विवाह र घर

धेरै जवान दम्पत्तिहरूले विवाहको तयारीको निम्ति यस पाठ्यपुस्तकलाई अध्ययन गर्छन् र आनन्दित घर निर्माण गर्नका लागि यसमा महत्वपूर्ण सिद्धान्तहरू भेट्टाउँछन् । तिनीहरूले रेक्स ज्यकसनद्वारा लिखित यो पुस्तकलाई अध्ययन गर्दा परिवारमा उचित सम्बन्धहरूका आधारभूत सिद्धान्तहरू सिक्दा परिवारका सदस्यहरू एक अर्काप्रति कृतज्ञ हुनका लागि सिक्‍नेछन् । परमेश्‍वरले नै वैवाहिक जीवन स्थापित गर्नुभयो र परिवारचाहिँ समाजको एक महत्वपूर्ण ढुङ्गा हो । बलियो पारिवारिक इकाइविना, परमेश्‍वरले चाहनुभएकोजस्तो मण्डली हुनसक्दैन । यस पाठ्यपुस्तकले विवाह र घरका सबै पक्षहरूलाई समेटछ र मण्डली अडिनका लागि परिवारलाई बलियो बनाउँछ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरीय सिद्धान्तहरूका आधारमा सम्पन्‍न गरिएको विवाहले आफ्नो मण्डलीसँग भएको ख्रीष्‍टको सम्बन्धको बारेमा कसरी प्रकट गरेको छ सो तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । परमेश्‍वरको वचनमा दिइएको तरीका र निर्देशनअनुसार सम्पन्‍न गरिएको विवाह नै असल र प्रभावकारी विवाह हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


परमेश्‍वरले ठीक र बेठीक स्तर दिनुको कारण आफ्ना छोराछोरीहरूलाई योग्य र पूर्ण जीवन जिउन सक्‍ने बनाउनको लागि हो । BR> परमेश्‍वरको व्यवस्थालाई हलुको किसिमले लिनेहरू परमेश्‍वरको भण्डारमा रहेको महान् आनन्दबाट कसरी बञ्‍चित भएका छन्, सो विषयमा हामी यस पाठमा अध्ययन गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

प्रार्थना र विवाहका सम्बन्धमा बाइबलले भनेका कुरालाई इमानदारीसाथ हेरेकाले धेरै जवान‑जवानीहरूले आफैलाई दुःखदायिक बनाइबाट बचाएका छन् । जीवनप्रति अर्को व्यक्तिको प्रवृत्ति, हेराइ, र बानीबेहोरालाई विचार गर्नुपर्छ भन्‍ने महत्वपूर्णतालाई हामी यस पाठमा पत्ता लगाउनेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

आफ्नो बीचमा मतभेद उत्पन्‍न हुनसक्छ भन्‍ने कुरा प्रेममा भएका व्यक्तिहरूले विचारै गरेका हुँदैनन् । विवाह हुनुभन्दा पहिल्यै यस्ता कुराहरू पत्ता लगाई समाधान गर्ने कोशिश गरिनुपर्छ । दम्पत्तिहरूले विवाहका निम्ति आफैलाई कसरी तयार गर्छन्, तिनीहरूले एक‑अर्कालाई अझै राम्रोसँग कसरी चिन्‍न सक्छन् र मगनीको अवधिमा तिनीहरूले आफ्नो जीवनबाट कसरी परमेश्‍वरको महिमा गर्न सक्छन् भन्‍ने विषयमा हामी यस पाठमा सिक्‍नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


पति र पत्‍नीका रूपमा दुई व्यक्तिहरूले एकैसाथ जीवन शुरू गरेपछि, धेरै सामञ्‍जस्यको आवश्यकता पर्छ भन्‍ने कुरा तिनीहरूले छिट्टै पत्ता लगाउँछन् ।
आफू जिएको उद्देश्य पूरा गर्ने किसिमको घरको बारेमा हामी यस पाठमा अध्ययन गर्नेछौँ । विवाहित दम्पत्तिले सामना गर्नुपर्ने सामञ्‍जस्य र उत्पन्‍न भएका समस्याहरूलाई समाधान गर्ने तरीकाहरूका बारेमा हामी यहाँ विचार गर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


पतिको कामलाई बाइबलमा ख्रीष्‍टको प्रेम र मण्डलीको निम्ति भएको सरोकार‑स्वबलिदान र संरक्षणको कार्यसँग तुलना गरिएको छ । ख्रीष्‍टले हामीलाई जस्तो भएको चाहनुहुन्छ सो गुण हामीमा देख्‍नुहुन्छ, तर हामी जस्ता छौँ, त्यस्तै नै उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र स्वीकार्नुहुन्छ ।
प्रत्येक ख्रीष्‍टियान पतिको आफ्नै सपना र उद्देश्यहरू हुन्छन् र आनन्दित परिवारमा यी कुरा भएको ऊ देख्‍न चाहन्छ । परमेश्‍वरले आफूलाई दिनुभएको कार्यलाई पूरा गर्ने क्रममा एक व्यक्तिले घरलाई कसरी सुरक्षित राख्‍नसक्छ भन्‍ने सम्बन्धमा यस पाठमा तपाईंले अध्ययन गर्नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


पाठ ७: पत्‍नीको कर्तव्य
पत्‍नीको जिम्मेवारी ठूलो छ भनी थाहा गर्ने र परमेश्‍वरले चाहनुभएकीजस्तै पत्‍नी हुन तयारी हुने स्त्री बुद्धिमानी हुन् ।
स्त्रीले आफ्नो जीवनमा आफ्ना पतिलाई ठीक स्थान दिनु भनेको के हो ‑ परमेश्‍वरले उनलाई ‌ओगट्न लगाउनुभएको स्थान ‑ र यसो गर्नाले परिवारमा यसको स्थिर प्रभाव हुन्छ भन्‍ने विषयमा हामी यस पाठमा अध्ययन गर्नेछौँ । a

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


बालकले सिक्‍नसक्‍ने सबैभन्दा महत्वपूर्ण पाठचाहिँ अधिकारलाई आदर गर्नु हो । अनि यो पाठचाहिँ घरमा शुरू हुन्छ ।
छोराछोरीहरूले आज्ञाकारिता सिक्‍नुपर्ने कारणहरूलाई हामी यस पाठमा विचार गर्नेछौँ । अधिकारलाई आदर गर्न सिक्‍ने र अधिकारलाई आदर नगर्नेहरूका जीवनमा पर्ने केही दीर्घकालिन प्रभावहरूका बारेमा पनि हामी केही हेर्नेछौँ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon


जसरी सुन्दर फूलको बगैँचा "त्यसै बन्दैन" त्यसैगरी अनुशासित र आज्ञाकारी छोराछोरीहरू पनि "त्यसै बन्दैनन्।" दुवैको निम्ति मेहनत गर्न आवश्यक छ ।
आमा‑बाबुले विभिन्‍न क्षेत्रहरूमा आफ्ना छोराछोरीहरूलाई तालीम दिनुपर्ने जिम्मेवारीको बारेमा हामी अझै यस पाठमा छलफल गर्नेछौँ । अनावश्यक ह्रदयका चोटहरूलाई सहनुपर्ने विभिन्‍न परिवारका समस्याहरूलाई पनि हामी विचार गर्नेछौँ, यस्तो हुनुको कारणचाहिँ आमा‑बाबुहरू आफ्ना छोराछोरीहरूप्रतिको जिम्मेवारी पूरा गर्नलाई असफल हुनु नै हो ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon