हामी अगमवक्ताहरूबाट सुन्छौं

यस पाठ्यपुस्तकका आठवटा पाठहरूले परमेश्‍वरका आठजना अगमवक्ताहरूका जीवन-परिवर्तनका अनुभवहरूलाई रेकर्ड गरेका छन् । यस पाठ्यपुस्तकको ध्यानपूर्वक अध्ययन र अगमवक्ताहरूका वचनप्रति भएको आज्ञाकारिताले परमेश्‍वरमा कसरी समर्पण गर्ने भन्‍ने बारेमा जान्‍न र परमेश्‍वरमा आफूलाई समर्पित गर्न मद्दत गर्नेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

नोआले परमेश्‍वरको आवाज सुने । यस पाठमा हामी नोआका अनुभवहरूका बारेमा छलफल गर्नेछौँ । किन पृथ्वीमाथि डरलाग्दो आँधी आयो, परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने बारेमा हामी सिक्‍नेछौँ । नोआको वरिपरि भएका सबैलाई विनाश गर्ने जलप्रलय हुँदा नोआ कसरी सुरक्षित रहे भन्‍ने बारेमा पनि हामी पत्ता लगाउनेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफैलाई कसरी परमेश्‍वरमा अर्पण गर्ने र उहाँले प्रतिज्ञा गर्नुभएका आशिषहरूलाई प्राप्‍त गर्ने भन्‍ने बारेमा तपाईंले अब्राहामका अनुभवहरूबाट सिक्‍नसक्‍नुहुनेछ । परमेश्‍वरले अब्राहामलाई उहाँके दास र मित्र हुनका लागि बोलाउनुभयो । परमेश्‍वरका इच्छा पछ्याउनेहरूलाई आशिष दिने उहाँको उहाँको योजनालाई कार्यान्वयन गर्नका लागि परमेश्‍वरले यसो गर्नुभयो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

दुष्‍ट संसारका बीचमा परमेश्‍वरले मानवजातिका निम्ति जुटाउनुहुन्छ भनी योसेफको जीवनबाट परमेश्‍वरले हामीलाई देखाउन चाहनुभएको थियो । प्रेम र समर्पणमा परमेश्‍वरमा भरोसा राख्‍न र उहाँका मार्गहरू पछ्याउनका लागि परमेश्‍वरले हामीलाई सिकाउन चाहनुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले सम्पूर्ण मानव इतिहासको एक अति रोचक र महत्वपूर्ण अध्यायलाई विचार गर्नेछौँ – परमेश्‍वरबाट प्रकाशको लिखित वचन प्राप्‍त गर्ने पहिला मानिस, मोशाको जीवन र काम ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कदमहरूका बारेमा दाऊदबाट सिक्‍नेछौँ । दाऊदले जस्तै हामी भन्‍नसक्छौँ, "मेरो प्राणले परमप्रभुमा मात्र विश्राम पाउनेछ ‑ मेरो उद्धार उहाँबाट मात्र आउँछ ।"

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी यशैयाबाट सुन्‍नेछौं । हाम्रा निम्ति उनको विशेष सन्देशचाहिँ यो हो: उद्धारचाहिँ हाम्रो आफ्नै बल र धार्मिक कर्तव्यहरू पूरा गरेर आउँदैन तर परमेश्‍वरीय अनुग्रह र शक्तिको आधारमा मात्र आउँछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बप्‍तिस्मा दिने यूहन्‍ना नरम मिजासका मानिस थिएनन् । उनी उजाडस्थानमा बस्‍ने कडा मिजासका मानिस थिए, उनले छालाका लुगाहरू लगाएका थिए र उनी कडा भाषामा बोल्ने गर्थे । तर पनि मानिसहरूका ह्रदयमा, तिनीहरूमा भोक र गहिरो चाहना थियो । तिनीहरूले प्रतिज्ञा गरिनुभएका मसिह, अभिषिक्त जन,आउनुहुने मुक्तिदाताको सुभसमाचार सुनेका थिए ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी उहाँको रहस्यको बारेमा सिक्छौं जसको नाउँ येशू थियो । हामी उहाँलाई उहाँका वचन, कार्यहरू, र प्रकट भएका सत्यताहरूद्वारा बोल्नदिन्छौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon