प्रभु येशू ख्रीष्‍टका जीवनमा विशेषताहरू

प्रभु येशू ख्रीष्‍टको जीवन र सेवासँग सम्बन्धित यी छवटा पाठहरूले उहाँको जन्मदेखि पुनरूत्थानको घटनालाई प्रस्तुत गरेको छ ।

प्रभु येशू ख्रीष्‍टका जीवनमा विशेषताहरूसम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अनन्त आनन्द कल्पनागर्ने कुरा मात्र होइन । परमेश्‍वरले तपाईंलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना पुत्र येशू ख्रीष्‍टलाई तपाईंका मित्र हुनका लागि पठाउनुभयो । जसले प्रभु येशू ख्रीष्‍टलाई विश्‍वास गरेर उहाँलाई ग्रहण गर्दछ उसले अनन्त जीवन पाउँछ ।

पाठ १: येशू ख्रीष्‍ट ‑ परमेश्‍वरका महान वरदान icon

करीब १५,००० मानिसहरूको बसोबास भएको गालील प्रदेशको नासरत सहरमा येशू हुर्कनुभयो । यो ठाउँ यरूशलेम र टुरोस र सिदोनकको समुद्रको बीचमा पर्ने ठूलो राजमार्गको बिसौनी थियो । त्यहाँ दुष्‍टता र अपराध धेरै भएकाले "के कुनै असल कुरा नासरतबाट आउनसक्छ ?" भनी मानिसहरूले प्रश्‍नगर्थे । येशूले त्यहाँ पाप देख्‍नुभयो: परमेश्‍वरको विरूद्धको स्वार्थ, भ्रष्‍टता, निर्दयता, र विद्रोह । मानिसहरू पापका कमाराकमारी भएका छन् भनी उहाँले देख्‍नुभयो ।

पाठ २: येशू ख्रीष्‍ट ‑ महान गुरू icon

मोशा एक महान अगमवक्ता र अगुवा थिए । उनले आफ्ना जनहरूलाई दासत्वबाट छुटाएर परमेश्‍वरको व्यवस्था दिए। परमेश्‍वरले मोशालाई दर्शन दिनुभएको थियो, कि ख्रीष्‍ट पनि अगमवक्ता भएर मानिसहरूलाई परमेश्‍वरको वचन दिनुहुनेछ । उहाँले मानिसहरूलाई पापको दासत्वबाट छुटाउनुहुनेछ । उहाँ तिनीहरूका जीवनका राजा हुनुहुन्छ र उहाँले तिनीहरूका जीवनका निम्ति नयाँ करार (नियम) दिनुहुनेछ ।

पाठ ३: येशू ख्रीष्‍ट ‑ अगमवक्ता र राजा icon

आफ्नो सम्पत्तिलाई छोड्ने दुईवटा उपायहरू मात्र थिए ‑ इच्छापत्र लेखेर वा मालिक जिउँदै छँदा सन्तानलाई सम्पत्ति दिएर । कान्छो छोराचाहिँ परदेश गएर आफ्नै खुशीले जीवन बिताई मोजमज्‍जा गर्ने सुरमा थियो । ऊ आफ्ना मित्रहरू आफै चुन्‍न चाहन्थ्यो । बाबु र दाजुले अह्राएका कुरा ऊ गर्न चाहँदैनथ्यो । यसकारण पिताले उसको भागमा पर्ने सम्पत्ति जति सबै दिए, त्यसपछि उसले घर छोड्यो ।

पाठ ४: क्षमा सम्बन्धी येशू ख्रीष्‍टको शिक्षा icon

मुख्य धार्मिक अगुवाहरू येशू ख्रीष्‍टको विरोधमा थिए, किनकि उहाँ तिनीहरूका पापका विरूद्ध प्रचार गर्नुहुन्थ्यो । भीड उहाँको पछि लागेको देख्दा तिनीहरू डाहाले भरिन्थे । तिनीहरूले येशू ख्रीष्‍टलाई पक्रने र उहाँमाथि विद्रोहको दोष लगाएर मृत्युसम्मै पुर्‍याउने निश्‍चय गरे । तर उहाँलाई खुल्लमखुला पक्रियो भने सारा भीड उहाँतर्फ लाग्‍नेछ भनी तिनीहरू डराउँथे । यसकारण तिनीहरूलाई राती येशूकहाँ लगिदिनका निम्ति उहाँको एक चेला, यहूदा इस्करियोतलाई घूस दिए ।

पाठ ५: येशू ख्रीष्‍ट हाम्रा सट्टामा मर्नुभयो icon

धार्मिक अगुवाहरू र येशू ख्रीष्‍टलाई गोप्य रूपमा विश्‍वास गर्ने निकोदेमस र अरिमथियाका योसेफले पिलातसलाई येशूको लास लगेर चिहानमा राख्‍नलाई पाऊँ भनी विन्ति गरे । प्रभु येशू मरिसक्‍नुभयो भनी तिनीहरूले थाहा पाए, किनकि एउटा सिपाहीले निश्‍चय पाउनलाई उहाँको कोखामा भालाले घोचेको थियो । तिनीहरूले येशूको लाश सुती कपडमा बेह्रे र नयाँ चिहानभित्र राखे र चिहानको ढोकामा ठूलो ढुङ्गो गुडाइदिए । निकोदेमसलाई प्रभु येशूले भन्‍नुभएको वचनको सम्झना आयो: "उहाँलाई अवश्य नै क्रूसमा झुण्ड्याइनेछ"।

पाठ ६: येशू ख्रीष्‍ट जीवित प्रभु icon