ख्रीष्‍टिय सेवाहरू

ख्रीष्‍टको शरीरको सदस्यका रूपमा परमेश्‍वरको योजनामा कसरी अट्ने भनी जान्‍न र मण्डलीमा परमेश्‍वरलाई सेवा गर्नका लागि उहाँले तपाईंलाई कसरी तयार पार्नुहुन्छ भनी सिक्‍न यस पाठ्यपुस्तकले तपाईंलाई कसरी मद्दत गर्छ भन्‍ने कुरा तपाईंले जान्‍नुहुनेछ । मरियन ब्रान्डद्वारा लिखित यस पाठ्यपुस्तकले परमेश्‍वरले मण्डलीलाई कसरी संगठित गर्नुहुन्छ र आफ्नो योजनाअनुसार कसरी ख्रीष्‍टको शरीरमा प्रत्येक सदस्यलाई राख्‍नुहुन्छ भन्‍ने कुरामा छलफल गर्छ । मण्डलीलाई सुधार गर्नका निम्ति प्रत्येक व्यक्तिलाई अवसर प्रदान गर्ने वरदानहरूलाई पत्ता लगाउन र विकाश गर्नका निम्ति हामीले पछ्याउनुपर्ने व्यावहारिक सुझावहरू पनि यसले दिन्छ । स्थानीय मण्डलीका अगुवाहरूसँग कसरी काम गर्ने र वरदान पाएका विश्‍वासीहरूले सहयोग चाहिने व्यक्तिहरूलाई कसरी सहायता गर्नसक्छन् भनी बुझ्नका लागि पनि यसले सहायता गर्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यो पहिलो पाठलाई तपाईंले अध्ययन गर्नुहुँदा, तपाईंको निम्ति भएको परमेश्‍वरको योजना योजना के हो र आज यस संसारमा तपाईं यो काममा कसरी सहभागी हुन सक्‍नुहुन्छ, सो तपाईं पत्ता लगाउन सक्‍नुहुनेछ । को को परमेश्‍वरका परिवारका हुन् सो जान्‍न, उहाँको परिवारको निम्ति उहाँको आफ्नो योजना कस्तो छ भन्‍ने कुरा वर्णन गर्न र संसारमा सुसमाचार लैजानका निम्ति कसरी तपाईं परमेश्‍वरको अङ्ग बन्‍न सक्‍नुहुन्छ सो व्याख्या गर्न यसले तपाईंलाई सहायता गर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

के कुराले शुरूका विश्‍वासीहरूलाई एकसाथ ल्याएको थियो?
यस पाठले तपाईलाई यी कुराहरूमा सहायता गर्नेछः पहिलो मण्डलीका विश्‍वासीहरू किन एकसाथ भेला हुन्थे, ती कारणहरुका सूची बनाउन, संसारमा येशूको कामलाई मण्डलीले कसरी लगाताररूपमा गरिरहन्छ सोको व्याख्या गर्न र विश्‍वासीहरू एकसाथ भेला हुँदा के हुन्छ सो वर्णन गर्न ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डली र यसका सदस्यहरूका सेवाको निम्ति भएको परमेश्‍वरको उद्देश्यको बारेमा अझै तपाईंले पत्ता लगाउनुहुनेछ । यस पाठले तपाईंलाई सहयोग गर्नेछः तीनवटा नमूनाहरू प्रयोग गरी मण्डलीको वर्णन गर्न, शरीरको शिरको रूपमा खीष्‍टले के गर्नुहुन्छ सो व्याख्या गर्न, शरीरका सदस्यहरूका रूपमा विश्‍वासीहरूसँग भएका विभिन्‍न सेवाहरूको सूची बनाउन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

सबैजनाको एउटै सेवा हुँदैन । कोहीकोहीले वचन बाँडछन्, अरूहरूले शिक्षा दिन्छन्, अझै अरूहरूले बुद्धि र ज्ञानको सन्देश दिन्छन् र अरूहरूले सेवा र बाँडचूँड गर्ने काम गर्छन्।
तपाईं पनि आफ्नो सेवाको बारेमा अलमलमा पर्नुभएको होला । ख्रीष्‍टको शरीरमा तपाईंले कसरी आफ्नो विशेष सेवालाई पत्ता लगाउन सक्‍नुहुन्छ भन्‍ने सत्यतालाई यस पाठले तपाईंलाई देखाउनसकोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

ख्रीष्‍टियान सेवक हुनु भन्‍ने बारेमा बाइबलले के बताउँछ सो कुरा तपाईंले यस पाठमा अध्ययन गर्नुहुनेछ । यसले तपाईंलाई सहायता पुर्‍याउनेछः ख्रीष्‍टियान सेवकमा हुनुपर्ने योग्यताहरूको वर्णन गर्न, तपाईंको सेवामा वरदानहरूलाई विकास गर्न सहायता पुर्‍याउने विभिन्‍न कुराहरूको नाम दिन, परमेश्‍वरले आफ्नो सेवकको रूपमा प्रयोग गर्न सक्‍ने व्यक्ति हुने निर्णय गर्न ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

किन परमेश्‍वरले विभिन्‍न व्यक्तिहरूलाई भिन्‍नाभिन्‍नै योग्यताहरू दिनुहुन्छ भन्‍ने कुरा तपाईंले यस पाठमा सिक्‍नुहुनेछ ।
यस पाठले तपाईंलाई सहयोग गर्नेछः ख्रीष्‍टियान सेवकहरूले एक‑अर्कासँग राख्‍नुपर्ने सम्बन्धहरूको वर्णन गर्न, विश्‍वासीहरूले एकैसाथ काम गर्दा आउने नतीजाहरूको वर्णन गर्न, ख्रीष्‍टको शरीरको रूपमा प्रत्येक व्यक्तिको महत्वपूर्णताप्रति कृतज्ञ हुन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले यस पाठलाई अध्ययन गर्नुहुँदा, ख्रीष्‍टियान सेवकमा हुनुपर्ने प्रेमको किसिमको बारेमा अझै सिक्‍नसक्‍नुहुनेछ । यो प्रेम कहाँबाट आउँछ, र तपाईंको जीवनमा यसको नतीजा के हुन्छ यस बारेमा तपाईंको सिक्‍नुपर्नेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

मण्डलीहरूलाई अगुवाहरूको किन खाँचो छ भन्‍ने बारेमा अझै पत्ता लगाउन यस पाठले तपाईंलाई सहायता पुर्‍याउनेछ । मण्डलीको निम्ति भएको परमेश्‍वरको महत्वपूर्ण उद्देश्यलाई सञ्‍चालन कस्ता खालका अगुवाहरू छन् र तिनीहरूसँग मिलेर तपाईंले कसरी काम गर्न सक्‍नुहुन्छ सो बुझ्न यसले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

ख्रीष्‍टियान सेवकको निम्ति भविष्य कस्तो होला भनी तपाईंले विचार गर्नुभएको होला । यस पाठले यस प्रश्‍नको उत्तर दिन सहायता गर्छ । यसमा प्रस्तुत गरिएको सत्यताले प्रभुको निम्ति भएको काममा प्रेरणा देओस् र आनन्दले तपाईंको ह्रदय भरियोस् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon