ख्रीष्‍टियान आराधना

तपाईं ख्रीष्‍टियान जीवनमा वृद्धि हुँदै जानुहुँदा प्रभुलाई आराधनागर्ने तपाईंको इच्छा पनि वृद्धि हुन्छ, अनि त्यो इच्छा पूरा हुनैपर्छ । परमेश्‍वरले पनि आफ्ना छोराछोरीहरूसँग संगति र कुराकानी गर्न चाहनुहुन्छ । जुडी बार्टेलद्वारा लिखित यो पाठ्यपुस्तकले आराधनाको आवश्यकता र फाइदालाई नमूनित गर्दै निरन्तरीय व्यक्तिगत भक्ति कायम राख्‍न खोजी गर्नेहरूका लागि सहयोग गर्छ । समूह आराधनाको निम्ति फाइदाजनक हुने अत्यावश्यकीय मार्गदर्शन पनि यसले प्रदान गर्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरलाई गरिने आराधना बहुमूल्य पत्थरजस्तो हो, किनकि यसले हामीलाई आत्मिक रूपमा धनी बनाउँछ । अनि, सुन्दर रत्‍नजस्तै, आराधनाका भिन्‍नाभिन्‍नै रूपहरू त्यहाँ छन् । सबैभन्दा महत्वपूर्ण मध्येका केहीलाई हामीले अध्ययन गर्नेछौँ । तपाईंले यी सत्यताहरूलाई व्यवहारमा प्रयोग गर्न सिक्‍नुहुँदा तपाईंले आराधनाको आफ्नो रत्‍नलाई पालीस लगाउनुहुनेछ । पवित्र आत्माले तपाईंलाई सहयायता गर्नुहुनेछ र यसरी प्रत्येक रूपले परमेश्‍वरको सुन्दरता र महिमालाई चम्बाउनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरमा विश्‍वासगर्ने मानिसहरूका बारेमा बाइबल इतिहासले हामीलाई बताउँछ, र पनि मानिसहरूले चाहिँ आफूले देख्‍ने वा आफ्नो मनमा लागेका थोकहरूलाई तिनीहरूले आराधना गर्न चाहन्थे । तिनीहरूको भक्ति विभाजित भएको थियो । तर अन्तिम नतीजाचाहिँ तिनीहरूका मूर्तिहरूको आराधना बन्‍न पुग्य । येशूले भन्‍नुभयो, "कसैले दुई मालिकको सेवा गर्न सक्दैन"(मत्ती ६:२४) ।
हामी एउटै मालिकलाई प्रेम, सेवा, र आराधना गर्न चाहन्छौं ‑ उहाँ जो योग्य हुनुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

प्रार्थना कठिन छैन । हामीलाई प्रेम गर्ने र त्यसको साटोमा हामीले पनि प्रेम गर्ने व्यक्तिसँग के हामी कुराकानी गर्न चाहँदैनौँ ? पृथ्वीका कुराकानीहरू जस्तै, जति धेरै हामी कुराकानी गर्छौं, कुराकानी गर्नका लागि त्यत्ति नै सजिलो पर्छ । जति धेरै हामी प्रार्थना गर्छौं, प्रार्थना गर्नका लागि र शब्दहरूम र आराधनामा हाम्रो प्रेम प्रकट गर्नका लागि त्यत्ति नै सजिलो हुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामी येशूलाई प्रेम गर्छौं भनी यदि हामी भन्छौं भने, हाम्रा कामहरूले पनि त्यस प्रेमलाई देखाउनैपर्छ ।
यस पाठले तपाईंलाई यी विषयहरूमा सहायता पुर्‍याउनेछः ख्रीष्‍टको जीवनमा भएका सेवक गुणहरूलाई तपाईंको आफ्नै जीवनमा भएका गुणहरूसँग तुलना गर्न, सेवालाई आराधनाको कर्य बनाउनका लागि आवश्यकोय प्रवृत्तिहरूको वर्णन गर्न , सेवाद्वारा परमेश्‍वरलाई आराधना गर्ने कुराको महत्वप्रति कृतज्ञ हुन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

सङ्गीत महत्वपूर्ण छ, किनकि हाम्रा विचारका तरीका, र हाम्रा भावनाका कुराहरूमा यसले प्रभाव पार्न सक्छ, र हामीले गर्ने कामको तरीकालाई पनि यसले परिवर्तन ल्याउँछ । सङ्गीतको सबैभन्दा ठूलो उद्देश्य आराधना र महिमा गर्नु हो ।
बाजागाजा र सोर सङ्गीतद्वारा आराधना गर्ने विभिन्‍न उदाहरणहरू बाइबलले हामीलाई दिएको छ । परमेश्‍वरलाई धन्यवाद र प्रशंसा गर्ने हाम्रो सेवामा हामीलाई सहायता पुर्‍याउनका निम्ति यी हामीलाई दिइएका हुन् ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हाम्रो आराधनाको निम्ति परमेश्‍वरले आफ्नो वचनमा निर्देशनहरू दिनुभएको छ । प्रभावकारी ख्रीष्‍टियान आराधनाका निम्ति कसरी हामीले आफैलाई तयार पार्नसक्छौं, सो हामी यस पाठमा अध्ययन गर्नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले कसरी आराधना गर्नुपर्छ भनी बताउनु यस पाठको उद्देश्य होइन, तर आराधनाका बारेमा अरू विश्‍वासीहरूले के सिकेका छन् सो बाँडनु हो । यी विश्‍वासीहरूमध्ये कोही बाइबल समयमा रहेका थिए र अरूहरूचाहिँ आज जिइरहेका छन् । तपाईंले सिकिरहनुभएका कुराहरूलाई तपाईंले व्यवहारमा लगाउनुहुँदा, तपाईंले अरूहरूलाई पनि सहायता पुर्‍याउन सक्‍नुहुनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

यस पाठले तपाईंलाई यी विषयहरूमा सहायता पुर्‍याउनेछः परमेश्‍वरलाई आराधना गर्नेहरूलाई उहाँले दिनुहुने आशिषको इच्छा गर्न र प्रभुसँगको निरन्तरीय सँगतिको अनन्ततालाई पर्खन ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon
सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon