ख्रीष्‍टियान परिपक्‍वता

ख्रीष्‍टियान परिपक्‍वता ख्रीष्‍टमा भएका विश्‍वासीहरूका निम्ति सधैँ रहिरहने लक्ष्य हो र यो लक्ष्यचाहिँ "ख्रीष्‍टका पूर्णताको नापसम्म" (एफिसी ४:१३) पुग्‍नु हो । यस पाठ्यपुस्तकमा रिक हावार्डले सिकाएका छन् कि, हामी पूर्ण रूपमा ख्रीष्‍टजस्ता हुन नसके पनि, हाम्रो लक्ष्य यही हुनुपर्छ भनी बाइबलले जोड दिएको छ, किनकि सानो लक्ष्यभन्दा ठूलो लक्ष्य प्राप्‍त गर्नका लागि यसले हामीलाई सक्षम बनाउँछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरले मानवसँग वृद्धि भइरहेको सङ्गतिको चाहना गर्नुहुन्छ । मानवजातिले पनि यस सम्बन्धको इच्छा गर्छ र यसविना आफू हराएको महसूस गर्छ ।
तपाईंलाई सिकाउनका लागि पवित्र आत्माले यस पाठ्यपुस्तकलाई प्रयोग गर्नुहुँदा वृद्धि हुनका लागि यसले तपाईंलाई सहायता पुर्‍याउनेछ । अनि तपाईं वृद्धि हुनुहुँदा, परमेश्‍वरको परिवारमा भएका नयाँ अधिकारहरू र अझै महत्वपूर्ण कर्तव्यहरूमा तपाईं सचेत बन्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हाम्रा स्वर्गिक पिताले हाम्रो परिपक्‍वताको चाहना गर्नुभएको छ भन्‍ने कुरा हामीले देखिसकेका छौं र यसरी हामी उहाँसँग सङ्गति गर्नसक्छौँ । उहाँले हामीलाई आफ्नो स्वरूपमा सृष्‍टि गर्नुभएको उद्देश्यमा हामी वृद्धि हुनु र यसलाई पूरा गर्नु आवश्यक छ ।
"ख्रीष्‍टियान परिपक्‍वता कस्तो देखिन्छ त ?" भनी तपाईंले प्रश्‍न गर्नुहोला । यस पाठमा हाम्रो उद्देश्य पनि यही नै हो । हामीले दृष्‍टिगत गर्नसक्‍ने लक्ष्यहरूका आधारमा हामी ख्रीष्‍टियान परिपक्‍वतालाई स्पष्‍टरूपमा परिभाषित गर्न चाहन्छौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबलमा ख्रीष्‍टियान परिपक्‍वताको मुख्य उदाहरण ख्रीष्‍ट नै हुनुहुन्छ । हामी ख्रीष्‍टियानहरू येशू ख्रीष्‍टको स्वरूपमा निर्माण हुनुपर्छ । ख्रीष्‍टियान परिपक्‍वताको महत्वपूर्ण लक्ष्य यही नै हो ।
यस पाठमा हामी अरू धेरै उदाहरणहरूलाई अध्ययन गर्नेछौँ । यसमा परिवार, खेतीपाती, र भवन समावेश गरिनेछ । हाम्रो उद्देश्य ख्रीष्‍टियान परिपक्‍वताको धारणालाई जतिसक्दो स्पष्‍टरूपमा हेर्नु हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठको एक भागको उद्देश्य ख्रीष्‍टियान परिपक्‍वता ढीला हुन वा पूर्ण रूपमा रोकिन लगाउने थोकहरूलाई बाइबलका खण्डहरूबाट तपाईंलाई देखाउनु हो । यस पाठको अर्को भागमाचाहिँ आत्मिक वृद्धिमा सहायता पुर्‍याउने थोकहरूको सूची बनाइएको छ । यी कुराहरू जान्‍नाले ख्रीष्‍टमा भएको हाम्रो नयाँ जीवन वृद्धि हुनका लागि पवित्र आत्मासँग हामी मिलेर कम गर्नसक्छौँ । हामीले यस अध्ययनमा एकसाथ उत्साह र सहायता प्राप्‍त गर्नुपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आमा‑बाबु र शिक्षकहरूले वृद्धि हुनका लागि हामीलाई उत्साह दिन प्रायःजसो इनामहरूको प्रयोग गर्छन् । यी पुरस्कारहरूलाई प्रोत्साहनहरू भनिन्छ । प्रोत्साहन यस्तो थोक हो, जसले हामीलाई कार्यमा बढाउँछ । बाइबलले ख्रीष्‍टियान परिपक्‍वताका निम्ति जुटाइएका धेरै प्रोत्साहनहरू हामीलाई देखाएको छ । यी केही बाइबल इनामहरू तपाईंलाई परिचित गराउनका लागि यो पाठले उद्देश्य राखेको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफ्ना निम्ति पवित्र आत्माले राख्‍नुभएका शिक्षाहरूलाई प्राप्‍त गर्न परिपक्‍व ख्रीष्‍टियानहरू सक्षम हुन्छन् । यस शिक्षाले ख्रीष्‍टजस्तै उपयोगिताका लक्ष्यहरूमा अगुवाइ गर्छ। आफ्ना प्रभुको सामुन्‍ने आफूले लिनुपर्ने अन्तिम परीक्षाप्रति वृद्धि भइरहेका ख्रीष्‍टियान सचेत हुनैपर्छ । परिपक्‍व पारिवारिक जिम्मेवारीहरूको स्थानलाई प्राप्‍त गरिनुपर्छ । तर हामी यी लक्ष्यहरूलाई कसरी पूरा गर्न सक्छौँ त ? ती प्राप्‍त गर्नका लागि अपनाउनुपर्ने व्यवहारिक कदमहरूका बारेमा यस अध्यायले छलफल गरेको छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको वचनमा ख्रीष्‍टियानहरूका लागि धेरै महत्वपूर्ण सिद्धान्त सिकाइएको छः हामीले सिकेका कुरालाई हामीले स्थापित गर्नुपर्छ र त्यसपछि हामी अगाडि जानुपर्छ । हामीले घरिघरि उही पाठलाई उही पाठलाई दोहोर्‍याउनुहुँदैन । हाम्रो वृद्धिको बाल्यतामा नै हामी नबसौँ। हाम्रो ख्रीष्‍टियान अनुभवको आधारलाई सुरक्षित पार्नुपर्छ । तब, हामीले आधारभूत सत्यताहरूभन्दा अझै बढीमा निर्माण गर्न शुरू गर्नुपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

एकपल्ट कसैले सोधेका थिए, "ख्रीष्‍टियान भएकोमा यदि तपाईंलाई मुद्दा लागेको छ भने, के तपाईंलाई दोषी ठहर्‍याउनका निम्ति त्यहाँ पर्याप्‍त प्रमाणहरू पाइन्छन् ?" एक अर्थमा भन्‍ने हो भने सारा संसार नै न्यायभूमि हो । आफूले भनेको अनुसार ख्रीष्‍टियान जिएको छ वा छैन भन्‍ने कुरा अविश्‍वासीहरूले पनि पहिचान गर्छन् । यस पाठले परिपक्‍व ख्रीष्‍टियान जीवनको अति विश्‍वासिलो प्रमाणलाई छलफल गरेको छः विश्‍वासीको जीवनमा येशूको चरित्रको प्रदर्शन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

येशू ख्रीष्‍टका स्वरूपतर्फ चलायमान भएको विश्‍वासीमा विशेष प्रमाणहरू हुन्छन् । सर्वप्रथम, उसमा स्पष्‍ट पारिवारिक सम्बन्ध हुन्छ । उसले आफ्ना बानीहरू र प्रवृत्तिहरूमा येशू ख्रीष्‍टका चरित्रलाई झन्‑झन् ठूलो जिम्मेवारीलाई स्वीकार गर्नसक्‍ने क्षमता हासिल गर्छ ।
विश्‍वासीको काम परिपक्‍वताको दोस्रो र बराबरी स्पष्‍ट प्रमाण हो । वृद्धि भइरहेको विश्‍वासी उपयोगी विश्‍वासी हो। परिपक्‍वता बढ्दैजाँदा, विश्‍वासीले झन्‑झन् ठूलो जिम्मेवारीलाई स्वीकार गर्नसक्‍ने क्षमता हासिल गर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पृथ्वीमा आफ्नो जीवनमा येशू ख्रीष्‍टले प्राप्‍त गर्नुभएको स्तरद्वारा हामी आफैलाई जाँच गर्नु कठिनजस्तो देखिन्छ । खुशी हुनुहोस् ! परमेश्‍वरले हाम्रा निम्ति केवल स्तर मात्र निर्धारण गर्नुहुन्‍न तर लक्ष्यमा पुग्‍नका लागि उहाँले हामीलाई सहायता गर्नुहुन्छ । कमजोर मानिसहरूलाई लिएर तिनीहरूद्वारा परिवर्तनको आफ्नो शक्तिलाई देखाउनमा परमेश्‍वरले ठूलो आनन्द लिनुहुन्छ । येशू ख्रीष्‍टमा भएको हाम्रो बोलावटको महान् आशा यही नै हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon