूत उनीकहाँ आएका थिएः "हे वलवान् र शक्तिशाली मानिस, परमप्रभु तिमीसँग हुनुहुन्छ "(न्यायकर्ता ६:१२) ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

"जस्तो बाबु त्यस्तै छोरो" भन्‍ने भनाइ धेरै देशहरूमा प्रचलित छ । परिवारहरूका बारेमा भएको चाखलाग्दो कुराचाहिँ सदस्यहरूका बीचमा भएको उस्तै स्वरूप हो ।
जसरी बालकले आफ्नो सांसारिक पितालाई हेरेर उनैको नकल गर्छ, त्यसैगरी स्वर्गिक पिताजस्तो हुनलाई उहाँले गर्नुहुने कामप्रति हामी सचेत रहनुपर्छ भनी यस पाठले हामीलाई स्मरण गराउँछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

के तपाईंले साइकल चलाउन सिक्‍नुभएको छ ? यदि सिक्‍नुभएको छ भने, तपाईंलाई यो कुरा थाहा छ कि सिकारू हुँदा एकै पल्टमा तपाईंले धेरै कुराहरू याद गर्नुपर्छ। तपाईंले पाउदानी पनि चलाउनुपर्छ र हेण्डललाई पनि सीधा राख्‍नुपर्छ, त्यसको साथसाथै आफूलाई साइकलमा सन्तुलन राखी सडकका नियमहरूको आज्ञापालन पनि गर्नुपर्छ । साइबल चलाउन जान्‍ने व्यक्तिले यी कुराहरूका बारेमा विचारै नगरी ती गरिराखेको हुन्छ, तर तपाईंलेचाहिँ ती कुराहरू गर्न सक्‍नुभएन ।
सबैथोक जान्‍नुहुने परमेश्‍वरले कसरी उहाँजस्तै हुनलाई सहायता गर्नुहुन्छ सो कुरा यस पाठले देखाउनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीले गाडी चलाउने लाइसेन्स लिनका लागि, चालकलाई थाहा हुनुपर्ने विभिन्‍न चिन्हहरू र नियमहरूका जाँचमा सफलता प्राप्‍त गर्नुपर्ने हुन्छ । कुनै पनि देशका नियमहरूमध्य एउटाचाहिँ "सडकका नियमहरू" भनिने पुस्तिका पनि हो ।
सबै मानवजातिका सृष्‍टिकर्ता परमेश्‍वरका पनि नियमहरू छन् । उहाँका सन्तानहरूले उहाँका नियमहरूलाई जानेका र पालन गरेका उहाँले चाहनुहुन्छ । त्यसैले मोशा र आफ्ना पुत्र येशूद्वारा उहाँले आफ्ना नियमहरू प्रकट गर्नुभएको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

प्रत्येक निर्णयलाई "हो" वा "होइन" भनी हामीले बताउने जादूको तत्वजस्तो चाहिँ बाइबल होइन । यसले हामीलाई सल्लाह दिन्छ, र निर्णय बनाउनको लागि परमेश्‍वरले हामीलाई अधिकार दिनुभएको छ । उहाँले हामीलाई आदेश पाएको दासजस्तो होइन तर आफ्नै सन्तानका रूपमा व्यवहार गर्नुहुन्छ !
पवित्रशास्त्रमा भेट्टाइएका सिद्धान्तहरू वा स्तरहरूका बारेमा हामी यस पाठमा सिक्‍नेछौँ । हाम्रा दैनिक जीवनमा हामीले कठिन निर्णयहरूका सामना गर्नुपर्दा यी सिद्धान्तहरूले हामीलाई सहायता पुर्‍याउनसक्छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफ्नो जीवनलाई कसरी चलाउने हो भन्‍ने बारेमा मानवजातिले जान्‍न चाहन्छ । तर आफ्नो बारेका ‑ आफ्ना मन, भावनाहरू, र शारीरिक सञ्‍चालनहरूजस्ता अति महत्वपूर्ण कुराहरूलाई तिनीहरू अलिअलि मात्र बुझ्दछन् । सबै मानिसहरूलाई सृष्‍टि गर्नुहुनेले ती सबै बुझ्नुहुन्छ । ठीकसँग जीवन कसरी जिउन सकिन्छ भन्‍ने सम्बन्धमा उहाँले निर्देशन र सल्लाहहरू दिनुभएको छ । आफूले भन्‍नुभएका कुरामा सृष्‍टिकर्ता पक्षपाती र अनौठो हुनुहुन्छ भनी कहिलेकहीँ मानिसहरूले विचार गर्छन् । तर पनि के उत्तम छ भन्‍ने कुरा उहाँले जान्‍नु पर्दैन र ?

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डली ख्रीष्‍टको शरीर हो र येशू आफैचाहिँ यसको शिर हुनुहुन्छ । हामी ख्रीष्‍टियानहरू शरीरका अङ्गहरू वा सदस्यहरू हौँ । प्रेरित पावल वा पौलसले १ कोरिन्थी १२ मा प्रत्येक भाग पूरै शरीरको निम्ति कत्ति महत्वपूर्ण छ, प्रत्येक भागले अरूहरूका निम्ति कस्तो सरोकार राख्छ र सबै भागहरूले कसरी एकैसाथ दुःख भोग्छन् र आनन्दित हुन्छन् सो उनले देखाएका छन् ।
सेवाको सिद्धान्त र मण्डलीको भण्डारेपनद्वारा हामी कसरी प्रेमको व्यवस्थालाई प्रयोग गर्नसक्छौँ सो कुरा हामी यस पाठमा अध्ययन गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यदि आफूले तिर्न सक्‍नेभन्दा बढी ऋण तपाईंले आफ्ना मित्रबाट लिनुभएको छ भने तपाईं के गर्नुहुन्छ ? अफ्रिकाको एक क्षेत्रमा त्यहाँ एक साधारण तरीका छ । सबै ऋणहरूलाई चुक्ता गर्नका लागि एक झोला नून पर्याप्‍त हुन्छ ।
संसारलाई हाम्रो नूनिलोपना, हाम्रो ज्योति र हाम्रो सन्देशको आवश्यकता छ । जोवनमा हाम्रो उद्देश्य संसारलाई परमेश्‍वरको अनुग्रह र न्यायको प्रस्तुत गर्नु हो र यसरी संसारले जानेर उद्धार पाउन सक्‍नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon