मण्डलीहरूले के गर्छन्

मण्डलीहरूका उद्देश्य के हुन् र किन मानिसहरू मण्डलीमा जान्छन् ? बप्‍तिस्मा लिनु भनेको के हो ? एक विश्‍वासीले किन प्रभुभोज लिनुपर्छ ? बालबालिकाहरूलाई अर्पण गर्नु के बाइबलमा आधारित कुरा हो ? मण्डलीका बारेमा घरिघरि सोधिने यी प्रश्‍नलाई यस पुस्तकाका लेखक रबर्ट र इवेलिन बोल्टनले उत्तर दिनुहुनेछ । मण्डलीहरूले के गर्छन् र किन गर्छन् भन्‍ने कुराको बाइबलीय आधारलाई चित्रण गर्नका लागि प्रभुमा भर्खरै आएकी मरियम र तिनका प्रेमी तिमोथीका अनुभवहरूलाई पुस्तकभरिनै समेटिएको छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डली भवनलाई कहिलेकहीँ "आराधनाको घर" भनिन्छ । यो भनाइ उचित नै छ, किनकि यसको काम एकैसाथ प्रभुलाई आराधना गर्न मानिसहरूका लागि स्थान उपलब्ध गराउनु हो । स्वर्गमा हुनुहुने हाम्रा पिताले हाम्रो आराधना चाहनुहुन्छ भनी येशूले सिकाउनुभयो । स्वर्गमा सबै दूतगणहरूले उहाँलाई निरन्तररूपमा प्रशंसा गरिरहेका भए तापनि उहाँ हाम्रो आराधना चाहनुहुन्छ, किनकि यसले हामीलाई उहाँसँगको सङ्गतिमा ल्याउँछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डलीहरूमा पवित्र आत्माको काम अनन्त ऋतुको सुन्दरताजस्तै हो ! मानिसहरूका समुदायले उहाँको काममा आफैलाई समर्पण गर्छन्, उहाँले तिनीहरूलाई नयाँ जीवन र उज्‍ज्वलता दिएर पुनर्जीवित पार्नुहुन्छ । अविश्‍वासीहरूले "पवित्र आत्माको कामद्वारा आत्मिक जन्म प्राप्‍त गर्छन्" (यूहन्‍ना ३:६) ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


परमेश्‍वरको वचनको अधिकारलाई ग्रहणगर्ने मण्डलीहरूमा यस वचनलाई महत्वपूर्ण स्थान दिइन्छ । यी मण्डलीहरूका पास्टरहरूले विश्‍वासयोग्यताकासाथ मानिसहरूलाई परमेश्‍वरको वचनको सन्देश प्रचार गर्छन् । तिनीहरूका उपदेशहरू यसका सत्यताहरूले भरिएका हुन्छन् ।
प्रचार गरिएको सन्देशको बारेमा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ । यो सन्देश किन प्रचार गरिएको छ र यसमा प्रतिउत्तर दिनेहरूका जीवनमा यसको प्रभावको सम्बन्धमा पनि तपाईंले पत्ता लगाउनुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अरू कुनै पनि पुस्तकभन्दा बाइबलको बारेमा धेरै लेखिएको छ । लेखिने कामहरू अन्त्य हुन्छजस्तो देखिँदैन । बाइबलका सत्यताहरू कहिल्यै पनि पुराना हुँदैनन् ‑ तिनीहरू कहिल्यै सकिने वा नाश हुने हुँदैनन् । तपाईं जीवनभरि रहने बाइबल अध्ययनमा प्रवेश गर्नुहुँदा, तपाईंले पवित्रशास्त्रको खानीमा सुन, चाँदी, र बहुमूल्य पत्थरहरू प्राप्‍त गर्नुहुनेछ । खन्‍न लायकको सम्पत्ति यसमा संलग्‍न छ !

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले तपाईंलाई सहायता पुर्‍याउनेछः प्रभुभोजमा प्रयोग गरिएको रोटी र कचौराको चिन्हलाई व्याख्या गर्न, प्रभुभोजको महत्व र उद्देश्यलाई बुझ्न, प्रभुभोजको अर्थप्रति कृतज्ञ भई यसमा सहभागी हुन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामी एक‑अर्काका लागि सहायता, सामर्थ्य, र आनन्द हुनसकौँ भनी परमेश्‍वरले सङ्गतिको सृजना गर्नुभएको हो । स्थानीय मण्डलीका कामहरूमध्ये यो पनि एक महत्वपूर्ण काम हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डलीहरूले विभिन्‍न विधिहरू र अर्थपूर्ण पर्वहरूका उत्सव मनाउँछन् । तपाईंले सुन्दर विवाह कार्यक्रम, अति प्रभावकारी बाल अर्पण, वा प्रभुको उपस्थितिमा पुगेका मण्डली सदस्यको दुःखदायी तर आशापूर्ण अन्तेष्‍टिमा भाग लिनुभएको होला । ख्रीष्‍टमस, गुड फ्राइडे, इस्टर र धन्यवाद ज्ञापन र अन्य महत्वपूर्ण पर्वहरू मण्डलीमा उत्सव मनाइने केही पर्वहरू हुन् । यी र अन्य विधि र पर्वहरू प्रभुका स्मरणमा गरिनुपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

भजनसंग्रह १:३ ले परमप्रभुको आज्ञा पालन गर्नेहरूलाई खोलाको किनारमा रोपेको र आफ्नो ऋतुमा फलदिने बोटसँग तुलना गरेको छ । ख्रीष्‍टले मण्डलीलाई यस संसारमा स्थापना गर्नुको उद्देश्य यसको श्रेष्‍ठतामा रमाउन मात्र होइन, तर आवश्यकताहरू पूरा गर्नका लागि हो । योचाहिँ जरा गाडिएको, जीवनको पानीको गहिराइमा वृद्धि भएको, हाँगामा लटरम्म फूल फुलेर फल लागेको रूखजस्तो हुनु हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon