तपाईंको नयाँ जीवन

तपाईंले येशू ख्रीष्‍टलाई आफ्ना मुक्तिदाताका रूपमा स्वीकार गर्नेबित्तिकै तपाईंले नयाँ जीवन शुरू गर्नुहुनेछ । उहाँले जीवन दिनुहुन्छ, जुन जीवन अचम्मको, धनी, आनन्दित, र कहिल्यै पनि नसिद्धिने हुन्छ । लुइस जेटर वाल्करद्वारा लिखित यो पुस्तकले यो नयाँ जीवन के हो भन्‍ने बारेमा स्पष्‍टरूपमा व्याख्या गर्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंको जीवनमा आएको परिवर्तनका बारेमा बाइबलले के बताउँछ त्यसलाई तपाईंले यस पाठमा हेर्नुहुनेछ । तपाईंले आफ्ना नयाँ अवसरहरू र जिम्मेवारीहरूका बारेमा सिक्‍नुहुनेछ । तपाईं जन्मनुभएको नयाँ परिवारलाई तपाईंले पत्ता लगाउनुहुनेछ । प्रभुका भएका तपाईंका दाजुभाइहरू तथा दिदीबहिनीहरूसँग परमेश्‍वरले चाहनुभएअनुसार तपाईंले बनाउनुहुने नयाँ सम्बन्धहरूका बारेमा तपाईंले पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


हिँडन सिकिरहेको कुनै बालकलाई के तपाईंले कहिल्यै ध्यानसँग हेर्नुभएको छ ? उभिन मात्र सक्‍ने शिशु कोठाको वरिपरि भएका सामानहरूमा समात्दै लड्दै हिँड्ने कोशिश गर्छ । तर कस्तो उत्साह ! कस्तो ध्यान ‑ संसार नै जितिएकोजस्तो ! यसरी ऊ कहिले बामीसर्छ, कहिले उभिन्छ, कहिले लड्छ ‑ तर जहिले पनि ऊ उठ्छ र उभिन्छ र हिँडन सिक्छ ।
सफल हुने इच्छा बलियो छ । आमाबाबुहरू जहिले पनि नजीक हुन्छन्, र उनीहरूले हरेक कदममा सहयोग गर्छन् र उत्साह दिन्छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरले कसरी तपाईंसँग बोल्नुहुन्छ भन्‍ने कुरा बुझ्नका लागि यस पाठले तपाईंलाई मद्दत गर्छ । कहिलेकहीँ उहाँले तपाईंसँग सीधै बोल्नुहुन्छ । अरू समयहरूमा उहाँले आफ्नो वचन, बाइबललाई प्रयोग गर्नुहुन्छ । अझै अरू समयहरूमा उहाँले अर्को ख्रीष्‍टियानलाई प्रयोग गर्नुहुन्छ । तपाईंका पिता परमेश्‍वरले जुनसुकै तरीका अपनाउनुभए पनि उहाँको आवाजलाई कसरी चिन्‍ने भन्‍ने बारेमा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले आत्मिक वृद्धिका यी चार महत्वपूर्ण सिद्धान्तहरूका बारेमा अझै व्याख्या गर्छ । तपाईंले यसलाई अध्ययन गर्नुहुँदा, तपाईंले अहिले नै आफ्नो जीवनमा यिनीहरूलाई कसरी अभ्यासमा लगाउनुहुन्छ सो तपाईंले देख्‍नुहुनेछ । अचम्मका नतीजाहरू आउनेछन् ! खराब नमूनाका कार्यहरूका ठाउँमा असल कार्यहरू राखिनेछन् । परमेश्‍वरले चाहनुभएको परिपक्‍व व्यक्ति बन्‍नका लागि तपाईं दिन प्रतिदिन वृद्धि हुनुपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंको जीवनमा अहिले नै यस किसिमको परिवर्तन भइरहेको छ । तपाईंको आत्मिक जीवन प्रकट भइरहेको छ । तपाईं ख्रीष्‍टमा "वृद्धि" हुनुहुँदा, नयाँ चासोले पुरानो चासोको स्थान लिन्छ । त्यहाँ नयाँ जीम्मेवारीहरू हुन्छन् ̶ जसले तपाईंलाई नयाँ किसिमका इनामहरू र सन्तुष्‍टिहरू ल्याउनसक्छन् । विशेष परिवर्तनहरू र क्रियाकलापहरूका बारेमा हामी यस पाठमा अध्ययन गर्नेछौँ । तपाईंका नयाँ चासोहरूमा अरूहरू पनि सहभागी भएका छन् भन्‍ने कुरालाई पनि तपाईंले पत्ता लगाउनुहुनेछ !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


विशेष लक्ष्यमा पुग्‍नका लागि एक व्यक्तिलाई स्तरहरूका पनि आवश्यकता हुन्छ । उदाहरणको लागि, खेलाडीहरूले तिनीहरूका प्रशिक्षकका शिक्षाहरूका पालना गर्छन् । तिनीहरूले केही कुराहरू गरिदिन्छन् र अरू केही कुराहरूचाहिँ तिनीहरूले गरिदिँदैनन् । तिनीहरूको उद्देश्यचाहिँ सीप र सामर्थ्य विकास गर्नु हो र यसरी तिनीहरूले उपहार जित्‍नसक्‍नेछन् । अब तपाईं ख्रीष्‍टियान हुनुहुन्छ, तपाईंको नयाँ र विशेष लक्ष्य छ । लक्ष्यचाहिँ तपाईंका स्वर्गिक पिताले तपाईंलाई जस्तो बनेको चाहनुहुन्छ तपईं त्यस्तै बन्‍नु हो । तपाईंलाई स्तरको आवश्यकता छ भन्‍ने अर्को कारणचाहिँ यही नै हो ।
तपाईंका स्वर्गिक पिता तपाईं उहाँको परिवारको भाग हुनुभएको र तपाईंको जीवनको निम्ति भएको लक्ष्यमा पुग्‍नुभएको चाहनुहुन्छ । तपाईंलाई सहयोग गर्नका लागि उहाँले तपाईंलाई दिनुभएका नयाँ स्तरमाका बारेमा यस पाठले बताउँछ । ती पछ्याउनले तपाईंका लागि धेरै फाइदा हुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंका निम्ति अचम्मका सहयोगी हुनुहुन्छ ! उहाँ को हुनुहुन्छ र उहाँले कसरी सहयोग गर्नुहुन्छ भन्‍ने बारेमा यस पाठले मद्दत गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


तपाईंले भन्‍नुभएको परमेश्‍वरको शक्तिको कुरा साँचो हो कि होइन भनी मानिसहरूले तपाईंलाई हेरिरहेका छन् । सुसमाचारले कसरी मानिसहरूलाई परिवर्तन गर्नसक्छ भन्‍ने कुरा तपाईंको जीवनले देखाउँछ । तपाईंले भन्‍नुभएको भन्दा पनि अझ बढी तपाईंले के गर्नुहुन्छ, सो येशूको निम्ति साक्षी हो ।
येशू तपाईंमा बास गर्नुभएको हुनाले तपाईंको जीवनबाट चम्किने उज्यालोको किरणलाई हामी यस पाठमा हेर्नेछौं । सुसमाचार सत्य हो भन्‍ने कुरा यी किरणहरूले अरूहरूलाई विश्‍वास दिलाउँछन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


साँचो ख्रीष्‍टियान घरभन्दा ठूलो आशिष भएको अरू कुनै पनि कुरा यस संसारमा छैन । योचाहिँ पापको हुरीबतास र हाम्रा वरिपरिभएका सबै समस्याबाट शरणलिने स्थान हो । छोराछोरीहरूले सुरक्षाको अनुभूति गर्ने र प्रेमको अनुभूति गर्ने स्थान यो हो ।
परमेश्‍वरले तपाईंलाई भन्‍नुभएका कुराहरू तपाईंले गर्नुभयो भने तपाईंले आफ्नो घरलाई "स्वर्गको सानो भाग" बनाउन सक्‍नुहुन्छ !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


तपाईं परमेश्‍वरका बालक हुनुभएको हुनाले अहिले नै तपाईंसँग भएको स्वतन्त्रतालाई यस पाठले व्याख्या गर्छ । यस स्वतन्त्रताले पापका डरलाग्दा प्रभावहरूबाट तपाईंलाई स्वतन्त्र तुल्याउँछ । तपाईंले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन सक्‍नुहुन्‍न भन्‍ने डरबाट यसले तपाईंलाई छुटकारा दिन्छ । यसले आत्मिक भूल र अलमलमाथि विजय हुन तपाईंलाई मद्दत गर्छ । येशूले तपाईंका निम्ति जे गर्नुभएको छ त्यसका कारण यी आशिषहरू तपाईंका हुन् । तर ती शुरूवात् मात्र हुन् ।
शुरू भइसकेको तपाईंको स्वतन्त्रताको नयाँ जीवनको कहिल्यै अन्त्य हुनेछैन !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon