परमेश्‍वरसँग भेट्नुहोस्

जीवनका गम्भीर प्रश्‍नहरू

परमेश्‍वरको स्वभाव र संसारमा के हुँदैछ भनी जान्‍न चाहनेहरूका निम्ति लेखिएको ६ वटा पाठहरू भएको पाठ्यपुस्तक । जीवन के हो भन्‍ने बारेमा के तपाईं कहिलेकहीँ अचम्ममा पर्नुभएको छ ? तपाईं किन जन्मनुभयो ? तपाईंले कसरी आनन्द प्राप्‍त गर्न सक्‍नुहुन्छ ? यदि यसो हो भने, यी ६ वटा पाठहरू तपाईंका लागि अति नै उपयोगी हुनेछन् ।

प्रभु येशू ख्रीष्‍टका जीवनमा विशेषताहरू

प्रभु येशू ख्रीष्‍टको जीवन र सेवासँग सम्बन्धित यी छवटा पाठहरूले उहाँको जन्मदेखि पुनरूत्थानको घटनालाई प्रस्तुत गरेको छ ।

हामी अगमवक्ताहरूबाट सुन्छौं

यस पाठ्यपुस्तकका आठवटा पाठहरूले परमेश्‍वरका आठजना अगमवक्ताहरूका जीवन-परिवर्तनका अनुभवहरूलाई रेकर्ड गरेका छन् । यस पाठ्यपुस्तकको ध्यानपूर्वक अध्ययन र अगमवक्ताहरूका वचनप्रति भएको आज्ञाकारिताले परमेश्‍वरमा कसरी समर्पण गर्ने भन्‍ने बारेमा जान्‍न र परमेश्‍वरमा आफूलाई समर्पित गर्न मद्दत गर्नेछ ।

परमेश्‍वरले तपाईंलाई प्रेम गर्नुहुन्छ

ग्लोबल युनिभर्सिटी परिवारमा तपाईंलाई स्वागत छ ! संसारका धेरै देशमा भएका केटाहरू र केटीहरूले यिनै पाठ अध्ययन गरिरहेका छन् । तिनीहरूका आमा बाबु र दाजु दिदीहरूले पनि यी पाठहरू अध्ययन गरिरहेका छन् । किन? किनभने धेरै वर्ष पहिले भएका यी महान व्यक्तिहरूका बारेमा पढन उनीहरूलाई चासो लाग्छ । अनि प्रत्येक पाठका चित्रहरूमा हेरी तपाईंलाई सोधिएका उत्तरहरू लेख्‍नु पनि चाखलाग्दो कुरा नै हो ।