हामी विश्‍वास गर्छौं

हामी के विश्‍वास गर्छौं र हामी किन विश्‍वास गर्छौं भन्‍ने प्रश्‍नहरूका जवाफ दिनका लागि परमेश्‍वरबाटको सिकाइले हामीलाई मद्दत गर्छ । यसरी, हामी जे विश्‍वास गर्छौं त्यही हुन्छौं । यस पाठ्यपुस्तकमा भएको मुख्य विषयवस्तु चुनौतीपूर्ण छन, यसका विषयवस्तुहरू बाइबललीय छन् र यसको नतीजाले तपाईंको बाँकी जीवनलाई प्रभाव पार्नेछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मानिसहरू पृथ्वीमै भए पनि समुद्रको बीचमा आँधिले हल्लाएझैं धेरै मानिसहरूले आफू नाश भएको अनुभव गरिराखेका हुन्छन् । तिनीहरू आफूले आफैलाई प्रश्‍न सोधिरहेका हुन्छन् । म कहाँ जाँदैछु ? के म हराएको छु ? के म कहिल्यै ठीक बाटो भेट्टाउँछु होला ? परमेश्‍वरले मानिसहरूका प्रश्‍नहरू सुन्‍नुभएर हाम्रो जीवनलाई अगुवाइ गर्नका निम्ति हाम्रो लागि पुस्तक दिइसक्‍नुभएको छ ।
उत्तरहरू खोज्नुभन्दा पहिले, हामी सबै मिलेर यस महान पुस्तकलाई हेरौं । यो कसरी लेखियो र यो कसरी हामीलाई दिइएको छ त्यसबारेमा हामी हेर्नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

एक प्रकारले भन्‍ने हो भने, परमेश्‍वरलाई हूरी‑बताससँग तुलना गर्न सकिन्छ । कोही व्यक्तिहरू उहाँसँग डराउँछन् र अरूहरूले उहाँलाई प्रेम गर्छन् ‑ यस बारेमा तिनीहरूलाई भनिएको र तिनीहरूले गर्ने कुरामा यो भरपर्छ ।
तपाईंले परमेश्‍वरलाई देख्‍न सक्‍नुहुन्‍न, तर उहाँले के गर्नुहुन्छ सो बारेमा तपाईंले अध्ययन गर्न सक्‍नुहुन्छ । पाठ १ मा हामीले सिकिसकेका छौं कि बाइबललेनै हामीलाई परमेश्‍वर, उहाँका गुणहरू, र मानवजातिसँग उहाँले गर्नुहुने व्यवहारको बारेमा बताउँछ । यस पाठमा बाइबलले परमेश्‍वरको बारेमा बताएको केही कुरालाई हामी हेर्नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीलाई थाहा छ कि काठबाट बनाइएको केटाको यो कथा एक दन्त्य कथा मात्र हो, तर परमेश्‍वरले मानिसको सृष्‍टि गर्नुहुँदा कस्तो अनुभव गर्नुभयो त्यसको एक सानो तस्वीर यसले हामीलाई दिन्छ । उहाँले मानिसलाई बडो सुन्दरतासाथ र उसलाई आफ्नै स्वतन्त्रताको इच्छाको शक्ति दिएर सृष्‍टि गर्नुभएको थियो ।
परमेश्‍वरले मानिसलाई बनाउनुभयो, तर काठमा खोपेर बनाउनुभएको होइन । उहाँले उसलाई कसरी बनाउनुभयो त ? मानिसमा परमेश्‍वरले के के गुणहरू हालिदिनुभयो ? अब हामी परमेश्‍वरले मानिसलाई कसरी बनाउनुभयो र उसलाई उहाँले के जिम्मेवारी दिनुभयो त्यसको बारेमा हेर्नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरले आदम र हव्वालाई सुन्दर बगैँचामा राखेर सबैथोकमाथि मालिक तुल्याउनुभएको थियो । एउटा रूख बाहेक सबै रूखको फल खाने अनुमति उहाँले तिनीहरूलाई दिनुभएको थियो । तिनीहरूको शत्रु शैतान आएर रूखको फल खानाले केही पनि हानी हुँदैन भनी तिनीहरूलाई फल खान लगायो । तिनीहरूले परमेश्‍वरको वचनको सट्टामा शैतानको कुरामाथि विश्‍वास गरे । परमेश्‍वरले मानिसलाई सिद्ध रूपमा सृष्‍टि गर्नुभएको थियो, तर आनाज्ञाकारिताको कारणले पाप उसको जीवनमा प्रवेश भयो । हामी पापलाई कसरी परिभाषित गर्नसक्छौं ? पापको दण्ड के हो ? के यसबाट छुटकारा पाउन सकिन्छ ? यस पाठले हामीलाई उत्तरहरू दिन्छन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

एक दिन मेरा साथीले मसँग धेरै प्रश्‍नहरू सोधे । येशू को हुनुहुन्छ ? एकै समयमा उहाँ कसरी परमेश्‍वर र मानव हुनसक्‍नुहुन्छ ? यदि उहाँ मर्नुभएको हो भने किन ख्रीष्‍टियानहरूले उहाँ जीवित हुनुहुन्छ भनी भन्छन् ? उहाँ अहिले के गर्दै हुनुहुन्छ ?
मैले यी प्रश्‍नहरूका सही जवाफ परमेश्‍वरको वचन बाइबलमा पाएँ । यस पाठमा हामी यिनै प्रश्‍नहरूलाई हेर्नेछौं र मेरा साथीले जान्‍न चाहेका उत्तरहरू भेट्टाउनेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा तपाईंले यी विषयहरूमा अध्ययन गर्नुहुनेछः उद्धारको परिभाषा, उद्धारमा प्रवेश, उद्धारका नतीजाहरू ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरका आत्मा कुनै एक देशमा वा कुनै एक जातिमा मात्र होइन, तर सारा विश्‍वभरिनै अनुभव गरिनुभएको छ । पेन्तिकोसको दिनमा पत्रुसले करीब १५ भाषा भाषीका मानिसहरूका अगाडि उभिएर प्रचार गरेका थिए । पाठ ६ मा हामीले उद्धारको बारेमा अध्ययन गरेका छौं । पवित्र आत्माको कामद्वारा हामी उद्धारमा ल्याइएका छौं भन्‍ने कुरा के तपाईंले थाहा पाउनुभयो ? अब हामी पवित्र आत्मा र हामीमा भएको उहाँको कामको बारेमा अध्ययन गर्नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डली भनेको विश्‍वासीहरू मिलेर बनेको समूह हो । यसलाई ख्रीष्‍टको शरीर पनि भनिन्छ । परमेश्‍वर आफ्ना आत्माद्वारा यी विश्‍वासीहरूका बीचमा बास गर्नुहुन्छ । पाठ ७ मा हामीले पवित्र आत्मा र उहाँका केही कामहरूका बारेमा अध्ययन गर्‍यौं । हामीले उल्लेख नगरेको एउटा कार्यचाहिँ उहाँले मण्डलीलाई एकतामा राख्‍नुहुन्छ भन्‍ने हो। यस पाठमा हामी मण्डली के हो, यसले के गर्नुपर्छ र यसलाई के हुनेछ भन्‍ने बारेमा अध्ययन गर्नेछौं । बाइबलले नै हामीलाई यस विषयमा ठीक उत्तर दिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठमा हामी दुष्‍ट आत्माका शक्तिहरू र हामी ख्रीष्‍टमा भएका विश्‍वासीहरूलाई परमेश्‍वरको सुरक्षाको बारेमा सिक्‍नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबल मात्र साँचो भविष्यवाणीहरूको मुहान् हो । हामीले थाहा पाउनुपर्ने सबै कुरा परमेश्‍वरले आफ्नो वचनद्वारा दिनुभएको छ । हामीले हाम्रो भविष्यको लागि चीना वा राशि हर्नुपर्दैन । वास्तवमा भन्‍ने हो भने, यस्ता खालका जादु मन्तरलाई परमेश्‍वरले मनाही गर्नुभएको छ ।
यदि तपाईंले आफ्नो भविष्यको बारेमा अचम्म मान्‍नुभएको छ र येशू फेरि फर्केर यस संसारमा आउनुहुँदा के हुन्छ भनी तपाईंलाई तुलबुल लागेको छ भने, यस पाठ अध्ययन गर्नमा तपाईं बडो इच्छुक हुनुहुन्छ होला ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

भविष्यमा के गर्नुपर्छ भन्‍ने बारेमा हामीले पाठ १० मा नै अध्ययन गरिसक्यौँ र हामीले अहिले के गर्नुपर्छ भन्‍ने बारेमा हामी यस पाठमा अध्ययन गर्छौं । परमेश्‍वरले दश आज्ञाहरू ढुङ्गाका दुई पाटीहरूमा लेख्‍नुभयो र आफ्ना मानिसहरूका निम्ति भनी इस्राएलीहरूका महान अगुवा मोशालाई दिनुभयो । तिनीहरू प्राचीन व्यवस्था (नियम) हरू भए पनि, आज पनि प्रयोग गर्न सकिन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

ख्रीष्‍टियान विश्‍वासीहरूका रूपमा परमेश्‍वरलाई प्रेम गर्नु हाम्रो मुख्य जिम्मेवारी हो भन्‍ने कुरा हामीले सिक्यौं । पाठ ११ मा हामीले अध्ययन गरिसक्यौँ कि हामीले परमेश्‍वरलाई प्रेम गरेका हुनाले हामी उहाँका आज्ञाहरू पालन गर्छौं । त्यसकारण परमेश्‍वरसँग भएको हाम्रो सम्बन्ध प्रेमको सम्बन्ध हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

विश्‍वासीहरूका निम्ति भएका परमेश्‍वरका वरदानहरूका बारेमा १३ अध्याय अगि र पछिका अध्यायहरू दुर्घटनासाथ त्यहाँ राखिएका छैनन् । प्रेममा भएको अध्यायलाई वरदानहरूका अध्यायहरूमा मिलाइएको छ किनकि प्रेम गर्ने र दिने कुरा एकसाथ जान्छ ।
परमेश्‍वरका निम्ति हाम्रो प्रेम देखाउने एक तरीकाचाहिँ अरूहरूलाई प्रेम गर्नु र सहयोग गर्नु हो । अरूहरूसँगको हाम्रो सम्बन्धको बारेमा परमेश्‍वरको वचनले के भन्छ सो हामी हेरौँ । यस पाठमा तपाईंले तपाईंका सम्बन्धहरूका बारेमा अध्ययन गर्नुहुनेछः हामी माथिकाहरू, हाम्रा वरिपरिकाहरू, हाम्रा विरूद्धकाहरू ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामी आफैप्रति कसरी ऋणी छौं भन्‍ने कुरा बुझ्न यस अध्यायले हामीलाई सहायता गर्छ । समय र अनन्ततामा हाम्रा जीवनलाई गन्‍न लगाउनुहुने परमेश्‍वरमा हामी कसरी आज्ञाकारी हुनसक्छौं भनी जान्‍न पनि यसले सहायता गर्छ । आफैलाई इन्कार गर्ने र शुद्ध राख्‍ने सम्बन्धको महत्वलाई पनि तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मानिसहरू बलिया ख्रीष्‍टियानहरू भएर जन्मेका होइनन् तर तिनीहरूले परमेश्‍वरलाई आफ्ना जीवनमा काम गर्न दिन्छन् र लामो समयको अवधिमा ख्रीष्‍टको जस्तो चरित्र तिनीहरूमा निर्माण हुन्छ । सबै रूखहरूले जस्तै तिनीहरूले पनि आफ्ना जराहरूलाई गहिर्‍याउँछन् र हूरी बतासले तिनीहरूलाई ढाल्न सक्दैन ।
के तपाईं पनि परमेश्‍वरमा भरोसा गर्ने र सबै अवस्थाहरूमा स्थिर रहनसक्‍ने व्यक्तिको रूपमा वृद्धि हुन चाहनुहुन्छ ? हामी आफूले अध्ययन गरिसकेका कुराहरूलाई प्रयोग गरी व्यवहारमा लगाउनसक्छौं र रूखजस्तै गरी हामी अग्लो भई बढ्नसक्छौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफू पिताकहाँ फर्केर जानुभएपछि शान्तिदाता अर्थात् पवित्र आत्मा पठाउँछु भनी येशूले प्रतिज्ञा गर्नुभएको थियो । पेन्तिकोसको दिनमा पवित्र आत्मा मण्डलीमा आउनुभयो । यो घटनालाई हामी प्रेरित २ अध्यायमा देख्‍नसक्छौं । त्यसपछि अब हरेक विश्‍वासीले आत्माले भरिएको जीवन जिउन सम्भव जिउन सम्भव छ ।
आत्माले भरिएको जीवन के हो भन्‍ने विषयमा हामी यस पाठमा अध्ययन गर्नेछौं । पवित्र आत्माले भरिएको व्यक्तिमा कत्ति ठूलो आशिष् आउँछ भन्‍ने बारेमा पनि हामी केही सिक्‍नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon