शिक्षण सेवा

शिक्षण सेवाचाहिँ सानो ढुङ्गालाई पानीले भरिएको पोखरीमा फाल्नुजस्तो हो । जब हामी एक जनालाई सिकाउँछौँ र तिनीहरूले अरूहरूलाई सिकाउँछन्, नतीजाहरूचाहिँ पानीका लहरजस्तै हुन्छन् र हाम्रा वरिपरि पुग्छन् । मार्जोरी स्टेवार्टद्वारा लिखित यो पाठ्यपुस्तकले दुवै उत्पादनशील र इनामपूर्ण शिक्षण सेवा कसरी हुनसक्छ भन्‍ने कुरालाई नमूनित गर्न सहयोग गर्छ । येशूले आफ्ना चेलाहरूलाई यो आज्ञा दिनुभयो, "...सबै देशका जातिहरूलाई चेला बनाओ...मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ...।" मण्डलीले यो आज्ञालाई कार्यान्वयन गर्नुपर्नेहुन्छ ।

परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईं शिक्षक हुनुभएको परमेश्‍वरले चाहनुहुन्छ भन्‍ने कुरा के तपाईंलाई थाहा छ ? तपाईंले सिकाएको किन परमेश्‍वर चाहनुहुन्छ र सेवाको रूपमा कसरी सिकाउन सकिन्छ भन्‍ने कुरा तपाईंले सिक्‍नुहुनेछ ।
हाम्रो पहिलो पाठमा हामी मत्ती २८:१९‑२० लाई हेर्नेछौँ । परमेश्‍वरको बारेमा मानिसहरूलाई थाहा गराउनको निम्ति परमेश्‍वरले प्रयोग गर्नुहुने तरीकाहरूमध्ये ख्रीष्‍टियान शिक्षण पनि एक तरीका हो भन्‍ने कुरा हामीले यस पाठमा देख्‍नेछौँ । ख्रीष्‍टियान शिक्षकहरू बन्‍नका लागि उहाँले हामीलाई सहायता गर्नुहुन्छ, यसरी सत्यता प्राप्‍त गर्नको निम्ति हामी अरूहरूलाई सहयोग पुर्‍याउन सक्छौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबलमा भएको शिक्षणको इतिहासलाई हामी यस पाठमा हेर्नेछौँ । पुरानो करारमा भएका मानिसहरूका जीवनमा पनि शिक्षण महत्वपूर्ण थियो । शिक्षण सेवा नयाँ करारभरिनै पाउन सकिन्छ ।
बाइबल समयमा भएका मानिसहरूलाई जतिकै आज पनि हामीलाई परमेश्‍वरको वचन सिकाइनु आवश्यक छ । मानिसहरूका ह्रदयहरू पापपूर्ण छन् र तिनीहरूको एक मात्र आशाचाहिँ परमेश्‍वरको सन्देश सुन्‍नु हो । यस सन्देशका सिकारूहरू बनेर हामी अरूहरूका लागि उदाहरणहरू हुनसक्छौँ । तब अरूहरूलाई सिकाउनका लागि हामी इच्छुक हुनैपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामी किन सिकाउँछौँ भन्‍ने कुरालाई हामी यस पाठमा हेर्नेछौँ । प्रत्येक व्यक्तिलाई सिकाइनु आवश्यक पर्छ । तर प्रत्येक व्यक्तिलाई त्यही कुरा त्यही समयमा नै सिकाइनुचाहिँ आवश्यक पर्दैन । कसैलाई उद्धारको योजनाको बारेमा सिक्‍नु आवश्यक पर्छ । ख्रीष्‍टियानका रूपमा वृद्धि हुनका लागि अरूहरूलाईचाहिँ सिकाइनु आवश्यक पर्छ ।
हामीले सबैले शिक्षकबाट सिक्‍नु आवश्यक छ र सिकाउनको निम्ति हामी सबैलाई आज्ञा गरिएको छ । शिक्षण सेवामा आत्मिक सत्यताहरू दिने र प्राप्‍त गर्ने दुवै कुराहरू संगल्न भएको हुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

प्रत्येक व्यक्तिलाई शिक्षणको आवश्यकता पर्छ । सबै मानिसका सृष्‍टिकर्ता, परमेश्‍वर प्रत्येक व्यक्तिले उहाँलाई चिनेको र उहाँलाई प्रेम गरेको चाहनुहुन्छ । ख्रीष्‍टियान शिक्षणको सम्मबन्धमा जति धेरै हामी सिक्छौँ, हामी त्यति नै असल शिक्षकहरू बन्छौँ । हामीले चाहिँ सिकाउने इच्छा गर्नैपर्छ, यसरी जवानहरू र बयस्कहरूको जीवन परिवर्तन हुनेछ । तपाईंले चिन्‍नुभएको प्रत्येक व्यक्तिको आवश्यकता बुझ्नका लागि प्रभुले सहायता गर्नुभएको होस् भनी प्रार्थना गर्नुहोस् । प्रभुका निम्ति शिक्षक बन्‍नका लागि यो पहिलो कदम हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

प्रत्येक व्यक्तिले किन सिकाउनसक्छ र सिकाउनैपर्छ भन्‍ने सम्बन्धमा तपाईंले यस पाठमा हेर्नुहुनेछ । हामी सिकाउन सक्दैनौँ भनी हामी भन्‍न सक्दैनौँ । यो परमेश्‍वरको योजना हो र यो पूरा गर्नका लागि उहाँले हामीलाई सहायता गर्नुहुनेछ । यदि तपाईं परमेश्‍वरको योजना पालन गर्नका लागि इच्छुक हुनुहुन्छ भने, तपाईंले परमेश्‍वरको आनन्द प्राप्‍त गर्नुहुनेछ । जीवनमा सबैभन्दा ठूलो आनन्दचाहिँ कोही व्यक्तिको जीवनको निम्ति परमेश्‍वरको इच्छा पत्ता लगाउनका लागि उसलाई सहयोग पुर्‍याउनु हो । तपाईंले यो गर्न सक्‍नुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंको आफ्नै घरमा तपाईंले सिकाउन सक्‍ने दुई किसिमका मानिसहरूका बारेमा यस पाठमा हामी अध्ययन गर्नेछौँ । यस शिक्षणले तपाईंले पहिले कहिल्यै थाहा नपाउनुभएको ठूलो आनन्द तपाईंलाई दिनेछ । यस पाठको अध्ययनपछि, शिक्षणका यी विभिन्‍न तरीकाहरूलाई तपाईंले कोशिश गर्नुहुनेछ भन्‍ने कुरामा म आशावादी छु ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

सिकाउनका लागि तयारी गर्नु भनेको बगैँचालाई खनजोत गरी तयार गर्नुजस्तै हो । ठीक सन्देशलाई छानिन्छ, र यसलाई पाठको रूपमा तयार पारिन्छ । कक्षाको समयमा शिक्षकले परमेश्‍वरको वचनको बीउलाई विद्यार्थीहरूका ह्रदयमा रोप्छन् ।
एउटै कारणको निम्ति भएको शिक्षणमा यी सबै कामहरूको लगानी गरिन्छ । त्योचाहिँ विद्यार्थीले येशू ख्रीष्‍टमा पूर्ण जीवन प्राप्‍त गरेको देख्‍नु हो । तिनीहरूका निम्ति भएको परमेश्‍वरको योजनाअनुसार जिउनका लागि आफूले सिकाएअनुसार तिनीहरूले जिएको देख्‍न पाउँदा शिक्षकलाई अति नै आनन्द लाग्‍नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हाम्रो आत्मिक "खाना" स्वादिष्‍ट भएको हामी चाहन्छौँ । हामी यस्तो किसिमले सिकाउन चाहन्छौँ कि, सिकारूले हामीले भनेका कुराहरूमा चासो लगाउनेछन् र उनी आत्मिक रूपमा वृद्धि पनि हुनेछन् । त्यसैले हामीले सिकाउँदा ठीक किसमका प्रणालीहरूलाई प्रयोग गर्न आवश्यक छ ।
प्रणालीहरू ती आफैमा नता आत्मिक न अनात्मिक नै हुन्छन्। तर आत्मिक सत्यताहरू सिकाउनका लागि तिनीहरूले हाम्रा निम्ति सम्भव तुल्याइदिन्छन्, यसरी सबै उमेरका मानिसहरूले ती आत्मिक सत्यताहरूलाई बुझ्न र ग्रहण गर्न सक्छन् । परमेश्‍वरको वचनबाट ती अचम्मका सत्यताहरू तपाईंले सिकाउनुहुँदा सबैभन्दा उत्तम प्रणालीहरूलाई प्रयोग गर्नुहोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको सत्यता सिकाउने अधिकार येशूसँग थियो । उहाँले सिकाउनुहुँदा यस अधिकारलाई देखाउनुभयो । उहाँसँग लक्ष्य पनि थियो र यस लक्ष्यमा पुग्‍नका निम्ति प्रणालीहरू पनि थिए । पछ्याउनका लागि हाम्रो निम्ति उहाँले यही उदाहरण दिनुभएको छ ।
तपाईंले यस अन्तिम पाठ अध्ययन गर्नुहुँदा, येशूबाट सिक्‍नका लागि उहाँले तपाईंलाई सहायता गर्नुभएको होस् । तपाईंले सिकाउन सक्‍ने कोही व्यक्तिकहाँ यस हप्‍ता जानका लागि उहाँले तपाईंलाई अगुवाइ गर्नुभएको होस् । ती व्यक्तिलाई सिकाउनका लागि सबैभन्दा उत्तम प्रणालीको प्रयोग गर्नुहोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon