मानिसहरू, कामहरू र लक्ष्यहरू

धेरैजसो सिक्‍ने कुरा दुई किसिममा हामीकहाँ आउँछः नमूनाहरूबाट र सिद्धान्तहरूबाट । यस पाठ्यपुस्तकमा लेखक विलिइ डेविसले नेतृत्वपनलाई दुवै पक्षबाट विश्‍लेषण गरी परमेश्‍वरका छानिएका धेरै अगुवाहरूका उदाहरणहरूलाई हेरेका छन् । अगुवापन वा नेतृत्वपनको मुख्य विषयवस्तुलाई प्रयोग गरी बाइबल अध्ययन गर्ने मौका विद्यार्थीहरूले प्राप्‍त गर्नेछन्, जहाँ उनीहरूले विभिन्‍न व्यक्तिहरूका जीवनलाई अध्ययन गर्नेछन् । मानव विकास र अगुवापनका अति उच्‍च सिद्धान्तहरूलाई सिक्‍नुभई, यी सिद्धान्तहरूलाई ख्रीष्‍टियान विश्‍वास र व्यवहारसँगको मिलापमा कसरी प्रयोग गर्न सकिन्छ सो पनि तपाईंले अध्ययन गर्नसक्‍नुहुनेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वर भक्त अगुवाहरूका कस्ता चरित्र हुन्छन् ? र परमेश्‍वरको योजनामा अगुवाको कस्तो स्थान रहन्छ ? यस पाठमा हामी बाइबलमा परमेश्‍वरका छानिएका अगुवाहरू र विभिन्‍न जीवन परिस्थितिहरूमा अगुवापनका बारेमा सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी मानव सम्बन्धहरूका केही सिद्धान्तहरूलाई अध्ययन गर्नेछौँ र असल नेतृत्वका लागि मानिसहरूका बारेमा हामीमा भएको भावना महत्वपूर्ण छ भन्‍ने कुरा हामी पत्ता लगाउनेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी परमेश्‍वरको मण्डली र अनन्तताको निम्ति उहाँको योजनाको संलग्‍नताको बारेका केही बाइबललीय उदाहरणहरू र सिद्धान्तहरूलाई विचार गर्नेछौँ जसले हामीलाई यस सम्बन्धमा स्पष्‍ट पार्नेछन् । ख्रीष्‍टियान अगुवाहरूका रूपमा हाम्रो आफ्नै वृद्धि र विकासको बारेमा पनि हामी अझै सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी राजा दाऊदको अगुवापनको उदाहरणको अध्ययन गरी आधुनिक अगुवापनमा हामीले सिकेका कुरालाई प्रयोग गर्नेछौँ । योजनाहरूलाई कसरी रूपरेखित गर्ने र विशेष परियोजनाहरूका निम्ति कार्यतालिकालाई कसरी तयार गर्ने भन्‍ने बारेमा पनि हामी सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अगुवाहरूले एक अर्कासँग कसरी सञ्‍चार गर्छन् भन्‍ने कुरा यहोशूको बाइबलीय विवरणले देखाउँछ । उनको उदाहरणद्वारा हामीले सञ्‍चारका महत्वपूर्ण सिद्धान्तहरू र अगुवाका रूपमा हामीले कसरी सुन्‍ने भन्‍ने बारेमा सिक्‍नेछौँ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी महान् अगुवा नहेम्याहका तरीकाहरूलाई विचार गर्नेछौँ । कसरी समस्याहरू समाधान गर्ने र निर्णयहरू बनाउने विषयमा उनीबाट र आधुनिक विद्वानहरूबाट हामी सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीले उद्देश्यहरू र लक्ष्यहरूको महत्व र स्वभावलाई बुझ्नका लागि सिक्‍नु आवश्यक छ । ती प्राप्‍त गर्नका लागि पनि जिम्मेवारी स्वीकार गर्न हामी इच्छुक हुनुपर्छ । यी सिद्धान्तहरूका जाँचमा हामीलाई अगुवाइ गर्ने बाइबल विवरणचाहिँ एस्तरको अध्ययन हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

उद्देश्यसाथ अगुवा हुनका लागि, हामीले मण्डलीको प्रक्रियालाई र परमेश्‍वरले हामीलाई दिनुभएका लक्ष्यहरूलाई प्राप्‍त गर्न कसरी योगदान गर्ने भन्‍ने बारेमा बुझ्नुपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

उत्प्रेरणाचाहिँ असल नेतृत्वपनको निम्ति साँचो हो । अगुवाहरू र अनुयायीहरू दुवैका निम्ति । स्थापित भएका उद्देश्यहरूलाई पूरा गर्नका लागि सहयोग गर्न के कुरालाई मानिसहरूलाई उत्प्रेरणा दिन्छ सो बुझ्न अति नै महत्वपूर्ण छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon