सेवामा ख्रीष्‍टियान मण्डली

क्रूसमा भएको ख्रीष्‍टको मृत्युमा नै उद्धारको योजना सकियो भनी तपाईंले विचार गर्नुभएको होला । तथापि, येशू आफैले नै संसारलाई उद्धारगर्ने आफ्नो सेवा मण्डलीलाई दिनुभएको छ । ख्रीष्‍टद्वारा दिइएको महान आज्ञा नै परमेश्‍वरको निम्ति काम गर्नलाई मण्डलीको अधिकार हो भनी लेखक जेसी मिरन्डाले हामीलाई सिकाएका छन् । यस कामको निम्ति मण्डलीलाई मात्र एकलै छोडिएको छैन, किनभने हामीलाई सहायता गर्नका निम्ति ख्रीष्‍टले आफ्ना पवित्र आत्मालाई पठाउनुभएको छ । परमेश्‍वरको उद्धारको योजना पूरा गर्नका लागि पवित्र आत्माले हामीमा र हामीद्वारा काम गर्नुहुन्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

संसारमा पाप कसरी आयो र आजको हाम्रो संसारलाई यसले कसरी असर पार्छ भन्‍ने कुरा तपाईंले यस पाठमा पत्ता लगाउनुहुनेछ । हाम्रा पापहरूका निम्ति बलिदानका रूपमा आफ्ना पुत्रलाई दिनुभएर परमेश्‍वरले पापको समस्यालाई समाधान गर्नुहुनेछ । अझै पापको दास्तवमा हुनेहरूलाई उद्धारको यो सन्देश लैजाने शुभ अवसर परमेश्‍वरले हामीलाई दिनुभएको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

संसारको उद्धारको निम्ति परमेश्‍वरले योजना छ । पापको विरूद्धमा युद्ध गर्न पिता, पुत्र र पवित्र आत्मा जानुभएको छ भनी उद्धारको योजनाले देखाउँछ । परमेश्‍वरले मानिसलाई आफूसँगको संगतिमा ल्याउनका लागि उहाँको समय‑तालिकाअनुसार नै उहाँका योजनाहरू पूरा भएका देख्दा हामीलाई खुशी लाग्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डली संसारमा संलग्‍न हुनैपर्छ । यस मण्डलीले संसारमा पिताका सबै योजनाहरू र ख्रीष्‍टका उद्देश्यहरूलाई कार्यमा लगाउँछ । पवित्र आत्मा संसारमा रहनुभई परमेश्‍वरको योजनालाई पूरा गर्न उहाँले मण्डलीलाई मन्दिर बनाउनुभएको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

संसारको निम्ति भएको आफ्नो उद्धारको योजना पूरा गर्नका लागि परमेश्‍वरले मण्डलीलाई कसरी चुन्‍नुभयो भन्‍ने बारेमा हामीले भर्खरै हेरिसकेका छौँ । मण्डली इतिहासमा तीन महत्वपूर्ण समयको बारेमा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । विभिन्‍न समय र युगहरूमा मण्डलीको इतिहासचाहिँ समस्याहरू र विजयताहरूको इतिहास हो भन्‍ने कुरा तपाईंले पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

पिताले सच्‍चा आराधकहरूलाई हेरिरहनुभएको छ । आराधना गर्नको निम्ति मण्डलीलाई बोलाइएको छ । परमेश्‍वरका निम्ति भएको यसको सेवा यही हो । मण्डलीका तीनवटा सेवाहरू छन् ‑ परमेश्‍वरलाई आफैलाई र संसारलाई । परमेश्‍वरलाई मण्डलीको सेवाको सम्बन्धमा हामी यस पाठमा छलफल गर्नेछौँ ‑ आराधनामा, समर्पणमा र सेवामा ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफैलाई सेवा पुर्‍याउन मण्डलीलाई कसरी सुसज्‍जित गरिएको छ , त्यस विषयमा हामी यस पाठमा अध्ययन गर्नेछौँ, र यसरी उद्धारीय सेवामा संसारमा पुग्‍नका लागि यसलाई तयार पार्न सकिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

संसारको सबैभन्दा ठूलो आवश्यकताप्रति तपाईंका आँखाहरू खोल्नका लागि यस पाठले तपाईंलाई सहायता पुर्‍याउनेछ । परमेश्‍वरले देख्‍नुभएझैँ तपाईंले पनि यस संसारलाई देख्‍नुभएको होस्, र उहाँले जस्तै तपाईंले पनि प्रेम र दयाको ह्रदयसाथ प्रतिउत्तर दिनुभएको होस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठको उद्देश्य व्यक्तिको रूपमा तपाईंद्वारा परमेश्‍वरको योजना र कार्य कसरी पूरा भएको छ सो देखाउनु हो । परमेश्‍वरको उद्धारीय उद्देश्यमा व्यक्तिगत रूपमा संलग्‍न हुनका लागि उहाँले तपाईंलाई व्यक्तिगत निमन्त्रणा दिनुहुन्छ । उद्धार प्राप्‍त गर्नुभएको व्यक्तिको रूपमा तपाईंचाहिँ परमेश्‍वरको योजनाको साँचो हुनुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी सेवाको कार्य सुसमाचार सञ्‍चारगर्ने कार्यको बारेमा कुराकानी गर्नेछौँ । यो सञ्‍चारलाई तीन प्रकारमा गर्न सकिन्छः बोलेर, बाँडेर र सेवा गरेर । तपाईंले यस पाठलाई अध्ययन गर्नुहुँदा, येशू ख्रीष्‍टको मण्डलीको यस त्रिपक्षिय सेवालाई पूरा गर्नका लागि तपाईंको सहभागिताको सम्बन्धमा विचार गर्नुहोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी सेवाका केही नतीजाहरूलाई हेर्नेछौँ । सबैभन्दा ठूलो नतीजाचाहिँ त्यही नै हुनेछ कि हामीलाई ख्रीष्‍टमा ल्याउनेहरूसँग र जसलाई हामीले उहाँमा ल्याएका छौँ, तिनीहरूसँग हाम्रो भेटघाट हुनेछ !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon