राज्य, शक्ति र महिमा

जीन‑बप्‍तिस्टे स्वाडगो र मारसिया मङ्गरद्वारा लिखित यो पाठ्यपुस्तकको विषयवस्तु परमेश्‍वरले आफ्ना पुत्र यशू ख्रीष्‍टद्वारा मानवजातिसँग बनाउनुभएको नयाँ करार वा सम्बन्धको पुस्तको अध्ययन हो । परमेश्‍वरले नयाँ करार समयमा र इतिहसभरिनै बोल्नुभएझैँ आज पनि मण्डलीलाई र संसारलाई आधिकारिक रूपमा बोल्नुहुन्छ भनी नयाँ करारको निरीक्षण वा सर्वेक्षण भनिने यस पाठ्यपुस्तकले बताएको छ । यस पाठ्यपुस्तकमा भएका सूचनाहरूले नयाँ करारका सत्यताहरू बुझ्न र यो हामीकहाँ कसरी आइपुग्यो भनी यसको विश्‍वासयोग्यतालाई बुझ्न पनि सहायता गर्नेछ। तपाईंलाई परमेश्‍वरको वचन बुझ्न र अरूहरूलाई यो सत्यता सिकाउन यस पाठ्यपुस्तकको अध्ययनले तपाईंलाई सहयोग गर्नेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले तपाईंलाई नयाँ करारको परिचयकासाथै इतिहासको घटना पछाडि परमेश्‍वरको हात कसरी रहेको थियो भन्‍ने कुरा बुझ्न सहयोग गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

नयाँ नियम वा करारका चार पुस्तकहरूले येशू ख्रीष्‍टका विषयमा दिएका बयान कसरी एकै प्रकारका छन् र कसरी तिनीहरू फरक छन् भन्‍ने विषयमा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । येशू ख्रीष्‍ट रहनुभएको देश र उहाँले सेवा गर्नुभएका ठाउँहरूका विषयमा पनि तपाईंले सिक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मत्ती, मर्कूस, लूकाका सुसमाचारहरूका बीचमा रहेको विशेष सम्बन्धलाई यस पाठले सम्बोधन गरेको छ । तब, तपाईंले मत्ती र मर्कूसको सुसमाचारलाई एक एक गरी हेर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले तेस्रो सहदृष्‍टिको सुसमाचार, लूका र प्रभुले प्रेम गर्नुभएको चेला यूहन्‍नाले लेखेका सुसमाचारलाई नजीकबाट हेर्नुहुनेछ । येशूको व्यक्तित्व र सेवामा तिनीहरूले प्रदान गरेका अन्तरदृष्‍टिलाई तपाईंले हेर्नुहुँदा, उहाँलाई आराधना गर्न र अझै प्रेम गर्न तपाईंले प्रेरणा पाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

येशूको निर्देशनको आज्ञाकारितामा चेलाहरू यरूशलेममा भेला हुँदा, के भयो भन्‍ने कुरा तपाईंले पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामीले यरूशलेम सभापछिका वर्षहरूमा, पावलका दोस्रा र तेस्रा सुसमाचार प्रचार यात्राहरूसँग सम्बन्धित पत्रहरूलाई यस विचार गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामीले कारागारी पत्रहरूलाई अध्ययन गर्नेछौँ । यी पत्रहरू पावलले आफू रोमको कारागार वा झ्यालखानमा भएको समयमा लेखेका थिए । ती पत्रहरूले हामीलाई त्यस समयको मण्डलीको अवस्था हेर्नलाई सहायता गर्छन् र तिनीहरूले पावलको स्वभावलाई पनि स्पष्‍ट रूपमा प्रकट गराएका छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामीले पावलको पहिलो रोमी कारागारपछि लेखिका पाँच पत्रहरूका बारेमा अध्ययन गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामीले पावलको मृत्युपछिका वर्षहरूमा लेखिएका पत्रहरूका अध्ययन गर्नेछौँ । धेरै प्रकारमा जवान मण्डलीको निम्ति यी कठिनका वर्षहरू थिए । तर परमेश्‍वरका आत्माले बुद्धि र निर्देशन दिनुभयो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

नयाँ नियम वा करारको बनावट कसरी भयो सो पत्ता लगाउन र ठीक प्रकारले हामीसँग ल्याइएको प्रमाणसँग तपाईं परिचित हुनुहुनेछ । तपाईंले सिक्‍नुभएको सत्यताले तपाईंलाई महसूस गर्न सहायता गर्छ कि तपाईंले नयाँ करारमा पूर्ण भरोसा राख्‍न सक्‍नुहुन्छ । तपाईंले नयाँ करारमा भरोसा राख्‍नु भई प्रभुको सेवा गर्न र उहाँको निम्ति जिउन खोज्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon