प्रशस्तताको जीवन

साँचो चरित्र कुनै दुर्घनाबाट हुँदैन । पवित्र आत्माले विश्‍वासीमा उहाँको फल उत्पादन गर्नुहुँदा ख्रीष्‍टियान चरित्रको विकास हुन्छ । गलाती ५:२२‑२३ मा वर्णन गरिएको पवित्र आत्माको फल हाम्रा जीवनमा पवित्र आत्माको बासको उपस्थितिको नतीजा हो । पाठ्यपुस्तकका लेखक एन्टोनियो गिल्बर्टो डा सिल्वाले गलाती ५ र अन्य सम्बन्धित बाइबल खण्डहरूबाट व्यावहारिक अध्ययन प्रस्तुत गरेका छन् । यस पाठ्यपुस्तकले प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वासयोग्यता, नम्रता, आत्म‑संयम जस्ता आवश्यकीय गुणहरूका विकासमा र ख्रीष्‍टियान सम्बन्ध र सेवामा तिनीहरूका फाइदाका बारेमा जोड दिन्छ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

पवित्र आत्माको फलको बारेमा बाइबलले के भन्छ, ख्रीष्‍टियान चरित्र के हो, पवित्र आत्माको शक्तिद्वारा यसलाई तपाईंको जीवनमा कसरी उत्पन्‍न गर्न सकिन्छ जसद्वारा तपाईं परमेश्‍वरलाई इज्‍जत दिनसक्‍नुहुन्छ, जस्ता विषयहरूमा यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले पवित्र आत्माको फलको रूपमा प्रेमको अर्थ र विश्‍वासीको जीवनमा यसलाई कसरी प्रदर्शित गर्न सकिन्छ त्यस सम्बन्धी अध्ययन गर्नुहुनेछ । तपाईंमा प्रेमको फलको विकास भएपछि ख्रीष्‍टले प्रेम गर्नुभएजस्तै तपाईंले पनि प्रेम गर्नसक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आत्मिक आनन्दको फल हामीले ख्रीष्‍टमा भएको हाम्रो स्थान महसूस गर्दा, र हाम्र वरिपरि र हामीद्वारा परमेश्‍वरले गर्नुहुने आश्‍चर्यकर्मको शक्ति देख्दा, र अनन्ततामा हाम्रो महिमित भविष्य उहाँसँग पर्खिरहँदा पवित्र आत्माद्वारा हामीमा विकास गराइन्छ भनी यस पाठमा तपाईंले पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामीले हाम्रो शान्तिको मुहानको बारेमा विचार गर्नेछौँ, जुन शान्ति हामीमा पवित्र आत्माद्वारा उत्पादन गरिएको छ । जीवनको सबैभन्दा खतराको आँधीमा पनि शान्ति र स्थिरता के हो सो थाहा पाउन सम्भव छ भनी तपाईंले पत्ता लगाउनुहुनेछ । परमेश्‍वरको प्रेमले उहाँमाथि आफ्नो भरोसा राख्‍नेहरूलाई पूर्ण शान्ति ल्याइदिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले तपाईंलाई धीरजको महत्वपूर्णता हेर्न, र पवित्र आत्माले तपाईंमा यो फल उत्पन्‍न गर्नुहुँदा, तपाईंले उहाँसँग मिलेर काम गर्न सहायता पुर्‍याउनेछ । धीरज वा धैर्य स्थिरताको फल हो ‑ तपाईंको विश्‍वासमा अटल भई उभिने, तपाईंले त्यसभन्दा बढी गर्नै नसक्‍ने भएता पनि त्यसमा समातिराख्‍ने ‑ प्रभुमा पर्खिरहने !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

साधारण त हामी दयालाई एक व्यक्तिबाट अर्को व्यक्तिमा भएको प्रेमको वर्णन र भलाइलाई चाहिँ शुद्ध (पवित्र) हुने गुणको रूपमा विचार गर्छौँ । यी दुई शब्दहरूका बाइबल आधारित प्रयोग आजको सामान्य प्रयोगभन्दा केही भिन्‍नै छ, र त्यस दया र भलाइमा प्रेमको वर्णन गर्न धेरै स्वरूपहरू समावेश गरिएका छन् भन्‍ने कुरालाई तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । पवित्र आत्माले हामीमा दया र भलाई उत्पादन गरेर ख्रीष्‍टको प्रेमद्वारा हामीलाई संसारमा सेवा गर्न सहायता गर्नुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा विश्‍वासका विभिन्‍न स्वरूपहरूका बारेमा सिक्‍नुहुनेछ, र तिनीहरूमध्ये एउटाचाहिँ पवित्र आत्माको फलको रूपमा विश्‍वासयोग्यता हो । परमेश्‍वरमा भएको विश्‍वासमा र गहिरो रहिरहने भरोसामा यो आधारित छ जसले जीवनमा आउने हरेक परिस्थितिमा तपाईंलाई स्थिर गराउँछ । तपाईंको विश्‍वासयोग्यता र स्थिर ख्रीष्‍टियान जीवनद्वारा यो प्रदर्शित गरिन्छ । यस पाठले तपाईंलाई परमेश्‍वरको राज्यमा तपाईंको विश्‍वासयोग्यताको जाँच गर्न तपाईंलाई सहायता पुर्‍याउँछ र तपाईंमा अझै यो फल उत्पादन गर्न पवित्र आत्मालाई ठाउँ दिन तपाईंलाई उत्साह दिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले तपाईंलाई पवित्र आत्माको फलको रूपमा नम्रताको महत्वपूर्णतालाई बुझ्न सहायता पुर्‍याउँछ । तपाईंका मालिक उहाँले तपाईंलाई जहाँ डोर्‍याउनुहुन्छ, विश्‍वासयोग्य भेडाको रूपमा उहाँलाई पछ्याउनुहोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीले पवित्र आत्माका नौ किसिमका फलको अन्तिम फल अर्थात् आत्म‑संयमको फलको बारेमा यस पाठमा अध्ययन गर्नेछौँ । यो अनुशासनको फल हो । आफूलाई येशूको जस्तो स्वरूपमा परिवर्तन गर्नका लागि पवित्र आत्मालाई स्थान दिने व्यक्तिले आफ्नो जीवनको हरेक क्षेत्रमा आत्म‑संयमको फलको विकास गर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस अन्तिम पाठमा नौ किसिमको आत्माको फलको बारेमा दोहोर्‍याउँछौँ र पुरानो करार व्यवस्था, ख्रीष्‍टियान स्वतन्त्रता र आत्माको फलको ‍बीचमा भएको सम्बन्धलाई हेर्नेछौँ । त्यहाँ धेरै कुराहरूका विरूद्धमा व्यवस्थाहरू छन्, तर फल फलाउने वा ख्रीष्‍टजस्तो हुनेको विरूद्धमा कुनै पनि व्यवस्था छैन । पवित्र आत्माले तपाईंको जीवनमा काम गर्नुभएको होस्, ताकि यो स्वस्थ हाँगाजस्तो भएर धेरै फल फलाउन सकोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon