जिम्मेवारपूर्ण ख्रीष्‍टियान

कसरी विश्‍वासयोग्य कारिन्दा वा भण्डारे बन्‍ने भन्‍ने विषयमा लेखक जोस आर सिल्वा डेल्गाडोले देखाउनुभएको छ । एक दृष्‍टान्तमा येशू ख्रीष्‍टले दुई कारिन्दाहरूलाई दिइएको सम्पत्तिको जिम्मालाई बुद्धिमानीसाथ उचित व्यवस्थापन गर्नेलाई स्याबास दिनुभयो र उसलाई दिइएको जिम्मालाई पूरा नगर्ने कारिन्दालाई दोषी ठहर्‍यानुभयो । परमेश्‍वरले हाम्रा जिम्मामा सुम्पनुभएका थोकहरूलाई कसरी प्रबन्ध गर्ने र लगानी गर्ने भनी यस पाठले सिकाउँछ र यसरी " स्याबास, असल र विश्‍वासयोग्य नोकर, ... तँ आफ्ना मालिकको खुशीमा सहभागी हो !" (मत्ती २५:२३) ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीसँग भएका सबै थोकहरूका मालिक हामी होइनौँ किनकि अस्तित्वमा भएका सबै थोकहरूका मालिक परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने सत्यतालाई तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । यदि तपाईंले यस सत्यताको पूर्ण अर्थ बुझ्नुभयो भने, यसले तपाईंको जीवन र सेवालाई क्रान्तिकारी बनाउनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरका थोकहरूका कारिन्दा वा भण्डारेका रूपमा तपाईंको आफ्नो भूमिकाको बारेमा यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछ । कारिन्दापन जीवनको एक भागसँग मात्र होइन, तर सम्पूर्ण जीवनसँग सम्बन्धित हुन्छ भनी तपाईंले पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरले चाहनुभएजस्तै गरी तपाईंले आफ्नो जीवनलाई कसरी व्यवस्थापन गर्न सक्‍नुहुन्छ त्यस बारेमा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । पहिलो कुरा, तपाईंको जीवनको निम्ति परमेश्‍वरको योजनाको बारेमा तपाईंले सिक्‍नुहुनेछ र दोस्रो कुरा, यस योजनाभित्र भएको तपाईंको भागको बारेमा पनि तपाईंले सिक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरका कारिन्दाहरूका रूपमा परमेश्‍वरले हामीलाई दिनुभएका कुराहरूलाई विश्‍वासयोग्यतासाथ व्यवस्थापन गर्ने ठूलो र गहन जिम्मेवारी हामीमा छ । हाम्रो व्यक्तित्वको सम्बन्धमा, हामी ख्रीष्‍टजस्तो नबनुञ्‍जेल हाम्रो जिम्मेवारीचाहिँ यसलाई सुरक्षा गर्नु र विकास गर्नु हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंको शरीरमाथि कारिन्दापनको अभ्यास कसरी गर्ने भन्‍ने कुरालाई तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । परमेश्‍वरको महिमाको निम्ति तपाईंको शरीरलाई कसरी प्रयोग गर्ने, यसलाई कसरी असल अवस्थामा राख्‍ने, र अरूहरूका सामु उचित ढङ्गमा यसलाई कसरी प्रस्तुत गर्ने भन्‍ने सम्बन्धमा यसमा तपाईंले उपयोगी निर्देशनहरू भेट्टाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंको समयको कसरी सदुपयोग गर्ने र परमेश्‍वरको महिमाको निम्ति तपाईंका खुबीहरूलाई तपाईंले कसरी पत्ता लगाउने, विकास गर्ने र प्रयोग गर्ने सम्बन्धमा यस पाठले तपाईंलाई केही धारणाहरू प्रदान गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंलाई अगुवाइ गर्ने सिद्धान्तहरूलाई, तपाईंमा हुनुपर्ने प्रवृत्तिलाई, र तपाईंका कर्तव्यहरू पूरा गर्नका लागि तपाईंलाई सहयोग गर्ने विधिहरूलाई यी पाठहरूले निर्धारण गरेका छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

ख्रीष्‍टियान सेवक वा विश्‍वासीका रूपमा, तपाईंको घरको असल कारिन्दा हुनका लागि तपाईंले के गर्नुपर्छ भन्‍ने कुरा तपाईंले जान्‍नुपर्छ । तपाईंको परिवारलाई कसरी चलाउने र परमेश्‍वरले चाहनुभए अनुसार तपाईंको घरलाई कसरी प्रयोग गर्ने भन्‍ने सम्बन्धमा तपाईंले सिक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

महान आज्ञा कार्यान्वयन गर्नका लागि तपाईंको मण्डलीका सदस्यहरूलाई तपाईंले कसरी परिचालन गर्नुपर्छ र तपाईंको मण्डलीको आर्थिक अवस्थालाई कसरी सुधार गर्ने भन्‍ने सम्बन्धमा तपाईंलाई यस पाठमा सुझाव दिइएको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

साक्षी, नागरिक, वा छिमेकीको रूपमा समुदायमा तपाईंले आफ्नो कारिन्दापनको अभ्यास गर्नका लागि अपनाउनु पर्ने विभिन्‍न तरीकाहरूलाई पत्ता लगाउन यस पाठले तपाईंलाई सहयोग गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon