व्यक्तिगत सुसमाचार प्रचार

सबै ठाउँमा भएका सबै मानिसहरूलाई सुसमाचार लैजानका लागि हाम्रा नमूनाचाहिँ येशू हुनुहुन्छ । हामी जहाँ गए पनि हामीले सुसमाचार बाँडेको उहाँ चाहनुहुन्छ । जीन बप्‍तिस्टे सावाडोगोद्वारा लिखित यो पुस्तकले व्यक्तिगत सुसमाचार प्रचारको साँचो स्वभाव बुझ्नका लागि पाठकलाई मद्दत गर्नेछ । तपाईंका वरिपरि भएका मानिसहरूलाई प्रभावकारी, शक्तिशाली र सकारात्मक तरीकाले ख्रीष्‍टलाई प्रस्तुत गर्नका लागि यस पुस्तकले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले घर बनाउन चाहनुभयो भने, सबैभन्दा पहिले के गर्नुपर्छ ? काम शुरू गर्नुभन्दा पहिले तपाईंले योजना बनाउनैपर्छ ।
पुरानो करारमा हामी पढ्छौँ कि उहाँलाई आराधना गर्नका निम्ति ठाउँ बनाउने सम्बन्धमा परमेश्‍वरले आफ्ना मानिसहरूलाई भन्‍नुभएको थियो । उहाँले तिनीहरूलाई योजना दिनुभयो । जब तिनीहरूले उहाँको आज्ञा पालन गरे, भवनलाई सफलतापूर्वक निर्माण गरियो, र परमेश्‍वर खुशी हुनुभयो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफ्नो कामको निम्ति तालिम पाउनुभएको समय पनि तपाईंलाई याद आउँछ होला । एकै दिनमा तपाईंले सबै कुरा सिक्‍नुभएन । तपाईंले आफूले सिक्‍नुभएको कुरालाई व्यवहारमा लगाउनुभयो र यसरी तपाईंले आफ्नो काम अहिले राम्रोसँग गर्न सक्‍नुहुन्छ ।
तपाईंको ख्रीष्‍टियान साक्षी पनि यस्तै हो । ख्रीष्‍टको बारेमा अरूहरूलाई बताउँदैजाँदा तपाईंले सिक्‍नुपर्ने धेरै कुराहरू त्यहाँ हुन्छन् । ख्रीष्‍टको निम्ति आत्माहरू जित्‍नका लागि कस्तो किसिमको तयारीको आवश्यकता पर्छ भन्‍ने सम्बन्धमा अब हामी हेर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अफ्रिकी उखानले भन्छ, "एउटा हातले कहिल्यै पनि घर बनाउँदैन ।" बाइबलले बताउँछ, "तीन सुताले बाटिएको डोरी सजिलैसँग चुँडिदैन" (उपदेशक ४:१२) ।
यी उखानहरू सत्य छन् । घर बनाउनका लागि धेरै हातहरूको आवश्यकता पर्छ । डकर्मीले मात्र सबै काम गर्न सक्दैन । ख्रीष्‍टले भन्‍नुभयो, "म मेरो मण्डली वा एकलेसिया स्थापित गर्नेछु ।" तर यस महान कार्यमा उहाँसँगै काम गर्नका लागि उहाँले हामीलाई बोलाउनुभएको छ । हामी सबैका आ-आफ्नै जिम्मेवारीहरू छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

संलग्‍न हुनुपर्ने आवश्यकताको बारेमा हामीले कुराकानी गरिसकेका छौँ । अब कसरी संलग्‍न हुने भन्‍ने बारेमा हामी हेर्नेछौँ – हाम्रा निम्ति ख्रीष्‍टले जे गर्नुभएको छ सो अरूहरूलाई बताएर । यस्तो महान सुसमाचार आफ्नै निम्ति मात्र हामी कसरी राख्‍न सक्छौँ ? हामीले अरूहरूसँग बाँड्नैपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हाम्रा वरिपरि ठूलो खाँचो छ । मानिसहरू ख्रीष्‍टविना मरिराखेका छन् । व्यक्तिगत सुसमाचार प्रचारको निम्ति ठूलो आवश्यकता देख्‍नको लागि यस पाठले तपाईंलाई आँखा खोलिदिएको होस् !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

एउटा उखानले भन्छ, "उपचार गर्नुभन्दा रोग नै लाग्‍न नदिनु असल हो" । बाधाहरूका बारेमा जति धेरै हामीलाई थाहा हुन्छ, तिनीहरूमाथि विजयी हुनका लागि हामी त्यति नै सक्षम हुन्छौँ । सुसमाचार बाँड्नुपर्ने आवश्यकताको बारेमा गएको पाठमा हामीले हेरेका थियौँ । सुसमाचार बाँडदा आइपर्ने बाधाहरूमाथि हामी कसरी विजयी हुनसक्छौँ भन्‍ने कुरा अब हामी हेर्नेछौँ । असम्भव कुराहरू पनि परमेश्‍वरका सम्भव हुन्छ भन्‍ने कुरा याद गर्नुहोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मानिसहरू सबै फरक छन् । एउटै राज्य, जाति वा परिवारमा पनि तपाईंले सबैसँग उस्तै किसिमले व्यवहार गर्न सक्‍नुहुन्‍न । एउटा देशमा प्रभावकारी भएको तरीका तपाईंको देशमा कामै नलाग्‍ने हुनसक्छ । एउटै व्यक्तिसँग पनि हामीले भिन्‍नाभिन्‍नै तरीकाहरू प्रयोग गर्नुपर्ने हुन्छ । व्यक्तिगत सुसमाचार प्रचारमा तरीका भन्‍नाले कुनै पनि व्यक्तिलाई ख्रीष्‍टमा जित्‍नका निम्ति लिइने कदम भन्‍ने बुझिन्छ ।
केही महत्वपूर्ण सांस्कृतिक बाधाहरूमाथि कसरी विजयी हुनसकिन्छ भन्‍ने बारेमा हामीले भर्खरै अध्ययन गरिसकेका छौँ । मानिसहरूकहाँ कसरी पुग्‍ने भन्‍ने बारेमा अध्ययन गर्दा यसलाई पनि आफ्नो मनमा राख्‍नुहोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

कुनै मानिसलाई आदर गर्नका लागि उनको नाउँमा घर वा सडक निर्माण गरिएको कुरा के तपाईंलाई थाहा छ ? तिनीहरूलाई आदर र सम्मान गर्नका लागि नै यसो गरिएको हो । तिनीहरूले आफ्ना मानिसहरू वा आफ्ना समुदायहरूलाई सहायता पुर्‍याएका कारण तिनीहरूलाई यी इनामहरू दिइएका हुन् ।
यस किसिमका आदरहरूलाई कुनै तलबसँग तुलना गर्न सकिँदैन । र पनि यी सबै इनामहरू एकदिन नाश हुनेछन् । तर परमेश्‍वरबाट आउने इनामहरूचाहिँ कहिले पनि नाश हुनेछैनन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon