बाइबललाई कसरी अध्ययन गर्ने

हाम्रो जीवनको निम्ति परमेश्‍वरको योजना पछ्याउनका लागि हामीले एकपल्ट छानिसकेपछि, ख्रीष्‍टको स्वरूपमा हाम्रा जीवन र चरित्रहरूलाई निर्माण गर्नका लागि मात्र हामी जिम्मेवार छैनौं तर हामीले अरूहरूसँग पनि ख्रीष्‍टको प्रेमलाई बाँडनुपर्छ र यसरी तिनीहरूका जीवन पनि परिवर्तन हुनसक्‍नेछन् । हामीले बाइबल अध्ययन गर्दा हामीलाई परमेश्‍वरको मन प्रकट गराउनुहुने पवित्र आत्मालाई हामीले प्रतिउत्तर दिँदा हामीले हाम्रा जिम्मेवारी पूरा गर्नसक्छौं । थोमस माफोरीद्वारा लिखित यो पाठ्यपुस्तकले बाइबल अध्ययन सञ्‍चालन गर्न इच्छुकहरूलाई आवश्यकीय अन्तरदृष्‍टि प्रदान गर्छ ।

सम्पूर्ण सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon परिचय सामाग्रीहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

परमेश्‍वरको बुद्धि र ज्ञान प्राप्‍त गर्नका लागि जब तपाईं परमेश्‍वरको वचन अध्ययन गर्नुहुन्छ, तपाईंले कडा मेहनत गर्नुपर्छ । पानीलाई खोजेझैं वचनमा गहिरिनुपर्छ । बाइबल अध्ययनमा तपाईंले अध्ययन गर्नुहुँदा तपाईंले जीवन दिने पानी भेट्टाउनुहुनेछ ।
जीवित पानी पिउने यो अनुभव प्राप्‍त गर्नका लागि एक व्यक्तिले दिन दिनै बाइबल अध्ययन गरिरहनुपर्छ । हामीले किन बाइबल अध्ययन गर्नुपर्छ भन्‍ने बारे यस पाठले हामीलाई बताउँछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबललाई हामीले पूरै रूपमा बुझ्न नसके तापनि, बाइबलको पढाइबाट हामी आशिष र निर्देशनहरू प्राप्‍त गर्नसक्छौं । तर गम्भीर अध्ययनको साथमा मात्र बाइबल ज्ञानको साँचो आनन्द आउँछ ।
त्यसैले, हामीले केही आधारभूत सूचना पाउनु आवश्यक छ । बाइबलको लेखाइ, यसका मुख्य विचारहरू, एकता र विभाजनका बारेमा यस पाठमा हामी सिक्‍नेछौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले कोही व्यक्तिसँग कुरा गर्नुहुँदा त्यस व्यक्तिले तपाईंको कुरा बुझेको तपाईं चाहनुहुन्छ । आफ्ना विचारहरूलाई स्पष्‍टरूपले व्यक्त गर्नका लागि तपाईंले कुनै तरीका अपनाउनुहुन्छ । लेखकले आफ्ना विचारहरूलाई स्पष्‍टरूपमा उल्लेख गरेपछि बक्तव्यजस्तै साहित्य वा लेखाइ पनि प्रभावकारी हुन्छ ।
बाइबलका लेखकहरूले आफ्ना शब्दहरू छाने र आफ्ना उद्देश्यहरू पूरा गर्नका लागि ती मिलाएर राखे । लेखकहरूले आफ्ना विचारहरूलाई कसरी कसरी प्रकट गरे भन्‍ने अध्ययनले तपाईंको बाइबल अध्ययनमा तपाईंलाई सहायता पुर्‍याउनैपर्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

अहिले हामीले बाइबल अध्ययन गर्नुपर्ने कारणहरू उल्लेख गरी बाइबलको सम्बन्धमा छोटकरीमा वर्णन गरेका छौं, र अब बाइबल अध्ययन कसरी गर्नुपर्छ भन्‍ने विषयमा छलफल गर्न आवश्यक छ । यस पाठमा हामी यी विषयहरूका बारेमा कुरा गर्न चाहन्छौं, जसले तपाईंलाई अध्ययनको निम्ति तयारी पार्छ । बाइबल अध्ययन गर्ने काम असम्भव छजस्तो तपाईंलाई लाग्छ होला । तर कुनै पनि अरू ठूला कामजस्तै, यदि तपाईंलाई यो काम गर्न र यसलाई ससाना भागमा विभाजन गर्न थाहा छ भने, तपाईंले ठूलो उपलब्धि प्राप्‍त गर्न सक्‍नुहुन्छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

हामीलाई आत्मिक रूपमा पोषण र अगुवाइ गर्नका लागि केही मनपर्दा बाइबल पदहरूमा भर पर्नु हाम्रो लागि सजिलोजस्तो देखिन्छ । तर ख्रीष्‍टको पूर्ण कदमा वृद्धि हुनका लागि हामीलाई परमेश्‍वरको वचनको "पूर्ण खुराक" को आवश्यकता पर्छ (एफिसी ४:१३) ।
यस लक्ष्यमा पुग्‍नका लागि हामीले हामीले दैनिक रूपमा परमेश्‍वरको वचनलाई ह्रदयबाट नै खानुपर्छ । ख्रीष्‍टमा भएको हाम्रो जीवनको बारेमा अझै बुझ्नका लागि बाइबलको हरेक पुस्तकले उहाँको बारेमा के बताउँछ, सो हामीले अध्ययन गर्नु आवश्यक छ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले आफ्नो ख्रीष्‍टियान जीवनको बारेमा केही कुरा बुझ्नुभएन भने, त्यस विषयमा तपाईंले विषयगत अध्ययन गर्नसक्‍नुहुन्छ । विश्‍वासद्वारा कसरी जिउने भनी तपाईं जान्‍न चाहनुहुन्छ होला । हुनसक्छ तपाईंलाई पवित्र आत्माको बप्‍तिस्माको आवश्यकता छ । तपाईं ख्रीष्‍टमा को हुनुहुन्छ भन्‍ने कुरा के तपाईंलाई थाहा छ ? तपाईं कसरी पवित्र जीवन जिउन सक्‍नुहुन्छ ? विषय जे नै भए तापनि, तपाईंको निम्ति भएको परमेश्‍वरको योजनालाई अझै बुझ्नका लागि यस अध्ययनले तपाईंलाई सहायता पुर्‍याउनेछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

बाइबलका धेरै पाठहरूलाई कथाको रूपमा प्रस्तुत गर्ने परमेश्‍वरको छनोटप्रति हामी धन्यवादी हुनुपर्छ । यी कथाहरूमा उल्लिखित व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै थिए जसले आज हामीले सामना गरेकाजस्तै समस्याहरूलाई सामना गरेका थिए । मोशा, दाऊद, र पत्रुसजस्ता व्यक्तिहरूले भूल गरे र आफ्ना भूलहरूबाट तिनीहरूले सिके । भएका घटनाहरूलाई अहिले हामी पढन सक्छौं र तिनीहरूका अनुभवबाट फाइदा उठाउन सक्छौं । अनि तिनीहरूका विजयताहरूका बारेमा हामी पढन सक्छौं र तिनीहरूका विश्‍वासद्वारा बलिया हुनसक्छौं ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon

तपाईंले आफ्नो जीवनमा परमेश्‍वरको वचनलाई प्रयोग गर्नुहुँदा, शैतानले तपाईंसँग युद्ध गर्नेछ । त्यसले तपाईंलाई निराश तुल्याउन चाहन्छ । तपाईंले परमेश्‍वरलाई शंका गरेको ऊ देख्‍नचाहन्छ । त्यसले तपाईंभित्र आत्मिक युद्ध सृजना गरिदिन्छ ।
आत्मिक युद्धलाई कसरी सामना गर्नुपर्छ भन्‍ने सम्बन्धमा येशूले हामीलाई देखाउनुभएको छ । तपाईंले परमेश्‍वरको वचनलाई आफ्नो ह्रदयमा राख्‍नुभयो भने, यसले तपाईंलाई शुद्ध पार्छ, निको पार्छ र विजयी तुल्याउँछ ।

पाठहरूलाई हेर्नुहोस्/ डाउनलोड गर्नुहोस् icon