परमेश्‍वरले तपाईंलाई प्रेम गर्नुहुन्छ

ग्लोबल युनिभर्सिटी परिवारमा तपाईंलाई स्वागत छ ! संसारका धेरै देशमा भएका केटाहरू र केटीहरूले यिनै पाठ अध्ययन गरिरहेका छन् । तिनीहरूका आमा बाबु र दाजु दिदीहरूले पनि यी पाठहरू अध्ययन गरिरहेका छन् । किन? किनभने धेरै वर्ष पहिले भएका यी महान व्यक्तिहरूका बारेमा पढन उनीहरूलाई चासो लाग्छ । अनि प्रत्येक पाठका चित्रहरूमा हेरी तपाईंलाई सोधिएका उत्तरहरू लेख्‍नु पनि चाखलाग्दो कुरा नै हो ।
तपाईंहरूमध्ये धेरैले यी पाठहरू मन पराउनुको मुख्य कारण तपाईंले यसबाट परमेश्‍वरका बारेमा सिक्‍नुहुनेछ । तपाईंले पढनुहुने मानिसहरूलाई परमेश्‍वरले प्रेम गर्नुभएको थियो भन्‍ने कुरा थाहा पाउनुहुनेछ । उहाँले तिनीहरूका निम्ति अचम्मको काम गर्नुभयो । उहाँले तपाईंलाई कति धेरै प्रेम गर्नुहुन्छ र तपाईंको निम्ति कति अचम्मको काम गर्नुहुन्छ सो तपाईंले जान्‍नुहुन्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरका बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरको एक पुस्तक छ, जसलाई बाइबल वा पवित्र बाइबल भनिन्छ । परमेश्‍वरले आफ्नो बारेमा बाइबलमा तपाईंलाई बताउनुहुन्छ । परमेश्‍वर सधैंभरि हुनुहुन्छ र सधैंभरि हुनुहुनेछ । परमेश्‍वरले जे पनि गर्नसक्‍नुहुन्छ । उहाँले सारा विश्‍व सृष्‍टि गर्नुभयो । परमेश्‍वर सबै ठाउँमा हुनुहुन्छ र सबै कुरा जान्‍नुहुन्छ । परमेश्‍वरले तपाईंलाई बनाउनुभयो । उहाँले तपाईंलाई चिन्‍नुहुन्छ र प्रेम गर्नुहुन्छ । परमेश्‍वर असल हुनुहुन्छ । जब तपाईंले उहाँलाई चिन्‍नुहुन्छ, तपाईंले उहाँलाई प्रेम गर्नुहुनेछ ।

पाठ १: परमेश्‍वरले तपाईंलाई चिन्‍नुहुन्छ र प्रेम गर्नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले कसैले गर्न नसक्‍ने काम गर्नुहुन्छ । परमेश्‍वरले सृष्‍टि गर्न सक्‍नुहुन्छ, उहाँले शून्यताबाट केही बनाउन सक्‍नुहुन्छ । परमेश्‍वरले ६ दिनमा सारा संसारलाई सृष्‍टि गर्नुभयो । परमेश्‍वरले तपाईं जिउनका निम्ति असल संसारको सृष्‍टि गर्नुभयो । परमेश्‍वरले ६ दिन काम गर्नका लागि र एक दिन आराम गर्नका लागि बनाउनुभयो । परमेश्‍वरले संसार कसरी सृष्‍टि गर्नुभयो सो कुरा उत्पत्तिको पुस्तकमा बताइएको छ । उत्पत्ति परमेश्‍वरको पुस्तक बाइबलको पहिलो भाग हो ।

पाठ २: तपाईं बस्‍नुभएको संसार परमेश्‍वरले बनाउनुभएको हो icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले पहिलो मानिस र स्वास्‍नीमानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो। परमेश्‍वरले तिनीहरूलाई आफ्ना सन्तान भएका चाहनुहुन्थ्यो । परमेश्‍वरले आफ्ना छोराछोरीहरूलाई माया गर्नुहुन्छ र तिनीहरूका हेरचाहा गर्नुहुन्छ । परमेश्‍वरले तपाईंलाई पनि बनाउनुभयो र तपाईं उहाँको बालक भएको उहाँ चाहनुहुन्छ । परमेश्‍वरले चाहनुभएको काम गर्नाले तपाईं आनन्दित हुन सक्‍नुहुन्छ ।

पाठ ३: परमेश्‍वरले तपाईंलाई बनाउनुभयो icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले आफ्ना छोरा-छोरीहरूलाई ठीक गर्न सिकाउनुहुन्छ । परमेश्‍वरको शत्रुले मानिसहरूलाई पाप गर्न लगाउँछ । पापले आदम र हव्वालाई परमेश्‍वरबाट अलग गराएको थियो । परमेश्‍वरले गल्ती गर्नेहरूलाई पनि अझै प्रेम गर्नुहुन्छ । तपाईंले के गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले बाइबलमा बताउनुभएको छ।

पाठ ४: परमेश्‍वरले तपाईंलाई असल हुन सहायत गर्नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले आमा, बाबुहरूलाई आफ्ना छोरा-छोरीहरूको हेरचाहा गर्न सहायता गर्नुहुन्छ । अरूहरूप्रति तपाईंको कस्तो भावना छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ । अरूहरूसँग गल्ती व्यवहार गर्नेहरूलाई परमेश्‍वरले दण्ड दिनुहुन्छ । तपाईं अरूहरूप्रति असल भएको परमेश्‍वर चाहनुहुन्छ ।

पाठ ५: अरूहरूसँग तपाईंले कसरी व्यवहार गर्नुहुन्छ, परमेश्‍वरले त्यसको वास्ता राख्‍नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले हनोक नमरिकनै उनलाई स्वर्ग लानुभयो । परमेश्‍वरले स्वर्गमा तपाईंका लागि अचम्मको घर तयार पार्नुभएको छ । परमेश्‍वर सँग हिँड्नुहोस् । उहाँले तपाईंलाई स्वर्गमा लैजानुहुनेछ ।

पाठ ६: परमेश्‍वरले तपाईंलाई स्वर्गमा लानुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले सबै खराब कुराहरूलाई हटाउनुहुन्छ । परमेश्‍वरले मानिसहरुलाई उद्धार गर्न चाहनुहुन्छ । परमेश्‍वरले उहाँको आज्ञापालन गर्ने सबैलाई बचाउनुहुन्छ । परमेश्‍वरले तपाईंलाई बचाउनुहुन्छ।

पाठ ७: परमेश्‍वरले तपाईंलाई बचाउनुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले उहाँको आज्ञापालन गर्नेहरूको हेरचाहा गर्नुहुन्छ । हामीले "धन्यवाद" भन्दा परमेश्‍वर खुशी हुनुहुन्छ । हामीले परमेश्‍वरलाई "धन्यवाद" भन्दा उहाँलाई भेटी चढाएका हुन्छौं ।

पाठ ८: परमेश्‍वरले तपाईंको हेरचाहा गर्नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरको अर्को नाम परमप्रभु हो । कोही मानिसहरूले आफ्नै देवताहरू बनाउँछन् । परमप्रभु मात्र साँचो परमेश्‍वर हुनुहुन्छ । तपाईंले परमेश्‍वरसँग प्रार्थना गरेको उहाँ चाहनुहुन्छ ।

पाठ ९: परमेश्‍वरले तपाईंका प्रार्थनाहरू सुन्‍नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले उहाँलाई पछ्याउनका निम्ति अब्राहामलाई बोलाउनुभयो । परमेश्‍वरले उहाँलाई पछ्याउनेहरूलाई अगुवाइ गर्नुहुन्छ र आशिष दिनुहुन्छ । परमेश्‍वरले तपाईंलाई आफ्नो पुस्तक बायबलद्वारा अगुवाइ गर्नुहुन्छ ।

पाठ १०: परमेश्‍वरले तपाईंलाई अगुवाइ गर्नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरले अब्राहामको छोरालाई बचाउन एक थुमा पठाउनुभयो । परमेश्‍वरले तपाईंको उद्धार गर्नलाई आफ्नो थुमा पठाउनुभयो । उद्धार पाउनको निम्ति तपाईंले परमेश्‍वरको थुमालाई ग्रहण गर्नैपर्छ ।

पाठ ११: परमेश्‍वरले तपाईंलाई उद्धार गर्नका निम्ति आफ्नो थुमा दिनुभयो icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरको आशिष खानेकुराभन्दा पनि मूल्यवान हुन्छ । परमेश्‍वरले याकूबलाई क्षमा दिनुभयो र आशिष दिनुभयो । स्वर्ग जानलाई तपाईंको निम्ति परमेश्‍वरले बाटो तयार पार्नुभएको छ । "मैल भूल गरें" भन्‍नलाई परमेश्‍वरले तपाईंलाई सहायता गर्नुहुन्छ ।

पाठ १२: परमेश्‍वरले तपाईंलाई क्षमा गर्नुहुन्छ र सहायता गर्नुहुन्छ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : कोही मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई दुःख दिने कोशिश गर्छन् । तपाईं जहाँसुकै हुनुभए तापनि परमेश्‍वर तपाईंसँग हुनुहुनेछ। परमेश्‍वरले तपाईंको भलाइको लागि नै सबै काम गर्नुहुनेछ । तपाईंको चित्त दुखाउनेहरूलाई क्षमा दिनको निम्ति परमेश्‍वरले तपाईंलाई सहायता गर्नुहुनेछ ।

पाठ १३: परमेश्‍वर तपाईंसँग हुनुहुनेछ icon

परमेश्‍वरको बारेमा यो सिक्‍नुहोस् : परमेश्‍वरलाई अझै चिन्‍नको निम्ति बाइबलले तपाईंलाई सहायता गर्छ । परमेश्‍वरलाई अझै चिन्‍नको निम्ति उहाँको आत्माले तपाईंलाई सहायता गर्नुहुन्छ । परमेश्‍वरलाई अझै चिन्‍नको निम्ति उहाँका जनहरूले तपाईंलाई सहायता गर्नेछन् । तपाईंले स्वर्गमा परमेश्‍वरलाई अझै चिन्‍नुहुनेछ ।

पाठ १४: तपाईंले परमेश्‍वरलाई अझै चिन्‍नसक्‍नुहुनेछ icon